हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
आमनरसंहारको नमिल्दो परिभाषा
अहिले पश्चिमा सञ्चारमाध्यमहरूले दोहो¥याइ तेह¥याइ प्रचार गरिरहेका छन् – कम्युनिस्ट चीनले सिन्च्याङमा आमनरसंहार गरिरहेको छ, चीनले सिन्च्याङका जनताको मानवअधिकार व्यापक हनन गरिरहेको छ, चीनले कठोर श्रमशिविरहरू सञ्चालन गरी सिङ्गो सिन्च्याङलाई खुला बन्दीगृह बनाएको छ, चीनले सिन्च्याङका जनतालाई बँधुवा दास बनाइरहेको छ आदि इत्यादि । तर, पश्चिमा सञ्चारमाध्यम र तिनीहरूका उपग्रहहरूले प्रचार गरिररहेका यी कुरा मिथ्यामात्र हुन् भन्ने कुरा तिनीहरूका प्रचार सामग्रीहरूले नै छर्लङ्ग पारिरहेका छन् । ती प्रचारहरूमा सिन्च्याङको आजका तस्बिरहरू नभई ६०–७० वर्ष पुराना तस्बिरहरू देखाइरहेका छन् । सिन्च्याङको अवस्थाबारे त्यहाँका बासिन्दासित नभई लामो समयदेखि युरोप र अमेरिका बसेका र विदेशमा जन्मेहुर्केका उइगुर जातिका युवायुवतीसितको कुराकानी देखाइरहेका छन् ।
सिन्च्याङ उइगुर स्वशासित प्रदेश जनगणतन्त्र चीनको उत्तरपश्चिममा अवस्थित मध्य एसियासित जोडिएको प्रदेश हो । सिन्च्याङ उइगुर स्वशासित प्रदेशमा मङ्गोलिया, रसिया, कज्जाखस्तान, किर्गिस्तान, ताजिकिस्तान, अफगानिस्तान, पाकिस्तान र भारतसित चीनको सिमाना छ । स्वशासित प्रदेशहरूमध्ये सबैभन्दा ठूलो यो प्रदेशको क्षेत्रफल ६ लाख २० हजार वर्ग माइल (करिब १६ लाख वर्ग किलोमिटर) रहेको छ । यस प्रदेशमा दुई करोड ५० लाख चिनियाँ जनता बसोबास गर्छन् भने यहाँ तुर्किक उइगुर, कज्जाख, किर्गिज, हान, तिब्बती, हुई, ताजिक, मङ्गोल, रुसी र साइब जातिका चिनियाँहरू बसोबास गर्छन् । यस प्रदेशमा अल्पसङ्ख्यक जातिका एक दर्जनभन्दा बढी स्वशासित स्थानीय तह र काउन्टी (जिल्ला) रहेका छन् भने उरुम्ची सहर प्रदेश राजधानी हो ।
फेब्रुअरी २६, २०२१ का दिन क्यानाडाको संसद्ले शून्यका विरुद्ध २२६ मतले एक प्रस्ताव पारित ग¥यो । उक्त प्रस्तावमा चीनले सिन्च्याङमा उइगुर र अरू तुर्किक मुस्लिम जनताको जन्मलाई रोक्न अमानवीय तरिका लागु गरिरहेको आरोप लगाउँदै ती तरिका संयुक्त राष्ट्र सङ्घको आमनरसंहारसम्बन्धी महासन्धिअनुसार आमनरसंहार नै भएको दावी गरियो । संरा अमेरिका पिछलग्गू बनेर प्रस्ताव पारित गरे पनि क्यानेडाली संसद् र सरकारले राष्ट्र सङ्घको कुन महासन्धिअनुसार सिन्च्याङमा भइरहेको कार्य आमनरसंहार साबित हुन्छ भन्न सकेको छैन । क्यानाडेली संसद्को उक्त चीनविरोधी प्रस्ताव जर्मन समाजशास्त्री एड्रियन जेन्जले मार्च २ तारिखका दिन सार्वजनिक गरेको ‘सिन्च्याङमा जबरजस्ती श्रम र सिन्च्याङभित्रको श्रमिक स्थानान्तरण प्रारूपमा जबरजस्ती स्थानान्तरण’ शीर्षक प्रतिवेदनमा आधारित थियो । उक्त प्रतिवेदनमा जेन्जले सिन्च्याङमा चीन सरकारले उइगुर र अरू तुर्किक मुस्लिम जनतामाथि जबरजस्ती श्रम लादिरहेको दावी गर्नुका अतिरिक्त उनीहरूको जनसङ्ख्या घटाउनका लागि परिवार नियोजनका नीतिहरू लागु गरिरहेको उल्लेख छ । त्यसमा उल्लेख छ – चीन सरकारले चिनियाँ नागरिकका दम्पतिहरूलाई (यहाँ हान जातिका चिनियाँ हुनुपथ्र्यो) पहिले एउटै मात्र बच्चा जन्माउने अनुमति थियो तर अरू अल्पसङ्ख्यक जातिहरूसँगै उइगुर र अरू तुर्किक मुस्लिम दम्पतिहरूलाई सन्तान जन्माउनमा कुनै प्रतिबन्ध लगाएको थिएन । अहिले सहरी क्षेत्रका उइगुरहरूलाई दुई र ग्रामीण क्षेत्रका दम्पतिहरूलाई तीनमात्र सन्तान जन्माउने अनुमति छ र चिनियाँ नागरिकहरूलाई पनि उत्तिकै सन्तान जन्माउने अनुमति छ । यसले उइगुरहरूको जनसङ्ख्या घटाउँदै लानेछ ।
तर, वास्तविकतामा सहरी क्षेत्रमा दुईभन्दा बढी सन्तानमा निषेध भएपनि ग्रामीण क्षेत्रमा अरू अल्पसङ्ख्यक जातिहरूसँगै उइगुर र अरू तुर्किक मुस्लिम दम्पतिहरूलाई सन्तान जन्माउनमा कुनै प्रतिबन्ध लगाएको छैन । त्यसकारण, परिवार नियोजनका नीतिहरूमार्फत चीन सरकारले ती जातिहरूको जनसङ्ख्या घटाउन खोजियो भन्नु तर्कसङ्गत कुरा होइन । तथ्याङ्कले पनि सिन्च्याङ उइगुर स्वशासित प्रदेश स्थापना भएपछि हरेक दशकमा उइगुर जनसङ्ख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको देखाएको छ ।
वास्तवमा समाजशास्त्री जेन्ज कुनै स्वतन्त्र शोधकर्ता नभई संरा अमेरिकी सरकारले चीनमा साम्यवाद र चिनियाँ कम्युनिस्ट पार्टीलाई सिध्याउने उद्देश्यले स्थापना गरेको ‘साम्यवाद पीडित स्मृति प्रतिष्ठान’ (East Turkistan and Pan Turkistan) ले किनेका शोधकर्ता हुन् । त्यसैले नै जेन्जको प्रतिवेदनलाई धर्मशास्त्र मानेर क्यानाडा र संरा अमेरिकाले तुरुन्तै सिन्च्याङका अधिकारीहरूमाथि प्रतिबन्ध लगाउनेदेखि सिन्च्याङको कपास बहिष्कार गर्नेलगायत चीनविरुद्ध कडा कदम चालेका छन् ।
प्रहारको पहिलो निशाना सिन्च्याङको कपास
संरा अमेरिकाको नेतृत्वमा पश्चिमा राष्ट्रहरूले चीनविरुद्ध पुनः सिन्च्याङ कार्ड खेल्न सुरु गरेका छन् । त्यसको पहिलो तारो भने सिन्च्याङको कपास बनेको छ । केही समययता अमेरिकालगायत पश्चिमा मुलुकले चीनको सिनच्याङको कपास उद्योगलाई बदनाम गरिरहेका छन् । जबरजस्ती श्रम लगाइएको बहाना बनाएर अन्य देशहरूको उद्यमलाई दबाउनु नै अमेरिकाको सबैभन्दा प्रचलित तरिका हो । हाल अमेरिकाले यस्तो बहाना चीनको सिन्च्याङको कपास उद्योगमाथि लगाएको छ । संरा अमेरिकाको चीनविरोधी शक्तिको प्रतिवेदन सार्वजनिक र सुनुवाइ बैठकको आयोजनाजस्ता कैयौँ गतिविधिमार्फत चिनियाँ कपास उद्योगलाई कमजोर पार्ने खेल खेलिरहेको छ । चीनको कपास बहिष्कार गर्नका लागि नाइक, एडिडासलगायत युरोप र अमेरिकाका धेरै प्रख्यात कम्पनीलाई दबाब दिएका छन् । साथै, अमेरिकाको दबाबमा स्विस उत्तम कपास विकास सङ्घले सिन्च्याङ्का कपास उद्यमसँग ‘जबरजस्ती श्रम’ रहेको भन्दै ‘उत्तम कपास’ प्रमाणीकरणलाई असीमित अवधिको लागि स्थगित गर्ने निर्णय गरेको छ ।
उत्तम कपास विकास सङ्घ – बीसीआई शाङघाइ शाखा कार्यालयले सिन्च्याङको कपास उत्पादनको प्रक्रियामाथि राम्ररी जाँच गरेको छ र अन्ततः सिन्च्याङमा तथाकथित जबरजस्ती श्रम अवस्था नदेखिएको प्रमाणित गरेको छ । त्यसले मुख्यालयलाई दुई प्रतिवेदन पेश गर्नुका साथै लगातार केही वर्षयता स्विजरल्यान्डको एसजीएसलगायत तेस्रो पक्षबाट परीक्षण एजेन्सीका परीक्षण प्रतिवेदन पनि प्रस्तुत गरेको छ । तर, बीसीआई मुख्यालयले त्यसको बेवास्ता गरी अझै जबरजस्ती श्रम अवस्था रहेको बहनामा सिन्च्याङ कपास व्यवसायको बीसीआई प्रमाणपत्र रद्द गरेको छ जसबाट लगभग वार्षिक ५ लाख टनको सिन्च्याङको कपासलाई अन्तर्राष्ट्रिय कपास उत्पादन आपूर्ति शृङ्खलाबाट अलग गरिएको छ । वास्तवमा यो अमेरिकी सरकारले योजना गरेबमोजिम सिन्च्याङमाथि लगाइएको प्रतिबन्धमध्ये एक हो ।
सिन्च्याङ चीनको अविभाज्य खण्ड
सिन्च्याङलाई लिएर पश्चिमा साम्राज्यवादीहरूले प्रचार गरिरहेको भ्रममध्ये एक – पूर्वी तुर्किस्तान वा चिनियाँ तुर्किस्तान हो । अर्थात्, सिन्च्याङ तुर्किक उइगुर जातिको अलग्गै देश थियो र त्यसलाई जनगणतन्त्र चीनले जबरजस्ती कब्जा गरेको हो भन्ने मिथ्या प्रचार उनीहरूले गरिरहेका छन् । ऐतिहासिक तथ्यहरू अध्ययन गर्ने हो भने त्यो भाग ऐतिहासिककालदेखि नै विशाल चीनको एक खण्ड रहेको पुष्टि हुन्छ । चीनका हान र ताङ राजवंशदेखि अन्तिम छिङ राजवंशसम्मले त्यहाँ आफ्नो सेना र प्रशासक राखेर शासन गरेका थिए भने गणतन्त्र चीन स्थापनापछि कोमिङताङ शासनकालमा पनि एक प्रान्तको रूपमा प्रशासकहरू नियुक्ति गरी कर असुलेको देखिन्छ । १९४९ मा जनगणतन्त्र चीनको स्थापनापछि १९५५ मा सिन्च्याङ उइगुर स्वशासित प्रदेश स्थापना गरी स्थानीय जनतालाई नै त्यहाँको नेतृत्व सुम्पेको थियो । त्यसपछिदेखि चीनको दुई सदन चिनियाँ जनकाङ्ग्रेस र राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलनमा सिन्च्याङका जनताको पूर्ण प्रतिनिधित्व हुँदै आएको छ ।
तुर्क र उइगुर मानिसहरू पहिले घुमन्ते जाति भएको हुनाले कहिले चिनियाँ भूभागमा आउने र कहिले निस्केर जाने भइरहन्थ्यो । सन् ५५२ मा त्यहाँको केही भागमा तुर्क राज्य – तुर्किक खागान्ते स्थापना भएको थियो । तर, त्यस राज्यलाई चीनको ताङ सम्राटले ५८३ मा जितेर चीन साम्राज्यको भाग बनाएका थिए । तर, सिन्च्याङ क्षेत्रलाई कहिल्यै पूर्वी तुर्किस्तान भनेर अलग्ग राज्य बनाइएको इतिहास छैन । चीनलाई विखण्डन गर्न चाहेका बेलायती साम्राज्यवादीहरूले सम्पूर्णजसो भारत कब्जा गरिसकेपछि चीन समेतको एसियाको नक्सा बनाउँदा मात्र तुर्कहरूको क्षेत्र पहिचान गर्न पूर्वी तुर्किस्तान शब्द प्रयोगमा ल्याएका थिए । पछि पश्चिमाहरूबाट सञ्चालित पृथकतावादीहरूले पूर्वी तुर्किस्तान र अखिल तुर्किस्तान (भ्बकत त्गचपष्कतबल बलम एबल त्गचपष्कतबल) शब्दहरू प्रयोग गरेका थिए । पहिले चीनको पश्चिमी क्षेत्र भनिने सिन्च्याङलाई १८८४ को चीनको नयाँ प्रशासनिक विभाजनअनुसार सिन्च्याङ नामाकरण गरिएको थियो ।
सिन्च्याङलाई आफ्नो भूभागको अविभाज्य खण्ड मानेझैँ चीनले भाषा र संस्कृति भिन्न भएर पनि सिन्च्याङ क्षेत्रका जनतालाई बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक चिनियाँ राष्ट्रको अभिन्न भाग मान्दै आएको छ । वर्तमान उइगुर जातिका जनता एउटै जनजाति नभइकन तुर्क, मङ्गोल र विभिन्न चिनियाँ जाति जनजातिहरूको बसाइसराई र मिश्रणको लामो प्रक्रियाबाट विकास भएको एक जाति हो । चीन आफै बहुधार्मिक राज्य हो भने सिन्च्याङमा मुस्लिम धर्म आउनुभन्दा अगाडिदेखि र त्यसपछि पनि सिन्च्याङ बहुधार्मिक क्षेत्रको रूपमा रहँदै आएको छ । त्यहाँ अहिले पनि मुस्लिमका अतिरिक्त ताओ, कन्फ्युसियसवाद, बौद्ध र अन्य प्राकृतिक धर्ममा आस्था राख्ने जनता मिलेर बसेका छन् । मुस्लिम धर्म त्यहाँको पुरानो धर्म होइन, पछिमात्र प्रचार भएको धर्म हो सबै तुर्किक उइगुर जनताले मुस्लिम धर्म मान्दैनन् ।
सीप तालिम विद्यालय कि क्रुर श्रम शिविर ?
सिन्च्याङमा आतङ्कवाद र धार्मिक अतिवादको पनि लामो इतिहास रहेको छ । पूर्वी युरोप र सोभियत सङ्घका विभिन्न गणराज्यहरूमा समाजवादी क्रान्ति विस्तार हुँदै गएपछि त्यहाँका सामन्तवादका बचेखुचेका अवशेष र धार्मिक अतिवादीहरू आफ्नो अस्तित्व कायम राख्न तत्कालीन चीन सरकारको नियन्त्रण खुकुलो रहेको सिन्च्याङमा आएका थिए । तिनीहरूले बीसौँ शताब्दीको सुरुदेखि १९४० को दशकको अन्तिमसम्म पृथकतावाद र धार्मिक अतिवादको अभ्यास गर्न खोजे । उनीहरूले अखिल तुर्किजम् र अखिल इस्लामिजम्को नारा दिए र एक धार्मिक राज्य स्थापना गरेर पूर्वी तुर्किस्तान स्थापना गरेको घोषणा गरे । दशकौँसम्मको आतङ्कवाद र धार्मिक अतिवादले गर्दा सिन्च्याङको विकास र प्रगतिको मार्गमा ठूलो अवरोध सिर्जना भएको थियो । सन् १९५५ मा सिन्च्याङ उइगुर स्वशासित प्रदेशको स्थापनापछि आतङ्कवाद र धार्मिक अतिवादको प्रभाव कम हुँदै गयो र अतिवादीहरूमध्ये धेरै सिन्च्याङ र चीन छोडेर युरोप र अमेरिकातिर भागे ।
सन् १९७० को दशकमा अफगानिस्तानमा कम्युनिस्ट सरकार उखेल्न संरा अमेरिका र पश्चिमा राष्ट्रहरूले इस्लामिक धार्मिक अतिवादी फौज – मुजाहिद्दीन फौज निर्माण र परिचालन गरे । त्यसको असर अफगानिस्तानमा मात्र सीमित रहेन, चारैतिरका देशहरूमा र विश्वमाथि नै प¥यो । विश्व शान्ति र मानव जातिको भविष्य नै ठूलो खतरामा प¥यो । सन् १९९० को दशकमा सिन्च्याङमा पनि पृथकतावाद सँगसँगै धार्मिक अतिवादको प्रभाव र आतङ्कवादी गतिविधि धेरै बढ्यो । बम विस्फोट, नृशंस हत्याहरू, विष प्रयोग गरी हत्या, हातहतियारको प्रयोग, लुटमार र दङ्गा दैनिक समाचार बन्न थाले । हजारौँ निर्दोष र निहत्था मानिस मारिन र आतङ्कित पारिन थाले भने सुरक्षाको कर्तव्य निभाइकन सयौँ प्रहरी अधिकारीहरू मारिए । धार्मिक अतिवादको प्रभाव र आतङ्कवादी गतिविधि नियन्त्रण गर्न सिन्च्याङ उइगुर स्वशासित प्रदेशको जनसरकार र चीनको केन्द्र सरकार मिलेर त्यहाँ युवाहरूका लागि आवासीय सिप तालिम केन्द्रहरू खोली तालिम र पुनर्शिक्षा कार्यक्रम २०१२ देखि चलाउन थालिएको हो । ती तालिम केन्द्रहरूमा सीप तालिम सँगसँगै धर्मको परिचय राजनीतिशास्त्र, मानवशास्त्र र समाजशास्त्रका शिक्षा पनि दिन थालियोे । सीप तालिम र शिक्षा पाएपछि धेरै युवाहमा अतिवादी विचारप्रतिको आस्था हरायो । त्यसले गर्दा त्यहाँका युवाको आतङ्कवादी समूहहरूसित सम्पर्कमा पुग्ने सम्भावना धेरै हदसम्म घट्यो भने सीप र शिक्षा पाएका युवाहरूले उरुम्चीलगायत सिन्च्याङ र चीनका विभिन्न सहरका उद्योग–व्यापार प्रतिष्ठानहरूमा राम्रो रोजगारी पाएर जीवन सुखमय भयो ।
चीनको चिननान विश्वविद्यालयको प्रचार तथा सीमा व्यवस्थापन अनुसन्धान प्रतिष्ठानले हालै ‘जबरजस्ती श्रम वा सुन्दर जीवनको खोजी’ भन्ने शीर्षकमा एक सर्वेक्षण प्रतिवेदन सार्वजनिक ग¥यो । उक्त प्रतिवेदनअनुसार सिन्च्याङबाट बाहिर गएर काम गर्नुलाई सिन्च्याङका अल्पसङ्ख्यक जातिहरूले निकै सकारात्मकरूपमा लिन थालेका छन् र बाहिर गएर गरिएको कामले उनीहरूको परिवारको आम्दानी, पेशागत प्रविधिको स्तर छोराछोरीको शिक्षा आदि धेरै क्षेत्रमा फाइदाजनक रहेको अनुभव गरिएको छ । प्रतिवेदनको तथ्याङ्कअनुसार, सिन्च्याङका ४६ प्रतिशत जनता निरन्तररूपमा सिन्च्याङबाट बाहिर गएर काम गर्ने इच्छा राख्छन् । यसैगरी ३१ प्रतिशत जनताको आफ्नो बचत लिएर जन्मथलोमा नै स्वरोजगार गर्ने योजना छ र २३ प्रतिशतको क्वाङतुङ प्रान्तमा रोजगारसँगै बसाइ सर्ने योजना छ ।
धार्मिक अतिवाद र आतङ्कवादसित लड्ने चीनको रचनात्मक प्रयासस्वरूप सञ्चालित ती सीप तालिम केन्द्रहरूलाई नै पश्चिमा र पुँजीवादी सञ्चारमाध्यमहरूले क्रुर श्रम शिविर र खुला बन्दीगृहको रूपमा दुष्प्रचार गरिरहेका हुन् । धार्मिक अतिवाद र आतङ्कवादसित लड्नका लागि संरा अमेरिकाले अफगानिस्तान, इराक र सिरियामा गरेजस्तै चीनले पनि सेना परिचालन र युद्धकै घोषणा गरेर आफ्नै जनताविरुद्ध बमबारी गर्ने सोचाइ पश्चिमाहरूको थियो । चीनले त्यसो गरेको भए चीनमाथि मानवअधिकार हननको आरोप लगाएर सिन्च्याङमा सैनिक हस्तक्षेपसम्ममा उत्रने तिनीहरूको योजना थियो । तर, चीनको रचनात्मक उपायले गर्दा सर्प पनि म¥यो र लठ्ठी पनि भाँचिएन । यसबाट निराश भएर पश्चिमा साम्राज्यवादीहरूले अर्को चालका रूपमा आमनरसंहार, जातीय सफाया, क्रुर श्रम शिविर र खुला बन्दीगृहको भ्रामक प्रचार गरिरहेका हुन् ।
सिन्च्याङमाथि पश्चिमा गिद्देदृष्टि
बेलायती साम्राज्यवादले त १९ औँ शताब्दीको अन्तिम दशकमै चीनको तिब्बतसँगै सिन्च्याङलाई पनि आफ्नो कब्जामा पार्न खोजेको थियो । त्यसको लागि १९०३–१९०४ मा कोलोनेल फ्रान्सिस योङहस्बान्डको नेतृत्वमा तिब्बत कब्जाको अभियान नै चलाएको थियो र हारेको तिब्बतलाई ल्हासा सन्धिमा हस्ताक्षर गर्न बाध्य पारेको थियो तर चीनतिर भागेका तत्कालीन दलाई लामा र चीन सरकारले उक्त सन्धिलाई मान्यता नदिई चिनियाँ सेना तिब्बत पठाएपछि सन्धिको प्रभाव अन्त भएको थियो । त्यसपछि पनि बेलायत र पश्चिमा साम्राज्यवादी देशहरूको गिद्देदृष्टि तिब्बत र सिन्च्याङमा परि नै रह्यो ।
सिन्च्याङलाई अस्थिर पारेर चीनको विकासमा बाधा पु¥याउने संरा अमेरिकाले लामो समयदेखि बनाउँदै आएको योजना हो । तीन वर्षअघि अमेरिकी पूर्व विदेशमन्त्री एसन पावेलको चीफ स्टाफ स्थल सेनाका वरिष्ठ कर्णेल लोरेन्स विल्कर्सनले खुलासा गरेका थिए, “सन् २००१ मा अमेरिकाले सुरु गरेको अफगानिस्तान युद्धको उद्देश्य तालिवानको सफाया गर्नु वा अफगानिस्तानको निर्माणमा सहयोग दिनु होइन बरु मध्य एसियामा अमेरिकी शक्तिलाई बन्दोवस्त गरेर चीन तथा पाकिस्तानमाथि सैनिक दबाब सिर्जना गर्नु हो । चीनको सिन्च्याङ अमेरिकाले ध्यान दिइरहेको मुख्य क्षेत्र हो र अफगानिस्तान युद्धपछि अमेरिकाले कुनै पनि बेला सिन्च्याङलाई उठाउन सक्नुका साथै चीनले कार्यान्वयन गरिरहेको बीआरआई रणनीतिमा दबाब दिन सक्छ ।”
वास्तवमा अमेरिकाले त्यतिबेलादेखि नै वैदेशिक युद्धका योजनाकार लोरेन्स विल्कर्सनको योजनाबमोजिम, निर्धारित लक्ष्यलाई साकार पार्न गोटी चालिरहेको छ । विल्कर्सनले योजना बनाएको इराक युद्धको याद धेरैका मनमा ताजै छ । त्यतिबेला, अमेरिकी विदेशमन्त्री पावेलले संयुक्त राष्ट्र सङ्घमा कुनै निर्णय नै नभइकन जबरजस्तीरूपमा इराक युद्ध सुरु गरेका थिए । अहिले ह्वाइटहाउस र पेन्टागनमा मुखिया फेरिएका छन् तर अठार वर्षपछि पनि संरा अमेरिकाको योजनामा कुनै परिवर्तन भएको छैन ।
त्यस्तै २००३ मै अमेरिकी राष्ट्रिय गुप्तचर विभागका प्रमुख र काबुलस्थित सीआईएका तत्कालीन स्टेसन प्रमुख ग्राहम ई. फुलरले एस. फ्रेडरिक स्टारसित मिलेर जोन हप्किन्स विश्वविद्यालयको पाउल एच. नित्से उच्च अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानका लागि ‘सिन्च्याङ समस्या’ शीर्षकमा एउटा पुस्तक लेखेका थिए । फुलर र स्टारले पुस्तकको निष्कर्षमा लेखेका छन् ः “ऐतिहासिक अभिलेखले सुझाउँछन् कि देशहरूको र अन्तर्राष्ट्रिय सङ्गठनहरूको निर्णयमा समेत मानवअधिकारका विषयलाई उच्च छनोटका साथ राजनीतिकरण गर्नुपर्छ । धेरै देशहरूले उनीहरूको समग्र द्विपक्षीय सम्बन्धको प्रगाढतामा भन्दा बढी चीनको मानवअधिकारको विषयमा ध्यान केन्द्रित गर्छन् । संरा अमेरिकाले त्यस्ता कुनै पनि मौका गुमाउनुहुँदैन ।”
फुलर र स्टार अगाडि लेख्छन् ः “चीनसितको भावी कुनै सङ्कट वा मुठभेडको समयमा चीनमाथि दबाब सिर्जना गर्न संरा अमेरिकाले उइगुर कार्ड खेल्ने इच्छा राख्ने छैन भनी सोच्नु अव्यावहारिक हुन्छ । चीनका धेरै शत्रुहरूले विगतमा सिन्च्याङ मामिलामा सक्रिय नीति अवलम्बन गरिसकेका छन् । तिनीहरूले आफ्नो फाइदाका लागि सिन्च्याङ र उइगुर मामिलाको दोहन गरिसकेका छन् ।”
उक्त पुस्तक लेखिएको १८ वर्षपछि संरा अमेरिका र चीनको द्विपक्षीय सम्बन्धको स्तर नितान्त खस्केको छ । त्यसको कारण कुनै भूभाग वा युद्ध होइन बरु चीनले गरेको आर्थिक र सामाजिक प्रगति हो । अहिले चीन संरा अमेरिकाको आर्थिक र प्राविधिक सर्वोच्चतालाई चुनौती दिइरहेको निकट प्रतिद्वन्द्वीको रूपमा अगाडि बढेको छ । त्यसो त संरा अमेरिका धेरै अघिदेखि चीनको उदयको विरुद्धमा रहेको छ तर ओबामा प्रशासनदेखि चीनको उदयलाई रोक्ने स्पष्ट कार्यक्रम बनाउन थाल्यो । डोनाल्ड ट्रम्प त अमेरिका प्रथमको नारा दिएर राष्ट्रपति बनेका थिए र उनले चीनविरुद्ध व्यापार युद्ध नै चलाएर गए । अहिलेका अमेरिकी राष्ट्रपति जो बाइडन ओबामाको दोस्रो कार्यकालमा उपराष्ट्रपति थिए र अहिले ट्रम्पकै नीतिलाई निरन्तरता दिने सङ्केत दिइरहेका छन् । राष्ट्रपतीय निर्वाचन प्रचार अभियानको क्रममा बाइडनले भनेका थिए – “अमेरिकी नेतृत्वले संरा अमेरिकाको निकट प्रतिद्वन्द्वी चीनको बढ्दो महत्वाकाङ्क्षाहरूको सामना गर्नैपर्छ ।” उनले चीनसितको संरा अमेरिकाको द्वन्द्वलाई पनि ‘मूल्यमान्यताको द्वन्द्व ः प्रजातन्त्रविरुद्ध निरङ्कुशतन्त्र’ भनी चित्रण गरिरहेका छन् । वालस्ट्रिट जर्नलका अनुसार बाइडन प्रशासनको लक्ष्य परमाणु अस्त्रदेखि गुप्तचरीसम्म र उत्पादनदेखि बजारमाथिको नियन्त्रणसम्म सबैमा जुनसुकै उपाय अपनाएर पनि चीनभन्दा अगाडि रहनु रहेको छ । यसले संरा अमेरिका र पश्चिमा साम्राज्यवादीहरूले उदीयमान विश्व आर्थिक महाशक्ति चीनलाई उल्झाउनका लागि नै सिन्च्याङ र उइगुरहरूको मानवअधिकार हननको नक्कली विषय भ्रामक प्रचार गरिरहेको स्पष्ट हुन्छ ।
सिन्च्याङ अहिले पश्चिमा साम्राज्यवादीहरूका लागि महत्वपूर्ण विषय बन्नुको अर्को कारण चीनले बेल्ट एन्ड रोड अगुवाइमार्फत पुनर्जागरण गरिएको रेशम मार्गका सडक र रेल मार्ग यही भूभाग भएर पश्चिमतिर अगाडि बढ्ने भएर पनि हो । पृथकतावादीहरूलाई सक्रिय बनाई सिन्च्याङलाई चीनबाट अलग्याउन वा अस्थिरता फैलाउन सकिएमा मात्र पनि चीनको आर्थिक विकास र रणनीतिक पहुँचमा ठूलो कठिनाइ उत्पन्न गर्न सकिने पश्चिमा साम्राज्यवादीहरूको योजना हो । त्यसैले आगामी दिनहरूमा गत वर्ष हङकङमा जस्तै शान्तिपूर्ण आन्दोलनका नाममा सडक हिंसा मच्चाउन लगाएमा वा सिरियामा जस्तो मुस्लिम अतिवादी सङ्गठनहरूलाई पैसा र हतियार दिएर सिन्च्याङमा अशान्ति मच्चाउन दिएमा कुनै आश्चर्य हुने छैन ।
(विभिन्न सञ्चारमाध्यमहरूबाट प्राप्त जानकारीको आधारमा तयार आलेख)
Leave a Reply