भर्खरै :

संरा अमेरिकी उपनिवेशवादको खास पाप कर्म

वाशिङ्टन, १४ अप्रिल । आफुलाई ‘अब्बल’ दाबी गर्दै संरा अमेरिकाले सधैँ कथित पश्चिमा शैलीको स्वतन्त्रता र प्रजातन्त्रका गुरुको भूमिकामा उभ्याउँदै आएको छ ।
तर, संरा अमेरिकाको त्यो चमक पछाडि इतिहासका तथ्यहरूले त्यो देश उपनिवेशवाद, हिंसा, झूट र धोखा सुरु गरेको पापकर्मबाट उठेको उजागर भएको छ ।
आदिवासी जनताको आम नरसंहारदेखि अफ्रिकी जनतालाई दास बनाएकोसम्म, मानिसलाई ‘श्वास फेर्न नसक्ने’ गरी जातीय विभेददेखि ‘अरू देशमा सैनिक हस्तक्षेपसम्म संरा अमेरिका नाम गरेको देशले आफ्नो उपनिवेशवादी मूल चरित्रमा खासै परिवर्तन गरेन ।
सबभन्दा पहिलो चोट व्यहोर्ने त आदिवासी अमेरिकी जनता नै हुन् । “आदिवासी समुदायहरू क्रमशः लोप हुँदै गए…आदिवासीहरूको जबरजस्ती बसाईसराईसँगै दुःखहरूको लाम लाग्यो”, फ्रान्सेली चिन्तक र इतिहासकार एलेक्सिस डे टोकक्युइभेल्लाले आफ्नो पुस्तक ‘अमेरिकामा प्रजातन्त्र’मा लेखेका छन् ।
उन्नाइसौँ शताब्दीमा फ्रान्सका लेखकले लेखेको वर्णनअनुसार त्यत्तिबेलाको कलिलो संरा अमेरिकी राज्यले आदिबासीहरूलाई व्यवस्थितरूपमा उनीहरू बस्दै आएको ठाउँबाट निकाला गर्नुका साथै आमनरसंहार गरेका थिए ।
विभिन्न अमेरिकी सरकारहरूले आदिवासी जनताको संहार र दमनको लागि उत्साहित गरे । सन् १८१४ मा तत्कालीन संरा अमेरिकी राष्ट्रपति जेम्स म्याडिसनले हरेक आदिवासी अमेरिकीको खप्पर ल्याउन सके ५० देखि १ सय अमेरिकी डलर दिने घोषणा गरेका थिए । सन् १८६० देखि १८९० दसकसम्म तत्कालीन राष्ट्रपति अब्राहम लिङ्ककनले ‘द होमस्टिड एक्ट’ जारी ग¥यो । त्यो कानुनले २१ वर्षभन्दा माथिका हरेक अमेरिकी नागरिक संरा अमेरिकाको पश्चिममा जमिन पाउन सक्ने अधिकार दिएको थियो । संरा अमेरिकाको पश्चिममा पुस्तौँ पुस्तादेखि आदिवासी अमेरिकी जनता बसोबास गर्दै आएका थिए ।
“अमेरिकी सरकारले वास्तवमा उनीहरू (आदिवासी अमेरिकी) को भूमिमाथि लुटपाटमात्र गरेन, बरु सरकारले उनीहरूमाथि लगातार हमलाको पनि छुट दियोे । …उनीहरूमाथि उही सजाय नभएको उही अपराधको लागि दोषारोपण गरिन्थ्यो । जब आखिरमा भूमिको सीमितता सकिन्छ, आदिवासीहरूको बास चिहानमा हुने गथ्र्यो”, टोकक्युइभेल्लाले आदिवासीहरूको दुःखको विषयमा लेखेका छन् ।
रक्तपातपूर्ण हत्या र लुटपाट, झूट र दमन संरा अमेरिकाका संस्थापक र उनीहरूका उत्तराधिकारीहरूले प्रयोग गर्न उपयुक्त ठानेको पुरानो तरिका पनि थिए ।
सन् १८६० को दसकमा संरा अमेरिकाले पश्चिमतिर फैलिने निर्णय गर्दा राङ्गा र भैसीमाथि जथाभावी हमला गरियो । आदिवासी जनता राङ्गा र भैसीलाई पवित्र पशु मान्थे । उनीहरूको खाद्यमा राङ्गाको मासुको प्रयोग हुन्थ्यो । भैंसी मार्नु र शिकार गर्नुको अर्थ आदिवासी जनतालाई सिध्याउनु थियो । सर्वसाधारण शिकारीका साथै संरा अमेरिकी सेनाले शिकार गरेको दशकौँपछि सन् १८७३ सम्ममा जङ्गली भैंसी झण्डै लोप भएको थियो ।
उत्तर अमेरिकी सिओक्स आदिवासी नेता सिटिङ बुलले भनेका थिए, ‘अन्तिम भैंसी ढल्दा घाँसेमैदानभरि चिसो हावा बहेको थियो…मेरा मानिसहरूको लागि मृत्युको आँधी थियो त्यो ।’ त्यो चालबाजीले आदिवासी जनताविरुद्ध त्यसरी नै काम गरेको थियो ।
सन् १८८७ देखि १९३३ को बीचको अवधिमा आदिबासी जनताले झण्डै ९ करोड एकड जमिन गुमाए । पन्ध्रौं शताब्दीको अन्त्यदेखि बीसौँ शताब्दीको सुरुमा आदिबासी जनताको जनसङ्ख्या ५० लाखबाट झरेर २ लाख ५० हजार पुगेको थियो । मानिस इतिहासमा त्यो एउटा खास आम नरसंहार थियो ।
संरा अमेरिकी उपनिवेशवादी अपराध देशबाहिर भएको थिएन ।
आधुनिक इतिहासमा संरा अमेरिकाले सन् १८९८ मा फिलिपिन्समाथि कब्जा जमायो । सन् १८९९ मा क्युवामाथि सैनिक कब्जा जमायो । चीनको अर्ध उपनिवेशवादी र अर्ध सामन्ती समाजतिर युरोपका उपनिवेशवादी शक्तिहरूसँगै संरा अमेरिकाले सन् १८९९ मा ढोका खोल नीति अङ्गीकार गरेका थिए । त्यो नीतिले पश्चिमा शक्तिको स्वार्थअनुसार चीनमा विभाजनको लहर उठ्यो ।
आजको विश्वमा संरा अमेरिका अरू देशका आन्तरिक मामिलामा जथाभावी हस्तक्षेप गर्ने हस्तक्षेपकारी शक्ति बनेको छ ।
आफै खराब विगतको कारण बद्नाम बनेको एउटा देशले अरू देशलाई आज कसरी व्यवहार गर्नुपर्छ भनी मानवअधिकारको प्रशिक्षण दिइरहेको छ !
उपनिवेशवादी युग त बित्यो । तर, जातिवाद, प्रभुत्ववाद र हस्तक्षेपकारी व्यवहारजस्ता उपनिवेशकालीन अपराध अझै पनि हावी भएको कुरा जनताले भुल्न हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *