सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
बिस्का जात्रा विगतमा झैँ भव्यताका साथ मनाउन दिन सर्वाेच्च अदालतको अन्तरिम आदेश भएको छ !
भक्तपुरको जिल्लास्तरीय कोभिड–१९ सङ्कट र व्यवस्थापन सञ्चालन केन्द्रले गरेको जात्रा पर्वलाई औपचारिकतामा सीमित गर्ने निर्णयविरुद्धको रिटमा उक्त आदेश जारी भएको हो ।
विश्वमा दोस्रो र तेस्रो होइन चौथो लहरको कोभिड महामारी फैलिन थालेको समाचार आइसकेको छ । विभिन्न देशमा लकडाउन र कफ्र्यु लगाउन थालिएको छ । छिमेकी देश भारतमा एकै दिनमा सवा लाख सङ्क्रमित, ब्राजिलमा एकै दिनमा आजसम्मकै सबभन्दा धेरै ४००० बढीको मृत्यु, संरा अमेरिका त एक नम्बरमा छँदै छ ।
यता नेपालमा भारतबाट आउनेहरूमा सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ बढिरहेको छ, रोकथामको लागि आवश्यक सामग्रीको अभाव छ । यद्यपि स्वास्थ्यमन्त्री नेपालमा लकडाउनबारे कल्पना नगरिएको बताइरहेका छन् । तर, स्वास्थ्य मन्त्रालयले जोखिम बढिरहेको छ, भीडभाड नगर्नु, सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्नु भन्ने ‘उपदेश’ निरन्तर दिइरहेको छ ।
यता भक्तपुरका केही जात्राप्रेमी ‘हाम्रो जात्रा प्राणभन्दा प्यारो छ’ भन्दै बिस्का जात्राको रथ तान्न, लिङ्गो उठाउन सबैलाई निमन्त्रणा गरिरहेको छ । यस्तो परिवेशमा स्वास्थ्य मन्त्रालयको ‘उपदेश’ पालना गरुँ कि ? सर्वाेच्चको आदेश मानूँ कि ? जात्राप्रेमीको निमन्त्रणा स्वीकारुँ ? मजस्ता अरु अबुझहरू पनि रनभुल्लमा परेका होलान् । लौन म के गरुँ ?
कोरोना महामारीको एक वर्षमा मैले बुझेको वा सिकेको भनेको हात धुने, मास्क लगाउने, हात नमिलाउने, सँगै महत्वपूर्ण कुरा भीडमा नजानु हो । अर्थात् एक व्यक्ति र अर्काे व्यक्तिबीच दूरी कायम गर्नु हो । तर जात्रामा जाँदा म कसरी दूरी कायम गर्न सक्छु ?
त्यसो त घरमा बस्दा परिवारका सदस्यबीच दूरी कायम गर्नु पर्दैन र सम्भव पनि छैन । घरमा बस्दा मास्क पनि लगाउँदिन तर पनि सुरक्षित नै रहेका छौँ ।
यसको कारण कोरोना भाइरस घरभित्र छिर्न दिइएन, बाहिरिया मानिस भित्र्याइएन वा आएका एकाधसँग सुरक्षा मापदण्ड पालना गरेर भेटियो । यसो गर्दा घर र परिवार सुरक्षित रह्यो । यस्तै कुनै टोल, बस्ती, पालिका, जिल्ला, प्रदेश र देशमा नै बाहिरिया नभित्र्याउने हो भने बिनामास्क पनि हामी सुरक्षित हुन सक्छौँ । त्यस्तो स्थितिमा ‘हाम्रो जात्रा प्राणभन्दा प्यारो छ’ भनेर चिच्याउनुपर्ने थिएन, सर्वाेच्चमा रिट पर्ने र अन्तरिम आदेश जारी हुने थिएन, अझ पोहोर ललितपुरका जात्राप्रेमीहरू र प्रहरीबीच भिडन्त पनि हुने थिएन । वाह ! क्या राम्रो !!
तर, सङ्क्रमित देशबाट मानिस जति बढी भित्रियो त्यति नेपालमा सङ्क्रमण फैलिएको थियो । अब जात्रामा कहाँबाट कति मानिस भेला हुने हो – अज्ञात छ । जात्राको भीडमा सङ्क्रमित कोही नभए रत्तिभर डराउनु पर्दैन, मास्क पनि लगाउनुपर्दैन । तर, सङ्क्रमित भएमा घर फर्कँदा परिवारलाई कोरोना उपहार नहोला ?
