सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
मिनियापोलिस, २१ अप्रिल (एएफपी) । संयुक्त राज्य अमेरिकाको मिनियापोलिसका पूर्वप्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गरेको छ ।
झन्डै तीन सातादेखि अदालतमा चलिरहेको बहसलाई विश्वका सबैजसो प्रमुख समाचारमाध्यमले प्रमुखताका साथ प्रकाशन प्रसारण गरेका थिए । डेरेकले अश्वेत नागरिक फ्लोएडलाई पक्राउ गरेपछि भुइँमा लडाएर घुँडाले घाँटी थिचेपछि फ्लोएडको मृत्यु भएको थियो ।
मिनियापोलिसको अदालतले उक्त फैसला सुनाएलगत्तै अदालत बाहिर भेला भएका फ्लोएडका असङ्ख्य समर्थकले खुसी साटासाट गरेका थिए ।
जमानतमा रिहा भएका चौभिनलाई फैसला सुनाउनुअघि हत्कडी लगाएर अदालतमा उपस्थित गराइएको थियो । हेन्नेपिन काउन्टीका न्यायाधीश पिटर केहिलले फैसलाको पाठ सुनाउँदै उक्त फैसला सर्वसम्मत रहेको बताउनुभएको थियो । अदालतको जुरीमा सात जना महिला र पाँच जना पुरुष रहेका थिए ।
अदालतको आदेशमा गम्भीर अपराध गरेको भन्दै चौभिनलाई ४० वर्ष जेल सजाय हुने उल्लेख छ । मिनियापोलिस प्रहरीमा १९ वर्ष बिताएका चौभिनले फ्लोएडलाई नौ मिनेटभन्दा बढी घाँटीमा घुँडाले थिचेको भिडियो सार्वजनिक भएको थियो जसमा फ्लोएडले पटकपटक ‘म सास फेर्न सकिरहेको छैन’ भन्ने सुनिएको थियो ।
४२ वर्षीय फ्लोएडको मे २५, २०२० का दिन मृत्यु भएको थियो । फ्लोएडमाथि एउटा पसलमा २० डलरको नक्कली नोट दिएको आरोप छ । तर, उक्त घटनालाई जातीय अन्याय र प्रहरीको क्रुरताको रूपमा व्याख्या गर्दै अमेरिका र विश्वका अन्य कतिपय मुलुकमा विरोध प्रदर्शन भएका थिए ।
फैसला आउनुअघि अमेरिकी सहरहरूमा हिंसा भड्किने खतरा भन्दै सुरक्षा सतर्कता व्यापक बनाइएको थियो ।
Leave a Reply