सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
विश्व सम्पदा सूचीभित्रको चाँगुनारायण मन्दिर, त्यहाँको मानव बस्ती र खानेपानीको मुहान जोखिममा परेकोतर्फ नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । चाँगुनारायण नगरपालिकाले चाँगुनारायण मन्दिरको दक्षिणतर्फ रहेको ९३ रोपनी सार्वजनिक पर्ती जग्गाको डाँडोमा क्रिकेट मैदान बनाउन जग्गा सम्याउने निहुँमा ठेकेदारमार्फत एक्साभेटर प्रयोग गराई २५–३० फुट गहिराइसम्मको पानीमुनिको बालुवा उत्खनन् गराई बेच्न लगाएको हुँदा यहाँको बुढाथोकी गाउँ, खानेपानीको मुहान र चाँगुनारायण मन्दिरसमेत पहिरोको जोखिममा परेका छन् ।
स्थानीयको भनाइ पत्रिकाहरूमा लेखिएको र रेडियो टीभीमा प्रशारित छ ः– “जमिनमुनि पानी र बालुवा निकालेर माटोले पुरिएको छ । बालुवा उत्खनन् गरिएको ठाउँमा भौतिक संरचना निर्माण गर्न बीसौँ वर्ष कुर्नुपर्ने हुन्छ । स्थानीयलाई निर्माणस्थलमा प्रवेश निषेध गरिएको बोर्ड झुन्याइएको छ ।”

२०७२ सालको भूकम्पपछि युनेस्कोले गरेको रियाक्टिभ मोनिटरिङमा चाँगुनारायण मन्दिर रहेको जमिन भासिएको देखाएको थियो । जङ्गल फडानी र माटो एवम् बालुवा उत्खनन्को कारण २०७२ सालको भूकम्पमा चाँगुनारायण मन्दिर भत्किएको र जमिन भासिएको युनेस्को वल्र्ड हेरिटेज सेक्सनको रिर्पोट पनि उल्लेख छ ।
स्थानीय जनताले गएको माघ महिनाको १९ गते नै चाँगुनारायण मन्दिर रहेको सिङ्गो डाँडोलाई संरक्षण गर्न वरिपरी माटो र बालुवा उत्खनन् कार्य बन्द गराउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । तर, आज बिहान ९ बजेसम्म चाँगुनारायण नगरपालिकाले ठेकेदारमार्फत वरिपरिको जमिन सतहभन्दा १५–२० फिट मुनिको बालुवा उत्खनन्को कामलाई चालु राखेको छ ।
क्रिकेट मैदानको लागि जमिन सम्याउनुको अर्थ वरिपरिको जमिनको सतहभन्दा २५–३० फिट गहिराइको पानीमुनिको बालुवा उत्खनन् गर्नु होइन । चाँगुनारायण मन्दिरसमेत भासिने गरी बालुवा उत्खनन् भइरहेको अविलम्ब बन्द गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
त्रिभुवन विश्वविद्यालयको जग्गा तर चितवनस्थित कृषि तथा पशु विश्वविद्यालयले उपभोग गरिरहेको ३६५ बिघा जमिनमध्ये २० बिघामा क्रिकेट मैदान बनाउने विषयमा विवाद भइरहेको छ । भक्तपुरको चाँगुनारायणमा क्रिकेट मैदान बनाउने निहुँमा चाँगुनारायण मन्दिर नै भासिने गरी यहाँको नगरपालिकाबाट भइरहेको बालुवा उत्खनन् कार्य अविलम्ब बन्द गर्नु जरुरी छ ।
भक्तपुर वागेश्वरीको भङ्गेरी डाँडा स्थानीय जनताको खानेपानीको मुहान हो । यहाँ पनि चाँगुनारायण नगरपालिकाले रग्वी रङ्गशाला बनाउने निहुँमा एक्साभेटर चलाउन लगाई वनजङ्गल मास्ने र पानीको मुहान बन्द गर्ने काम भइरहेकोमा जनताको विरोध हुँदा यस तर्फपनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

नेपालको निजी मेडिकल कलेजमा एमबीबीएस, एमडी र नर्सिङ विषयमा स्नातकोत्तरमा भर्ना हुने विद्यार्थीलाई तोकिएको शुल्कभन्दा बढी शुल्क तिर्नुपर्ने सर्त गराउन लागेको विषयमा मेडिकल कलेजका चिकित्साशास्त्र तथा नर्सिङ स्नातकोत्तर विद्यार्थी र कलेज व्यवस्थापनबीच विवाद भइरहेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
(नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालद्वारा २०७७ चैत २३ गतेको प्रतिनिधिसभाको विशेष समयमा व्यक्त मन्तव्य सं.।)
Leave a Reply