सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, ७ वैशाख । नेपाल स्काउट, भक्तपुरबाट आयोजना भएको बधाई एवम् शुभकामना र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्काउट लिडर रोभर स्काउट र रेञ्जर स्काउटरहरूलाई सम्मान गरिएको थियो । कोरोनाको समयमा प्रचारप्रसार, जनचेतनात्मक कार्यक्रम तथा राहत वितरण कार्यक्रममा सक्रियरूपमा सहभागी हुने १५७ जना स्काउटरहरूलाई सहभागिताको आधारमा स्वर्ण, रजत र कास्य पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय प्रधान कार्यालयले आयोजना गरिएको रोभर लिडर र रेञ्जर लिडरमा सहभागी हुने स्काउट शिक्षक शिक्षिकालाई बधाई ज्ञापन पनि गएको थियो । यसै क्रममा युवा तथा खेलकुद मन्त्री दावा तामाङले भक्तपुरलाई स्काउटको माध्यमले चिनाएकोमा सम्पूर्णमा बधाई दिँदै साथै कला, साहित्य र शिक्षामा मात्र होइन स्काउटिङ्ग क्षेत्रमा पनि अघि रहेको बताउनुभयो ।
राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटिङ शिक्षाले देशका युवाहरूलाई कुलतमा फस्नबाट जोगाएको भन्दै स्काउटिङको सकारात्मक पक्षबारे चर्चा गर्नुभयो । कार्यक्रममा केशरत्न बज्राचार्य, रामगोपाल कर्माचार्य, अच्युत प्रजापति, कृष्णसुन्दर प्रजापति र शिवकुमार त्वायनालगायतले बोल्नुभएको थियो ।
Leave a Reply