आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
भक्तपुर, १० असार । नेपाल मजदुर किसान पार्टी चन्द्रागिरी नगर समिति बलम्बु काठमाडौंको आयोजनामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई मतदान गर्नुहुने मतदाताहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले नेमकिपाले चुवावलाई हारजितभन्दा पनि पार्टीको वैचारिक र सैद्धान्तिक प्रचारप्रसारको रूपमा उपयोग गरेको बताउनुभयो ।
उहाँले ठूला राजनीतिक दलले चुनावलाई व्यापारको रूपमा प्रयोग गर्ने गलत प्रवृत्तिको विरूद्ध नेमकिपाले चुनावमा भाग लिइरहेको विचार व्यक्त गर्दै ठूला राजनैतिक दलले निर्वाचन आचारसंहिता उलङ्घन गर्दा पनि निर्वाचन आयोग मौन बसेकोले निर्वाचन आयोग निष्पक्ष नरहेको बताउनुभयो ।
नेमकिपा काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले नेमकिपाले आप्mनो विचार र सिद्धान्तलाई अझ शसक्त रूपमा अगाडि बढाइरहेको विचार व्यक्त गर्दै नेमकिपा देशको सार्वभौमिकता र भू–अखण्डता रक्षाको लागि सदा सङ्घर्षरत रहेको बताउनुभयो ।
नेमकिपा चन्द्रागिरी नगर समितिका अध्यक्ष गुणदास महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा उम्मेदवारहरू अमरदिपसिं महर्जन, सरिता थापा, निर्वाचन परिचालन समितिका रामप्रसाद भट्टराई, जितबहादुर महर्जन र जस्तिन महर्जनले पनि बोल्नुभएको थियो ।
Leave a Reply