भर्खरै :

भारतले वचनबद्धता पालना गरेको छैन

काठमाडौँ, २५ चैत (सीआरआई) । हालै नेपालका अनेकौँ सञ्चारमाध्यमहरूले नेपालको महामारीविरुद्धको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । यही अप्रिल २ अघि नेपाललाई दश लाख डोज कोरोना भाइरस खोप उपलब्ध गराउने वचनबद्धता भारतले व्यवहारमा उतारेको छैन । भारतले ‘भारतको स्वदेशी आवश्यकता पूरा गरेपछि निरन्तर खोप निर्यात गर्ने’ जवाफ दिएको छ । यसले गर्दा नेपाललगायतका भारतीय खोपको छनोट गर्ने मुलुकहरू महामारीविरुद्धको अप्ठ्यारो अवस्थामा छन् । महामारी दोस्रो चरणमा फैलिने खतरा छ ।
नेपाल र भारतबीच खुला सीमा छ । भारतमा कोरोना भाइरस सङ्क्रमित भएकाहरूको सङ्ख्यामा वृद्धि हुँदा नेपालमा पनि असर पर्दछ । भारतीय स्वास्थ्य मन्त्रालयले अप्रिल ७ मा सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, विगत २४ घण्टामा भारतमा एक दिनमा पुष्टि भएका सङ्क्रमितहरूको सङ्ख्या १ लाख १५ हजार पुगेको छ । नेपालको तथ्याङ्कअनुसार, हाल भारतबाट फर्केका १५०० नेपालीको न्युक्लिक एसिड परीक्षणमा २४ जनाको नतिजा सकारात्मक रहेको छ ।
वास्तवमा नेपाल भारतीय खोपको स्थितिबाट असर पर्ने एकमात्रै मुलुक होइन । सार्कको सदस्य मुलुकको रूपमा रहेको श्रीलङ्काको खोप लगाउने योजना गत मार्च ३१ मा स्थगित भयो । भारतमा कोरोना असामान्यरूपमा वृद्धि भएको छ । दक्षिण एसिया उपमहाद्वीप विश्वको महामारी फैलिने केन्द्र बन्ने सम्भावना छ । भारतले खोपको निर्यात स्थगित गरेबाट विश्व स्वास्थ्य सङ्गठनको ‘कोरोना भाइरस खोपको कार्यान्वयन योजना अर्थात् कोभ्याक्स’ को सामान्य कार्यान्वयनमा असर पर्नेछ ।
हालसम्म विश्वमा न्यून आय भएका ३० वटा मुलुक तथा मध्यम आय भएका ३७ वटा मुलुकले डब्लुएचओको कोभ्याक्स योजनाबाटै कोरोना खोप पाउन सक्छन् । ती मुलुकहरूको कुल जनसङ्ख्याको ९० प्रतिशतले सन् २०२१ मा खोप लगाउन पाउने सम्भावना छैन ।
अप्रिल ७ विश्व स्वास्थ्य दिवस हो । डब्लुएचओका महानिर्देशक टेड्रोस आधानोम घेब्रेएसुसले जोड दिनुभएको छ, ‘कोरोना’ महामारीबाट देश–देशबीच र मुलुकमै स्वास्थ्य तथा हित–कल्याणमा देखा परेका असमानतालाई चर्को पारिरहेको छ र खोपको उत्पादन परिधिको विस्तार तथा खोपको निष्पक्ष वितरण नै वर्तमान महामारी अवस्थाको सामना गर्ने मुख्य कदमहरू हुन् । साथै विभिन्न मुलुकका सरकारहरूले खोप, जाँच किट र उपचार औषधिको निष्पक्ष वितरणलाई प्रत्याभूति दिने आग्रह पनि डब्लुएचओले गरेको छ ।
डब्लुएचओको आह्वानमा चीनले कठिनाइको पार गर्दै खोपको उत्पादन क्षमतालाई बढाइरहेको छ । हालसम्म चीनले विश्वका ८० मुलुक तथा ३ वटा अन्तर्राष्ट्रिय सङ्गठनलाई खोप सहयोग दिइरहेको छ र ४० वटा मुलुकलाई खोपको निर्यात गरिरहेको छ । चीनले १० वटा मुलुकसँग खोपको अनुसन्धान तथा उत्पादनमा सहयोग गरिरहेको छ । हालसम्म चीनले छिमेकी मुलुक नेपाललाई ८ लाख चिनियाँ खोपको सहयोग प्रदान गरिसकेको छ । नेपालमा चिनियाँ खोप लगाउने कार्य सुरु भएको छ । ती खोपहरू १८–५९ वर्षीय नेपाली नागरिकलाई लगाइने योजना छ । क्षमतायुक्त सबै मुलुकहरूले सकेसम्म आवश्यक परेका मुलुक विशेषगरी विकासोन्मुख मुलुकलाई खोप प्रदान गर्नुपर्छ । यसबाट विभिन्न मुलुकका जनताले खोप किन्न सक्ने र प्रयोग गर्न पाउनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *