भर्खरै :

राजनीतिक व्यवस्था, नेता र परिणाम

काठमाडौं, २५ चैत । राजनीतिक व्यवस्था र नेतृत्वको कारण इतिहासमा अत्यन्त दुःखदायी घटनाहरू घटेका छन् । इटालीको मुसोलिनीको ‘राष्ट्रवाद’ र जर्मनीको हिटलरको ‘राष्ट्रिय समाजवाद’ तथा जापानको तोजोको राष्ट्रवादी सैन्यवादले दोस्रो युद्धमा करोडौँ करोड जनताको हत्या ग¥यो । हजारौँ सहर, कलकारखाना, विश्वविद्यालय–विद्यालयहरू, अस्पताल, खानेपानीको स्रोत, पुल र सडक एवं आवास ध्वस्त बनायो । त्यसको वर्णनले आज पनि मानिसहरू स्तब्ध हुने गर्छन् । त्यो स्थिति अचानक आएको थिएन । बरू, युरोप, संरा अमेरिका र जापानजस्ता तत्कालीन महाशक्ति देश, केही औद्योगिक देशहरू, संरा अमेरिकी साम्राज्यवादी नीति र पूर्वी एसियाको एकमात्र शक्तिशाली र विकसित देश जापानको राष्ट्रवादी सैन्य सरकारको नाफामुखी चरित्र र उपनिवेशवादी सोचले केही वर्षको अर्थतन्त्र, व्यापार र अनेक खुला तथा गुप्त राजनीतिक गतिविधिले विश्वलाई दोस्रो विश्वयुद्धको संहारक स्थितिमा पु¥यायो ।
विज्ञान र प्रविधिको बढ्दो विकास र अत्याधुनिक हातहतियारको निर्माण तथा सैन्य गठबन्धनले आज मानव समाजको अग्रगामी प्रगति, सुस्तता र भविष्य झन्झन् अन्योल र अस्थिरताको चौबाटोमा पुग्दै छ । कोभिड–१९ ले मानव सभ्यतालाई नै चुनौती दिने खालको परिणाम पु¥याउँदै छ । के यो आकस्मिक हो ? वा यसका केही जिम्मेवार पक्षहरू छन् ? कोभिड– १९ को सङ्क्रमित १० देशहरूमध्ये संरा अमेरिका, ब्राजिल र भारतको नाम अगाडि छन् । त्यसबाहेक फ्रान्स, रूस, बेलायत, इटाली, टर्की, स्पेन र जर्मनीजस्ता विज्ञान, प्रविधि र अर्थतन्त्रमा अगाडि बढेकै देशहरू छन् ।
संरा अमेरिकाजस्तो अर्थतन्त्र, सैन्य शक्ति, विज्ञान र प्रविधिमा अगाडि बढेको देशमा कोभिड–१९ बाट ५ लाख ९६ हजार ७७७ जनाको मृत्यु भइसकेको समाचार छ । कुल सङ्क्रमित सङ्ख्या ३ करोड १४ लाख २० हजार ३३१ पुग्यो भने सक्रिय सङ्क्रमित ६९ लाख ४ हजार ८५१ पुगेको बताइन्छ ।
त्यसैगरी ब्राजिलमा सक्रिय सङ्क्रमित सङ्ख्या ९ लाख ७० हजार ५४२ छ भने कुल सङ्क्रमित ३३ लाख ९६५ र मृत्यु सङ्ख्या ७५ हजार ६९८ बताइएको छ । तेस्रो स्थानमा भारत संसारको जनसङ्ख्यामा दोस्रो देश र उदाउँदो अर्थतन्त्रको देश हो, विज्ञान र प्रविधिमा पनि अगाडि बढ्दो छ । त्यहाँ (भारतमा) कुल सङ्क्रमित १ करोड २५ लाख ८९ हजार ६७ सङ्ख्या पुग्यो भने मृत्यु सङ्ख्या १ लाख ६५ हजार १३२ पुगेको बताइन्छ । (अन्नपूर्ण पोष्ट, २४ चैत, २०७७)
युरोपका अन्य देशहरू र टर्कीजस्ता एसिया र युरोपको दोसाँधको एवं पूर्वी युरोप र ठुलो भूभाग एसियामा परेको रूसमा पनि कोभिड–१९ को महामारीले चिन्तित पारेको स्थिति छ । कति देश र ठाउँका सरकारले लगाएका लकडाउन (पूरै बन्द) को घोषणालाई काम गरी खाने जनताको विरोध सम्झेर विरोधमा उत्रेका छन् भने भारतजस्तो विशाल जनसङ्ख्या भएको देशमा ‘कोभिड–१९ को रोगभन्दा सरकारी नीति’ र ‘बेरोजगारी’ बढी डरलाग्दो बताइयो । भारतमा सङ्क्रमितको सङ्ख्या बढ्दै गर्दा नेपाल–भारत सीमा खुला भएको कारण नेपालमा भारतबाट ठुलो बाढीजस्तै देशी र विदेशी नेपाल पसेको छ । दिइएको सङ्ख्याअनुसार चैत १७ गते नेपाल भित्रिएकाहरूमा १६७ जना सङ्क्रमित थिए भने चैत २३ को दिनमात्रै २६६ जना सङ्क्रमित भेटिए । त्यसप्रकार हरेक दिन नेपालमा सङ्क्रमित सङ्ख्या बढ्दै छ । ((अन्नपूर्ण पोष्ट, २४ चैत, २०७७)
संरा अमेरिकामा कोरोना महामारीबाट ठुलो सङ्ख्यामा अमेरिकी जनताको मृत्यु र सङ्क्रमण हुनुको कारण तत्कालीन राष्ट्रपति ट्रम्पलाई दोष दिएको सर्वविदित छ । उनले मास्क लगाउने, स्यानिटाइजर लगाउने, साबुन–पानीले हात धुने र खोपलाई समेत अनावश्यक सम्झेका थिए । उनी जातिवादी र राष्ट्रवादी त थिए नै, साथै गरिब जनताप्रति उनी घृणा गर्थे ।
त्यस्तै ब्राजिलका राष्ट्रपति बोल्सोनारोका पिता ज्यान सजायबाट बच्न भागेका एक फासीवादी थिए । उनको विचार पनि कामदार जनताविरोधी र प्रजातन्त्रविरोधी थियो । सुरूमा ट्रम्पले जस्तै उनले साधारण रोग भन्दै सरकारीस्तरमा उपचारको निम्ति तदारूकता देखाउन मानेका थिएनन् । भारतका प्रम मोदी पनि कट्टर जातिवादी र धर्मभिरू हुन् । उनी कामदार वर्ग, दलित, मुसलमान र अन्य धर्मप्रति असहिष्णु छन् । पूजा–पाठ र धुप–बत्ती दिएरै कोभिड–१९ भाग्ने उनी विचार राख्थे । यसकारण अर्थतन्त्र र विज्ञान प्रविधिमा अगाडि बढे पनि सरकारी नीति गलत भएको खण्डमा जनताले दुःख पाउने यो एक उदाहरण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *