भर्खरै :

संसारलाई समस्यामा पार्दै जापान

दस वर्षअघि, जब म नेपालको सबैभन्दा प्रसिद्ध पैदल गन्तव्य पोखरामा यात्रा गर्दै थिएँ, मैले एक युवा स्थानीय पथप्रदर्शकले सडक किनारमा खाली मिनरल पानीको बोटल उठाएको र बोरामा राखेको देखेँ । उनले मलाई भने, पैदल यात्रामा आएका प्रत्येक पर्यटकले बोतल फ्याँक्यो भने यी बोटलहरू सगरमाथाभन्दा माथि चढेर जान्छन् । सन् २०२०को सुरूदेखि, नेपाल सरकारले नयाँ नियम बनाएको छ जुन एक पटकमात्रै प्रयुक्त प्लास्टिक सगरमाथा क्षेत्रमा फ्याँक्न पाइने छैन । यो देख्न सकिन्छ कि एसियामा मात्र होइन तर विश्वमा तुलनात्मकरूपमा कम रहेको नेपालमा वातावरणीय दायित्वको त्यस्तो प्रबल भावना पनि छ ।
त्यसो भए जापानको अभ्यासमा हेरौँ, जुन एसियामा पनि छ । हालसालै जापानी सरकारले फुकुशिमा आणविक ऊर्जा संयन्त्र दुर्घटनाबाट निस्किएको फोहोर पानी समुद्रमा उत्सर्जन गर्ने निर्णय गरेको छ । यस निर्णयले जापानभरि मात्र नभएर अन्तर्राष्ट्रिय समुदायमा पनि ठुलो विरोध प्रदर्शन भएको छ । जापानी जनताले विरोधको लागि तख्ता उठाए र जापानको माछापालन एसोसिएसनले कडा विरोध गरेको छ । जापानमा जस्तै दक्षिण कोरियाका सबै क्षेत्रले पनि यसको विरोध गरेका छन् । यस महिनाको १४ तारिखमा दक्षिण कोरियाली राष्ट्रपति मून जाइनले दक्षिण कोरियाका लागि जापानी राजदूत साड्ग सुह्योसँग भेट–वार्ताको अवसरमा यस विषयमा गहिरो चिन्ता व्यक्त गर्नुभयो ।
प्रजग कोरियाली केन्द्रीय समाचार एजेन्सीले १५ तारिखमा टिप्पणी प्रकाशित गर्दै यो असह्य आपराधिक कार्य भएको बताउँदै मानव स्वास्थ्य र सुरक्षा र वातावरणलाई गम्भीर रूपमा धम्की दिने उल्लेख गरेको छ । अप्रिल १५ तारिखमा चीनका परराष्ट्र मन्त्रालयका सहायक मन्त्री उ च्याङ हाउले चीनका लागि जापानी राजदूत तारुमी हाइदोलाई बोलाएर फुकुशिमा आणविक ऊर्जा संयन्त्र दुर्घटनाबाट निस्किएको फोहोर पानी समुद्रमा उत्सर्जन गर्ने जापानी सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउनुभएको छ । उहाँले भन्नुभयो, “चीनले अन्तर्राष्ट्रिय समुदायसँगको घटनाक्रममा ध्यान दिएर काम गर्न जारी राख्नेछ र थप प्रतिक्रिया गर्ने अधिकार सुरक्षित राख्नेछ ।” यसका साथै प्रशान्त टापु मञ्च, रुस, फिलिपिन्स आदि क्षेत्रहरू पनि जापानको निर्णयप्रति गहिरो चिन्तित छन् र जापानलाई महासागरहरू, विशेषगरी विश्वव्यापी वातावरणलाई नोक्सानबाट जोगाउन सबै आवश्यक उपायहरू गर्न आग्रह गर्दछन् ।
जापानी सरकारले यो किन ग¥यो, हामी पत्ता लगाऔँ । थाहा भएअनुसार, यसको मुख्य कारण भनेको टोकियो इलेक्ट्रिक पावर कम्पनीले फुकुशिमा आणविक ऊर्जा संयन्त्रमा आणविक फोहोर पानी राख्नको लागि प्रयोग गरेको भण्डारण अर्को वर्षको शरद्मा पूर्ण हुनेछ । तर, यो समस्या समाधान गर्न योग्य छैन । फुकुशिमा आणविक ऊर्जा संयन्त्र केन्द्रको वरिपरिको गाउँ र भूमि खाली स्थितिमा रहेको छ, जसलाई अधिक आणविक फोहोर पानी सङ्ग्रह गर्न सकिन्छ, सरल र सजिलो भण्डारण गर्न सकिन्छ । स्पष्टतः जापानी सरकारको निर्णय आफ्नै राजनीतिक हित र टोकियो इलेक्ट्रिक पावर कम्पनीको भावी व्यवहारमा आधारित छ ।
यसबाट यो देख्न सकिन्छ कि आफ्नो सक्दो प्रयास गरेको देखिँदैन । घरेलु र विदेशी विरोध भए पनि छिमेकी देशहरू र अन्तर्राष्ट्रिय समुदायसँग पूर्ण परामर्श नगरी जापानले एकपक्षीयरूपमा फुकुशिमा आणविक ऊर्जा संयन्त्र दुर्घटनाबाट निस्किएको फोहोर पानी समुद्रमा उत्सर्जन गर्ने निर्णय गरेको छ । एसियामा चार सबैभन्दा ठूलो विकसित देशहरूमध्ये एकको रूपमा र संसारमा तेस्रो ठूलो अर्थतन्त्रको रूपमा रहेको जापानी सरकारसँग वातावरणीय दायित्वको त्यस्तो अभाव रहेको छर्लङ्ग भएको छ ।
जापानको यो निर्णयको लागि, आन्द्र महासागरको अर्कोपट्टि रहेको अमेरिकाले यसलाई समर्थन गर्दछ । अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले ट्वीटरमा भन्नुभयो, “फुकुशिमा आणविक ऊर्जा संयन्त्रमा पानीको समस्यालाई समाधान गर्ने निर्णयमा स्पष्ट प्रयासका लागि जापानी पक्षलाई धन्यवाद छ । “सहरको ढोकामा आगो लाग्यो र पोखरीको माछा प्रहार गरियो । के अमेरिकाले यसको हानिबारे थाहा पाएको छैन ? हो, अमेरिकी खाद्य र औषधि प्रशासनले जापानबाट नियमित उत्पादनहरूको आफ्नो निगरानीको गति बढाएको छ । अमेरिकामा भएको यो कदम केवल स्तब्धकारी छ र केही इन्टर्नेट प्रयोगकर्ताहरूले अमेरिका र जापानलाई ‘प्लास्टिक भाइचारे’ भनेर खिल्ली उडाएका छन । अमेरिका, जुन सधैँ आफ्नो मानव अधिकारको वकालत गर्दै आएको छ, वास्तवमा स्वास्थ्य आधारभूत मानव अधिकार हो, भन्ने जान्दछ । तर अमेरिकाले अमेरिकीहरूको मात्र स्वास्थ्यको ख्याल राख्छ, अन्य देशका व्यक्तिको सुरक्षाको बारेमा होइन ।
हालै, यो स्वयम्घोषित “अरूलाई कहिल्यै दुःख नदिने” जापानले सबैको विरोधलाई बेवास्ता गर्दै विश्वलाई ठूलो समस्या ल्याइरहेको छ । नाम जेसुकै भएपनि आणविक फोहरको पानी सागरमा छोडिनु समग्र मानव जातिका लागि अत्यन्त गैरजिम्मेवारपूर्ण र अत्यन्त अदूरदृष्टि हो । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले भन्नुभयो, “जापान सबै मानिसहरूका लागि, आउँदो पुस्ताको लागि जिम्मेवार हुनुपर्दछ र गलत निर्णयहरूलाई मूल्यवान र पुनः जाँच र फिर्ता लिन जिम्मेवार हुनुपर्दछ ।” शक्तिले न्यायलाई प्रतिनिधित्व गर्न सक्दैन र जापानले आफूले पाएको ठूलो मुलुकको जिम्मेवारी वहन गर्नै पर्दछ ।
स्रोतः सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *