सहरमा हराउँदै छिमेकीपन
- आश्विन २०, २०८३
भक्तपुर, ११ असार । विश्व सम्पदामा पाँचतले मन्दिरको ३१५ औं वर्षबन्धम (बुसादाँ) विविध पूजाआजाका साथ आइतबार सम्पन्न भएको छ । हरेक वर्षझैं यस वर्ष पनि असार महिनाको शुक्ल प्रतिपदाको दिनमा पाँचतले मन्दिरको गजुरमा झण्डोतोलन गरी वर्षबन्धन गरिएको हो । झण्डोतोलन तुछिमलास्थित अवाल समुदायकाले गर्ने गर्दछन् भने पूजा तलेजूका नाइकेहरूले गर्दछन् ।
यस वर्षको पूजा पुजारी यज्ञमान कर्माचार्यद्वारा गरिएको थियो । पूजामा गंगामाया माक, पुण्यराम सुवाल, कृष्णभक्त राजभण्डारी, कृष्णहरि ताल्चाभडेल, शिवशंकर तल्चाभडेल, डा. सिद्धिवीर कर्माचार्य, महेश कर्माचार्य, पद्मलोचन कर्माचार्य, केदारप्रसाद जोशी, अशोक जोशी, उत्तमाङ्ग राज राजोपाध्याय पनि सम्मिलित हुनुहुन्थ्यो ।
तलेजूका मूल नाइके नरेन्द्रप्रसाद जोशीले झण्डोतोलन गर्न १६ जना अवाल थरका शिल्पीहरू मन्दिरको माथि चढ्ने गरेको बताउनुभयो । अवालहरूलाई गुठी संस्थानबाट सहयोगको रुपमा रु.४ हजार प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । झण्डोतोलअघि मन्दिर सफा गर्ने गर्छन् ।
“आफ्नो ज्यान जोखिममा राखी पाँचतले मन्दिरको गजुरसम्म गई हाम्रो संस्कृति र परम्परालाई जोगाउने साहसी व्यक्तिहरूलाई त्यति रकम अपुग नै हुन्छ ।” तलेजूका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताउनुभयो । त्यसै अवाल समुदायले गुठी संस्थानबाट रकम बढाएर नदिए सो काम नै नगर्ने चेतावनी दिएको उहाँले जानकारी दिनुभयो ।
संस्कृतविद् ओमप्रसाद धौभडेलका अनुसार पाँचतले मन्दिर नेपालकै एउटैमात्र नक्शा बनाइएको मन्दिर हो । पाँचतले मन्दिर नेपाल संवत् ८२२ मा राजा भूपतिन्द्र मल्लको पालामा बनाइएको थियो ।
नेपालकै गौरव मानिने यो मन्दिर १९९० र ०७२ सालको भूकम्पले पनि भत्काएको थिएन ।
फोटो साभारः शिवकृष्ण याकामी
Leave a Reply