सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
चिनियाँ क्रान्तिकारी लेखक लुशुनले आधुनिक चिनियाँ साहित्यको नेतृत्व गर्नुभयो । उहाँका कथा, निबन्ध, कविता, समालोचना, सम्पादन, अनुवाद अब्बल दर्जाका थिए । यी सम्पूर्ण विधाका साहित्यहरूमा क्रान्तिचेत नै प्रमुख विषय थियो । साहित्यमार्फत क्रान्तिको सेवा गर्ने लुशुनको भावना आजको विश्वलाई अझ बढी खाँचो महसुस हुन्छ ।
अध्यक्ष माओले लुशुुनका बारेमा भन्नुभएको थियो – “लुशुुन चीनको सांस्कृतिक क्रान्तिका प्रमुख कमान्डर हुनुहुन्थ्यो, उहाँ महान् विद्वानमात्र होइन एक महान् विचारक र क्रान्तिकारी हुनुहुन्थ्यो ।” लुशुनले माक्र्सवादको गहिरो अध्ययन गर्नुभयो । क्रान्तिकारी व्यवहारमा अब्बल रहनुभयो । अध्यक्ष माओले लिनुभएको बाटोमा उहाँ नथाकी हिँड्नुभयो । सर्वहारावादी क्रान्तिअघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । प्रतिक्रियावादी, साम्राज्यवादी, सामन्ती, पुँजीवादी विचार र नक्कली कम्युनिस्ट, संशोधनवादीहरूविरुद्ध कलममार्पmत लड्नुभयो ।
लुशुन बाँचुन्जेल अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशा कार्यान्वयन गर्दै सांस्कृतिक मोर्चामा उभिनुभयो । सांस्कृतिक मोर्चामा उहाँ अत्यन्त वीर, अत्यन्त सही, दृढ, बफादार र उत्साही व्यक्तित्व हुनुहुन्थ्यो । अध्यक्ष माओका अनुसार उहाँ जस्तो व्यक्तित्व चीनको इतिहासमा भेट्टाउन मुस्किल हुन्छ । लुशुनको जीवनबाट सिक्ने कुरा उहाँको जीवनदर्शन नै हो । आप्mनो अन्तिम स्वाससम्म, कलममा अन्तिम थोपा मसी भएसम्म व्यापक कामगरी खाने जनताको पक्षमा उभिने र लेख्ने जीवनदर्शन हो उहाँको । लुशुनको जीवन सर्वहारावर्गको मुक्तिका लागि सङ्घर्षको अर्को नाम हो भन्न सकिन्छ ।
उहाँले जीवनभर पुँजीवादी प्रवृत्तिविरुद्ध आवाज दिनुभयो । देशको मुक्तियुद्धमा कलमलाई हतियार बनाउनुभयो । चिनियाँ क्रान्तिको पृष्ठभूमि तयारीदेखि क्रान्तिको सफलतासम्मको यात्रामा लुशुनका रचनाहरूले ऊर्जा प्रदान गरे । ‘वर्गविहीन समाज निश्चय नै जन्मिनेछ’ भन्ने उहाँको दृढ विश्वासले जनतालाई एकताबद्ध हुन सघायो । उहाँ भन्नुहुन्थ्यो – “सर्वहारावादी साहित्य मुक्तिका लागि सर्वहारावादी सङ्घर्षको आवश्यक अंश हो ।”
उहाँको मृत्युपश्चात् चिकपाले उहाँको विषयमा यस्तो लेखेको थियो –“साम्राज्यवादी, गद्दार, बैरीहरूलाई सहयोग पु¥याउने, युद्ध सर्दार, नोकरशाही, स्थानीय अत्याचारी र खराब खानदानी, तानाशाही, फासीवादीहरू तथा सबै निर्लज्ज धोकेबाजहरूका विरोधमा उहाँको कलम एउटा गोलीगठ्ठा जस्तै थियो वा तिनीहरूको धृष्टता उदाङ्ग्याउने ऐना जस्तै थियो ।” अध्यक्ष माओले उहाँलाई सांस्कृतिक फाँटका जुझारु नेतृत्व र समस्त मानवजातिको आशाको केन्द्रको रूपमा प्रशंसा गर्नुहुन्थ्यो ।
अध्यक्ष माओको मार्गनिर्देशनमा उहाँ एक क्रान्तिकारी जनवादीबाट एक कम्युनिस्टका रूपमा हुर्कनुभयो । अध्यक्ष माओको विश्व दृष्टिकोणलाई लुशुनले आत्मसात्मात्रै गर्नुभएन प्रचार पनि गर्नुभयो । माक्र्सवादी शिक्षा माओबाट सिक्नुभयो । आप्mनो साहित्यमार्पmत माक्र्सवादी साहित्य अध्ययनको सार प्रस्तुत गर्नुभयो । माक्र्सवादी अध्ययन र क्रान्तिकारी व्यवहारलाई एकाकार गर्नुभयो । जस्तोसुकै परिस्थितिमा पनि उहाँ क्रान्तिकारी विचारबाट अलग्ग हुनुभएन । जनताको सङ्घर्षमा उहाँ नङमासु जत्तिकै जोडिनुभयो ।
क्रान्तिकारी सिद्धान्त नभइकन क्रान्तिकारी आन्दोलन हुनै सक्तैन भन्ने लेनिनको विचारलाई लुशुनले व्यवहारमा उतार्नुभयो । लुशुनका साहित्यहरू माक्र्सवादी चिन्तन र सिद्धान्तबाट प्रभावित ओजस्वी छन् । नेपालभाषामा उहाँका थुप्रै कथाहरूको सङ्ग्रह प्रकाशित छन् । उहाँ कथा विधामा राम्रो कलम चलाउनुहुन्थ्यो । उहाँका साहित्य चिनियाँ भाषाबाट अङ्ग्रेजी, नेपाली लगायत अन्य भाषाहरूमा अनुदित छन् । तीमध्ये नेपाल चीन मैत्री सङ्घले वि सं २०२८ मा प्रकाशित गरेको पुस्तक ‘एक बौलाहाको डायरी र अरू कथाहरू’ एक हो । उहाँको ९० औँ जन्म जयन्तीको अवसरमा पुस्तक प्रकाशित गरिएको थियो । पुस्तकभित्र ८ वटा कथा सङ्ग्रहित छन् । ‘लुशुनबाट सिक’, ‘संशोधनवादको खण्डन गर’ शीर्षकमा चाव चेन–जेन (लुशुनका भाइ, चिकपा केन्द्रीय सदस्य) लिखित लेख सङ्कलित छ । चाव चेन–जेनले लुशुनलाई चिनाएका छन् । लुशुनविरुद्ध संशोधनवादी तथा प्रतिक्रियावादीहरूले गरेको हमलाको चिरफार गरेका छन् । लुशुुनको व्यक्तिगत जीवन, साङ्गठनिक र वैचारिक दृष्टिकोण समेतको व्याख्या–विवेचना चाव–जेनले गरेका छन् । लुशुनलाई उहाँका साहित्य र पुस्तकहरूले निर्भिक, क्रान्तिकारी तथा सांस्कृतिक क्रान्तिको अगुवाको रूपमा चिनाउँछन् ।
पुस्तकमा लुशुनको व्यक्तित्व चित्रण यसरी गरिएको छ– “हजारौँ बैरीहरू मतिर आप्mना औँलाहरू ठड्याऊन् तर तिनको रत्तिपनि पर्वाह नगरी अडिग भएर म तिनीहरूतिरै फर्केर आँखीभौ तन्काउँछु । तर, म ती केटाकेटीहरू (जनता) को भने आप्mनो मुन्टो निहु¥याउँदै एउटा सोझो गोरुझैँ भएर सेवा–स्याहार गर्न तयार छु ।”
‘एक बौलाहाको डायरी’ सन् १९१८ तिर प्रकाशित कथा हो । गणतान्त्रिक चीनमा चिनियाँ मातृभाषामा लिखित पहिलो प्रभावशाली आधुनिक कार्य थियो त्यो । ‘बौलाहाको डायरी’ नयाँ सांस्कृतिक क्रान्तिको कोशेढुङ्गा बन्न सफल थियो । ‘बौलाहाको डायरी’ का बौलाहा त्यस्तो चरित्र हो जसले साधारण मान्छेहरूले भन्दा छिटो सत्य खुट्याउन सक्छ, सत्य बोल्न सक्छ । मान्छेले मान्छे खाने राक्षसी प्रवृत्तिविरुद्ध बोल्न सक्ने बौलाहालाई कथामा प्रतिकका रूपमा उभ्याइएको छ । कथामा मान्छेले मान्छेको मासु खाने बर्बर युगको आलोचना, पुराना अमानवीय चिनियाँ संस्कृृति र रितिथितिको कटाक्ष छ । कथामा नयाँ युग र पुस्ताप्रतिको चिन्ता अभिव्यक्त छ । कथामा सुत्राधारकी सानी बहिनीको जिकिर छ जो ५ वर्षमा बितिन् । उनलाई सुत्रधारकै दाजुले खाएको रहेछ । आप्mनोलाई आप्mनैले सिध्याउने समाजविरुद्ध लुशुनले आवाज उठाउनुभयो । कथाको अन्तिम वाक्यांश अझ सन्देशमूलक छ –“केटाकेटी, बालबच्चाहरूलाई जोगाऊ ¤” नृशंस व्यवस्थाबाट नयाँ पुस्तालाई जोगाउँदै मान्छेले मान्छे नखाने समाजको निर्माणमा लगाउन आह्वान गरिएको महसुुस हुन्छ । जमिनदारले किसानको र मजदुर मालिकले मजदुरको भौतिकरूपले मासु लुुछ्ने, रगत चुस्ने त्यो युगदेखि आजको समयमा आइपुग्दा शोषणको रूपमात्र बदलिएको छ । कमजोर र कामदारवर्गका जनताको रगतमासु आज पनि लुछिन्छ । आज पुँजीवादी व्यवस्था छ । लुशुनको यो डायरी वर्तमानसँग जोडेर अध्ययन गर्दा अझ मार्मिक लाग्छ । एउटा सामन्त तथा भ्रष्ट चिनियाँ सरकारविरुद्ध चुनौति दिने साहस गरेका बौलाहा अर्थात् शोषणको युगको विरोध गर्ने व्यक्तित्वबाट पाठकले सिक्न सक्दछन् । कथाले १९१८ कालीन चिनियाँ समाजको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थिति पनि अवगत गराउँछ ।
‘कुंग–ई–चि’ अर्को पठनीय कथा हो । यो कथाले पनि आधुनिक चिनियाँ साहित्यको जग बसाल्न सघायो । सन् १९१९ मा प्रकाशित यस कथाले शास्त्रीय चिनियाँ तरिकालाई हटाई चिनियाँ मातृभाषामा साहित्यलेखन सुरु गर्न सघायो । लुचेनको रक्सी पसलमा वेटरको काम गर्ने केटोलाई सुत्रधार बनाइएको छ । कथामा वर्गभेदको जानकारी छ । तत्कालीन समयमा त्यहाँको वर्गीय समाजको चित्रण कथामा भेटिन्छ । कामगरी खाने अर्थात् मजदुरी गर्ने मान्छेहरू छोटा कोट लगाउने, रक्सी पनि काउन्टरको नजिक उभिएर खान पर्ने हुन्थ्यो भने साहु महाजनहरू लामोलामो गाउन कोटमा पसलभित्र आरामले गफगाफ गरी रक्सी खाने बन्दोवस्त थियो ।
कथाका वेटरले आप्mनो पेट पाल्नको लागि जस्तोसुकै काम गर्ने गरेको उल्लेख छ । पढ्न नपाएका उनलाई काम गर्ने ठाउँमा सम्मान मिल्दैन । अभद्र व्यवहार सहनुपर्ने हुन्छ । पेट पाल्न चोरी पनि गर्छन् । एकपटक चोरी गर्दैगर्दा पक्रिएपछि उनी खुट्टै भाँचिनेगरी पिटिन्छन् । त्यही घाउ पाकेर उनको मृत्यु हुन्छ । एकजना केटा स्कुल पढ्न पाउँदैन परम्परागत शैक्षिक प्रणालीले गर्दा । जिविकोपार्जनका निम्ति भट्टीमै पनि काम गर्छ । भोक मेट्न चोरी गर्छ र मृत्युको सजाय पाउँछ । तत्कालीन चिनियाँ सामन्ती समाज यस्तै थियो । लुशुुनका सम्पूर्ण कथाहरूमा सो सामन्ती समाज या बन्दोवस्तको विरोध भेटिन्छ । कथामा तत्कालीन शिक्षा प्रणाली र व्यवस्थाको बर्बरता या क्रुरताविरुद्धको आक्रोश पाइन्छ ।
‘औषधी’ अर्को राम्रो कथा हो । कथा एक जना बिरामी केटो र परम्परागत चिनियाँ लोक औषधी अभ्याससँग सम्बन्धित छ । कथामा अन्धविश्वासी मान्छेलाई झुक्याउने मान्छेको खोजीको अर्थबारे चर्चा छ । परम्परागत चिनियाँ औषधीमाथि आँखा चिम्लेर विश्वास गर्नुको नकारात्मक प्रभाव उजिल्याइएको छ । बुढो च्वान र उनकी श्रीमतीले आप्mनो सानो चिया पसलबाट कमाएको पैसा क्षयरोगबाट ग्रसित आप्mनो छोराको उपचारका लागि रैथाने औषधी किन्न जम्मा गर्छन् । औषधीको रूपमा ‘डढेको रोटी–टुक्राको डल्लो र बफाएको रोटी’ दिइँदा सानो च्वान अचम्ममा प¥यो । रोग निको भएन झन्झ्न खोकी बल्झियो ।
‘भोलि’ कथाले पनि बिरामी बच्चा र परम्परागत चिनियाँ उपचार पद्धतिको विषय उत्थान गरेको छ । यो कथाले भ्रमलाई चिर्ने क्षमतामाथि प्रश्न गर्छ । अन्धविश्वासलाई सही मानेर मान्छेहरूलार्ई फेरिफेरि बाँच्नुपर्ने ? भन्ने प्रश्न गर्छ । पुरातन सोचविरुद्ध नयाँनयाँ घटना र उपायहरू पनि अगाडि आउँछन् र त्यसलाई कसरी अगाडि बढाउने भन्ने विचार मन्थन छ कथामा ।
‘मेरो पुरानो घर’ ले बीस वर्षअघि छोडेको घरको कुरा गर्छ । बाक्ला भित्ता र अग्ला भित्ताहरू उनका पुराना चीजबीजहरूबीचको देखादेख कथाले सरस व्याख्या गरेको छ । सारमा कथाले मानिसबीच वर्ग विभाजन ल्याएको कृत्रिम विभाजनको खण्डन गर्छ । आप्mनो विगत आपूmले बिताएको प्रत्येक ठाउँ र त्योसँग जोडिएको सम्झनाको चर्चा छ । आपूmलाई विगत र धरातलसँग बिल्कुल टाढा र छुट्टै राख्न पर्दा पीडाबोध हुने कुरा पनि छ । आधुनिक समाजको होडबाजीमा पुराना बौद्धिकताबारे बेखबर हुन प¥यो भने वर्तमानसँग सामना गर्ने सामथ्र्य हुँदैन । यस्तै भाव कथाले बोक्छ ।
पुस्तकमा अन्य पठनीय कथाहरू पनि सङ्ग्रहित छन् । क्रान्तिकारी एवम् जनताको लेखक लुशुनको साहित्यहरूमा विचार त पाइन्छ नै साथै कला पक्ष पनि असाध्यै उत्कृष्ट देखिन्छ । प्रतीक र उपमाहरूको उत्कृष्ट चयन, छायावादी शैलीले गर्दा त्यतिबेलाको जापानी उपनिवेशकालीन, राजतन्त्रकालीन चिनियाँ समाजमा क्रान्तिको बिउ बोक्ने काम ग¥यो । लुशुनले नयाँ पुस्ताबारे लिनुभएको चिन्ता र चिन्तनले सार्थक रूप पायो । उपचार जगतमा अन्धविश्वासविरुद्ध विज्ञानले जीत हासिल ग¥यो र क्षयरोग तथा अन्य सामान्य रोगहरूबाट चिनियाँ जनताले मृत्युवरण गर्न परेन । पुरानो युगका वास्तुकला, ऐतिहासिक महत्वका विषयहरूसँग वर्तमान युगलाई पनि साक्षात्कार गराउन सके आप्mनो धरातल अझ बलियो हुने सन्देश दिने उहाँका कथाहरू जीवन्तमात्र छैनन् अमर पनि छन् । लुशुन र लुशुनका रचनाहरूको अध्ययन आज पनि उत्तिकै सान्दर्भिक छ ।
Leave a Reply