फैलँदो महामारीमा बिस्का जात्रा पुण्य कमाउन वा रमाइलो गर्न खोज्दा कतै अभिशाप हुने त होइन ? कता कता डर र चिन्ता लागेको छ ।
देशमा परीक्षण घटाउँदै लाँदा सङ्क्रमित पनि घट्दै गइरहेको थियो । यदि पहिलेझैँ बढेमा सरकारले फेरि ‘अन्तिम अवस्थामा नपुगेसम्म’ घरमै बस्नु भन्ने छ, स्वास्थ्य सामग्री अहिले नै अभाव भइसकेको अवस्था छ, कोरोना रोकथाममा अग्रमोर्चामा खटिरहेकाहरूको व्यक्त अव्यक्त असन्तोष बढिरहेको छ । यस्तो परिवेशमा सरकारलाई अप्ठ्यारोमा पार्न स्वास्थ्य मन्त्रालयको ‘उपदेश’ लाई बेवास्ता गरी कोभिड–१९ को दोस्रो लहर ल्याउन, कोरोना समुदायमा पु¥याउन, नयाँ प्रजापतिको कोरोना भाइरसलाई स्वागत गर्न पो जात्राको निमन्त्रणा दिइएको हो कि ? त्यसो त काठमाडौँ उपत्यका देशकै कोभिड महामारीको हटस्पट अर्थात् कोरोनाको ‘अलकापुरी’ बनिरहेको अवस्थामा उपत्यकाका तीनै सहरका जात्राप्रेमीहरू जुर्मुराउनु काकतालीमात्र होला ?
त्यसो त भीडमा जाँदैमा सङ्क्रमण हुन्छ नै भन्ने छैन । यसको प्रमाण सत्ताधारी दलले केही समय पहिले गरेका ‘विशाल’ र ‘महाविशाल’ भीडको कार्यक्रमले दिएको छ । यदि ती भीडमा सङ्क्रमित सामेल भएको भए अवस्था के हुन्थ्यो होला ? सोचनीय छ ।
हिजोका ‘विशाल’ र ‘महाविशाल’ भीडको कार्यक्रममा सङ्क्रमण भएन भन्दैमा बिस्का जात्रामा पनि हुँदैन भन्ने ग्यारेन्टी सर्वाेच्च अदालतले दिन्छ कि जात्राप्रेमीले ? अथवा भैरव र भगवतीले ? यो खोज्नुपर्ने जस्तो लाग्छ । किनभने, कोरोना प्रधानमन्त्रीको बेसार पानीले नभाग्ने निश्चित छ । ठुला ठुला नेताले पिएको ‘पवित्र जल’ ले पनि रोकिँदैन । सङ्क्रमित भएमा दुई चार हजार होइन लाखौँ रकम उपचार खर्च लाग्ने पनि सुनिएको छ । फैलँदो महामारीमा बिस्का जात्रा पुण्य कमाउन वा रमाइलो गर्न खोज्दा कतै अभिशाप हुने त होइन ? कता कता डर र चिन्ता लागेको छ ।
देशमा परीक्षण घटाउँदै लाँदा सङ्क्रमित पनि घट्दै गइरहेको थियो । यदि पहिलेझैँ बढेमा सरकारले फेरि ‘अन्तिम अवस्थामा नपुगेसम्म’ घरमै बस्नु भन्ने छ, स्वास्थ्य सामग्री अहिले नै अभाव भइसकेको अवस्था छ, कोरोना रोकथाममा अग्रमोर्चामा खटिरहेकाहरूको व्यक्त अव्यक्त असन्तोष बढिरहेको छ । यस्तो परिवेशमा सरकारलाई अप्ठ्यारोमा पार्न स्वास्थ्य मन्त्रालयको ‘उपदेश’ लाई बेवास्ता गरी कोभिड–१९ को दोस्रो लहर ल्याउन, कोरोना समुदायमा पु¥याउन, नयाँ प्रजातिको कोरोना भाइरसलाई स्वागत गर्न पो जात्राको निमन्त्रणा दिइएको हो कि ? त्यसो त काठमाडौँ उपत्यका देशकै कोभिड महामारीको हटस्पट अर्थात् कोरोनाको ‘अलकापुरी’ बनिरहेको अवस्थामा उपत्यकाका तीनै सहरका जात्राप्रेमीहरू जुर्मुराउनु काकतालीमात्र होला ? बिस्का जात्रा विगतमा झगडा गर्ने, प्रहरीसँग भिड्ने, ढुङ्गा हानाहान गर्ने, पसल लुट्न घुसेका जात्रुहरूको पनि प्रिय मानिन्थ्यो । यस पटक त ढलपल गरिरहेको सरकारलाई ‘एक अर्काे धक्का’ दिन सांस्कृतिक बिस्कालाई राजनीतिक बिस्का पो बनाउन लागेको हो कि ?
जे होस्, तपाईँको स्वास्थ्य सुरक्षा गर्ने पहिलो दायित्व तपाइँकै हो, यति कुरा म अबुझ पनि बुझ्छु । तपार्इँजस्ता सुझबुझ भएकाले त झनै बुझेको हुनुपर्छ, आगे जो मर्जी !
naya prajati hunu parne naya prajapati bhayo