भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
शिक्षा, स्वास्थ्य र यातायात देश विकासका आधारभूत आवश्यकता भएजस्तै आदर्श समाज व्यवस्थाको निम्ति प्रत्येक नागरिक स्वस्थ, सभ्य र सुसंस्कृत हुन अवश्यम्भावी छ । तर, पँुजीवादी समाजमा हुुने गरेको पक्षपात, भ्रष्टाचार, अनैतिकता र बेइमानीका कारण समाज अनेक विकृति विसङ्गतिबाट नराम्ररी गाँजिएको छ । हालैका दिनहरूमा देशको विभिन्न ठाउँहरूमा अपराधका घटनाहरू तीव्ररूपमा बढेको तथ्याङ्कहरू बाहिरिएका छन् । दैनिकजसो अखबारहरूमा छापिने महिला हिंसा, बलात्कार, अपहरण, लागूऔषध दुव्र्यसनीसम्बन्धी समाचारले हाम्रो समाज कतातर्फ गइरहेको छ भन्ने अनुमान सजिलै लगाउन सकिन्छ । कोरोना लकडाउनको बेलामात्र हजारौँ आफ्नो रोजीरोटी गुम्दा हजारौँले आत्महत्या गरेको र सत्र सत्र्न्दा बढी मुद्दा महिला हिंसासम्बन्धी देखिएको सुनियो । तर, अहिलेसम्म राज्यले दोषीलाई कानुनी दायरामा ल्याएर सख्त कारबाही गर्न नसकेको गुनासो जनताले गरिरहेका छन् । बरु, आफ्नो सत्ताको केन्द्रमा रुमल्लिरहेका शासकहरूले जनताका दुष्मन, भ्रष्ट, तस्करी तथा अपराधीहरूलाई जेलबाट मुक्त गर्नेजस्ता असामाजिक कामहरू भइरहेको हुँदा यहाँ न्याय हराइरहेको अनुभूति गरिंदै छ ।
पछिल्लो समय देशमा लागूऔषध दुव्र्यसनी अचाक्ली बढिरहेको छ । निश्चय पनि यो राम्रो होइन । देशको भविष्यका कर्णधार युवा जमात नै कुलत दुव्र्यसनीमा फस्नु वा फसाइनु देशको निम्ति दुर्भाग्य हो । हुन त लागूऔषध दुव्र्यसनी विश्वव्यापी साझा समस्या हो । विश्वभर क्यान्सर, एड्स, क्षयरोग मधुमेहलगायतका दीर्घरोगहरूबाट जति मर्छन् त्यसकै अनुपातमा अधिकांश युवा युवतीहरू दुव्र्यसनीको शिकार हुने गरेका छन् । नेपालमा पछिल्लो केही महिना यता दुव्र्यसनीका मुद्दाहरूमा वृद्धि भएका छन् । खुला सिमानाको कारण अन्य अपराधहरूजस्तै यस खालको समस्याले नेपाली समाज गाँजिन पुगेको अध्ययनले बताउँछ । सीमावर्ती जिल्ला झापामा मात्र विगत ८ महिनामा १ सय ३६ लागूऔषधको मुद्दा दातृ भएका छन् भने २१२ जना पक्राउ परेका छन् । सीमावर्ती जिल्लाहरूमा गाँजा, अफिम, हिरोइन, ब्राउन सुगरजस्ता लागूऔैषध भित्रिरहेको र खुलमखुल्ला बिक्री भइरहेको तथ्य बाहिरिएको छ । त्यस्तै राजधानी काठमाडौँ लागूऔषध प्रयोगकर्ता, एजेन्ट तथा कारोबारकर्ताको हिसाबले देशकै पहिलो सूचीमा पर्न गएको र काठमाडाँै उपत्यकापछि दोस्रोमा पोखरा रहेको छ । यसरी लागू औषधको बढ्दो प्रयोगमा अत्यधिक सङ्ख्यामा युवाहरू संलग्न हुँदा देशको लागि चिन्ताको विषय छ । आपराधिक घटनाहरूको सङ्ख्यालाई हेर्दा लागूऔषध दुव्र्यसनी मुख्य समस्या र चुनौतीको रूपमा देखिएको छ । भारतसित जोडिएका जिल्लाहरूमा यस किसिमको समस्या भयावह अवस्थामा रहेको हुनाले राज्यले तत्काल सीमावर्ती क्षेत्रमा चेकजाँचका अलावा यथोचित सावधानी अपनाउनुपर्ने देखिन्छ । हुन त यसको मूलकारण खुला सिमाना भएको हुनाले सिमाना नियमन गर्ने काममा राज्यले पहलकदमी गर्नुु अपरिहार्य छ । उक्त कार्यबाट राज्य पन्छिनु हुँदैन ।
ठूल–ठूला सपना र आश्वासन पोको बाँडेर चुनाव जित्ने शासक दलहरू मौन बस्नु देश र जनतामाथि कुठाराघात गर्नु हो । त्यस्ता व्यक्तिहरूलाई सत्तामा बसिरहने अधिकार छैन । एकथरी मानिसहरू राज्य सञ्चालकहरूमा देखिएको जातिवाद, साम्प्रदयिक भावना, पक्षपातजस्ता अनैतिक असामाजिक गतिविधिहरूको कारण युवा जमात असन्तुष्ट भएको र निराशा भई लागूऔषध सेवनमा लागेको धारणा राख्छन् भने अर्कोतर्फ शिक्षक अभिभावकहरूले समयमै नियन्त्रणमा लिन नसकेका विद्यार्थीहरू बढीजसो कुलतमा फस्ने बताउँछन् । त्यस्तै अर्काथरीको मतअनुसार विविध कारणले मानसिक सन्तुलन गुमेका व्यक्तिहरू दुव्र्यसनीमा पर्ने गरेको भनाइ आंशिक सत्य हो । सन् (१९३९–१९४२) मा बेलायती उपनिवेशवादले चिनियाँहरूलाई अफिम युद्धमा फसाई नराम्रोसित लुटेजस्तै नेपाली युवाहरूलाई कुलतमा फसाई आफ्नो स्वार्थसिद्ध गर्ने खेलमा कतै विस्तारवादी र साम्राज्यवादी देशहरू लागिरहेका त छैनन् ? सार्र्वभौम देशका युवा वर्र्गलाई कमजोर तुल्याई यहाँका प्राकृतिक स्रोत र साधनमाथि कब्जा जमाउने दुष्ट नियतले कुनै असामाजिक तत्वहरू लागि परिरहेको त होइन भन्ने प्रश्न उठ्न थालेको छ । देशका ठूला सहर, गाउँ, बस्तीका गल्लीहरूमा लागूऔषध व्यापारीहरू, त्यसका एजेन्टहरू उत्तिकै सक्रिय देखिन्छन् । त्यस्ता असामाजिक तत्वहरूलाई चिनेर बेलैमा कारबाही गर्न गराउन जिल्ला प्रशासन, स्थानीय निकाय र सम्बन्धित सबै पक्षले तदारुकता दिन जरुरी छ ।
लागूऔषध दुव्र्यसनीजस्तै समाजमा हुने गरेका आपराधिक गतिविधि रोक्न विगतमा क्रियाशील संस्थाहरू र स्थानीय तहमा व्यवस्था गरिएको समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकाारिता त्यति देखिएको छैन । प्रहरीका अनुसार नेपालको पूर्वी नाकाबाट ब्रााउन सुगर, कोकिन र वीरगञ्ज, नेपालगञ्जलगायत सुदूरपश्चिमको महेन्द्रनगरबाट गाँजा चरेसजस्ता लागूऔषध भित्रिरहेको तीतो यथार्थ हाम्रोसामु छ । तिनको सेवनमा सबभन्दा बढी २५ देखि ३० उमेर समूहका युवायुवतीहरू संलग्न भएका र १५ वर्षदेखिका किशोर–किशोरीहरूको संलग्नतालाई पनि कम आक्न नहुने स्थितिले हाम्रो भविष्य भयावह दिशातर्फ उन्मुख रहेको पुष्टि गर्दछ । नाका नाकाबाट भित्रिने लागूऔषध सुरुमा प्रति के.जी. २५ देखि ५० लाखमा बिक्री हुने बताइए पनि काठमाडौँ पुग्दा करोडमा कारोबार हुने गरेको सुनिएको छ । आफूलाई नपरेसम्म बेवास्ता गर्ने, बेखबर रहने नेपालीहरूको बानी अब छोड्नैपर्दछ । देशको मेरुदण्ड, कर्मठ तथा जुझारु युवाहरूलाई कुलतमा फसाई आफ्नो व्यापारिक वा राजनीतिक स्वार्थ पूरा गर्न पल्केका विदेशी दलालहरूलाई बेलैमा सवक सिकाउन सचेत जनता आजै अहिलेबाट किन नलाग्ने ? यस्तो विकराल समस्यामा पनि घाउमा नुन हाल्ने काम नेपाललाई गाँजा खेतीमा आत्मनिर्भर बनाउन सकिने विचार राख्ने विज्ञहरूले गरिरहेका छन् भने त्यस्ता व्यक्तिहरूरलाई किन खबरदारी नगर्ने ? यसका लागि सम्पूर्ण नागरिकहरू सचेत र सतर्क रही एकजुट भई लाग्न आवश्यक छ । गाँजा खेतीलाई नष्ट गर्ने र यसकोे प्रशोधित रूप चरेस उत्पादनमा रोक लगाउन सकेमात्र दुव्र्यसनी रोकथाम गर्न सकिन्छ । औषधको कारोबार, प्रचारप्रसार कार्यमा नियन्त्रण वा रोकथामका लागि सबै तह र समूहका जनता मिलेर लाग्नुपर्ने आवश्यकता तड्कारोे छ । यतिबेला गाउँठाउँ विद्यालय, विश्वविद्यालयमै पुगेर लागू औषध दुव्र्यसनी रोकथाम र नियन्त्रणका लागि विभिन्नखाले जनचेतनामूलक गतिविधि गर्नुपर्ने खाँचो देखिन्छ । राज्य सञ्चालकहरूले समाजमा घटिने हरेक आपराधिक घटनाको समयमै छानबिन गरी कसुरदारको कसुरको मात्राबमोजिम कानुनी सजाय दिने व्यवस्था गर्न अवश्यम्भावी छ ।
Leave a Reply