भर्खरै :

कोभिड–१९ को खोपमा शक्ति राजनीति

छिमेकी देश चीनबाट सहायतामा प्राप्त कोभिड–१९ को खोपलाई नेपाल सरकारले बिहीबारबाट प्रयोगमा ल्याएको छ । चीन सरकारले नेपाल सरकारलाई आठ लाख कोभिड–१९ प्रतिरोधी खोप सहायतामा प्रदान गरेको हो । छिमेकी देश भारतको सिरोम कम्पनीले दिएको वचनअनुसार खोप दिन नसकेपछि रोकिएको खोप अभियान पुनः सुचारू गर्न चीनको खोपले मद्दत गरेको छ । कोभिड–१९ को दोस्रो लहरसँगै खोप अभियानलाई अझ गति दिनुपर्ने अवस्थामा समयमै खोप नआउँदा केही साताअघि स्वास्थ्य मन्त्रालयले अभियान स्थगनको घोषणा गर्नुपरेको थियो । तर, यसै साता काठमाडौँमा चीनको खोप आइपुगेपछि खोप अभियानलाई पुनः निरन्तरता दिइएको हो ।
चीनको राजधानी पेइचिङमा राखिएको खोप चीन सरकारकै खर्चमा काठमाडौँ पु¥याउने अथवा नेपाल सरकारले आफ्नो खर्चमा पेइचिङबाट उठाउने भन्ने विषयमा केही समय प्रस्टता नहुँदा खोप ल्याउन विलम्ब भएको थियो । अन्ततः चीन सरकारले आफ्नै खर्चमा काठमाडौँमा खोप ल्याएर नेपालप्रतिको आफ्नो सद्भाव प्रदर्शन गरेको छ ।

चीन र अर्को समाजवादी देश क्युवाले आफूले उत्पादन गरेका खोपलाई नाफा–नोक्सानको तुलोमा तौलेर कहिल्यै पनि हेरेनन् । बरू, संसारभर खोपलाई ‘सार्वजनिक वस्तु’ को रूपमा प्रयोग गर्ने प्रस्ताव गरे । संयुक्त राष्ट्र सङ्घ र विश्व स्वास्थ्य सङ्गठनजस्ता अन्तर्राष्ट्रिय संस्थामार्फत खोपको न्यायपूर्ण वितरणको प्रस्ताव ग¥यो । तर, सबै कुरालाई व्यापारको आँखाले हेर्ने पुँजीवादी देशहरूलाई यस्तो प्रस्ताव स्वीकार्य नहुनु स्वाभाविक हो । परिणामतः आम नरसंहारकारी हतियार दिन सक्ने देशहरूले आज संसारलाई खोप दिन अनकनाइरहेको छ ।
कोभिड–१९ प्रतिरोधी खोपलाई लिएर विश्व राजनीतिभित्रको आजको परिस्थितिलाई वास्तवमा पुँजीवाद र समाजवादबीचको सङ्घर्षको रूपमा हेरिनुपर्छ ।

‘चीनको खोपसँगै चीनको प्रभाव पनि फैलिने’ भनी संसारमै यतिबेला पश्चिमा देशहरूले चीनविरूद्ध ‘खोप कूटनीति’ गरेको भनी नकारात्मक चर्चा गर्दै छन् । कोभिड–१९ को महामारीबाट सबभन्दा सुरूमा प्रभावित बनेको देश चीनले आफ्नै बलबुत्तामा कोभिडको खोप बनाएर आफ्ना जनतालाई मात्र लगाएन, बरू संसारका गरिब र विकासशील देशहरूलाई खोप सहायता गरेर कोभिडको खोपलाई ‘सार्वजनिक वस्तु’ बनाउने प्रतिबद्धताको कार्यान्वयन ग¥यो । यसले नाफाको लागि खोप बनाएका पश्चिमा कम्पनीहरूलाई ठुलो मर्कामा पा¥यो । त्यसकारण चीनको खोपबारे अनेकन भ्रमबाजी गरिए । तर, ती सबै भ्रम र भत्र्सनाको सीमा पार गर्दै चीनले लगातार खाँचो परेका देशहरूलाई सहायताको हात बढाउँदै आएको छ । पश्चिमा विश्वले खेलेको यो झेली खेलको प्रभाव नेपालको विदेश नीतिमा पनि आंशिकरूपमा परेको देखिन्छ । सकेसम्म भारतकै खोपको प्रयोग गर्ने सोच नेपालकै उच्चपदस्थ अधिकारीहरूमा रहेको देखियो । भारतले प्रतिबद्धताअनुसार खोप दिन नसकेपछि मात्र सरकारले विकल्पको रूपमा अन्य देशको खोप स्वीकार्न तयार भएको देखियो ।
कोभिड–१९ को जोखिम आजको संसारको यथार्थ हो । कोभिडको महामारीबाट जोगिने एउटा बलियो र वैज्ञानिक माध्यम भनेको खोप नै हो । खोप अभियानको व्यापकताले मात्र मानिसलाई यो महामारीबाट जोगाउन सकिने आजको वास्तविकता हो । तर, खोपमा पनि संसारका प्रभुत्ववादी शक्तिहरूको झेली खेलको कारण खोप अभियान अझै तीव्र बन्न सकेको छैन । मानिसको जीवन–मरणसँग जोडिएको खोपलाई आफ्नो पुरानो प्रभुत्व गुम्ने वक्र आँखाले हेर्ने पश्चिमा र भारतीय शासक वर्गको सङ्कीर्णताले संसारलाई कोभिडजस्ता महामारीबाट कहिल्यै पनि मुक्त बनाउन सक्दैन ।
चीन र अर्को समाजवादी देश क्युवाले आफूले उत्पादन गरेका खोपलाई नाफा–नोक्सानको तुलोमा तौलेर कहिल्यै पनि हेरेनन् । बरू, संसारभर खोपलाई ‘सार्वजनिक वस्तु’ को रूपमा प्रयोग गर्ने प्रस्ताव गरे । संयुक्त राष्ट्र सङ्घ र विश्व स्वास्थ्य सङ्गठनजस्ता अन्तर्राष्ट्रिय संस्थामार्फत खोपको न्यायपूर्ण वितरणको प्रस्ताव ग¥यो । तर, सबै कुरालाई व्यापारको आँखाले हेर्ने पुँजीवादी देशहरूलाई यस्तो प्रस्ताव स्वीकार्य नहुनु स्वाभाविक हो । परिणामतः आम नरसंहारकारी हतियार दिन सक्ने देशहरूले आज संसारलाई खोप दिन अनकनाइरहेको छ ।
कोभिड–१९ प्रतिरोधी खोपलाई लिएर विश्व राजनीतिभित्रको आजको परिस्थितिलाई वास्तवमा पुँजीवाद र समाजवादबीचको सङ्घर्षको रूपमा हेरिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *