कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
कोरोनाको सङ्क्रमणको दोस्रो लहरसँगै भारतमा सङ्क्रमितहरूको सङ्ख्या बढेपछि नेपालमा पनि त्यो सङ्ख्या बढेको छ । सङ्क्रमितको सङ्ख्या बढेपछि विशेषगरी भारतको सीमावर्ती गाउँ र ठाउँमा स्वास्थ्य समस्या देखिएको छ । भारतबाट नेपाल छिर्ने क्रममा स्वास्थ्य समस्या देखिएको हो । कति सङ्क्रमितहरू भारतबाट स्वदेश फर्कन नपाउँदै बिते, कति घर फर्कने क्रममा बिते । कहीँ अस्पतालमा बिरामीको चाप बढेर सङ्क्रमित चित्तबुझ्दो स्वास्थ्य उपचार या हेरविचार भएन । अरूलाई पनि सर्ने सम्भावना देखेर उनीहरूको खासै सेवा नपुगेको देखिन्छ ।
कोरोना फैलिँदै गएको हुँदा जनता चिन्तित छन् । रोगीको उपचारमा ध्यान नपुग्दा पीडितमात्र होइन जनता आक्रोशित छन् । मृतकहरूको शव समयमै व्यवस्थापन गर्न नसक्दा पीडित छरछिमेक, परिवारका सदस्यमात्र होइनन् इष्टमित्रहरू पनि चिढिएका छन । अरू देशमा झैँ नेपालमा कोरोना सङ्क्रमित त्यति बढेको छैन । तर, सीमित रोगीहरूको पनि स्वास्थ्योपचार गर्न सकिरहेको छैन, औषधि उपचार गर्न सकिरहेको छैन । रोगीको ज्यान गए पनि नगए पनि सरकारलाई कुनै मतलब छैन । अस्पतालमा भर्ना भएका कोरोना पीडितलाई अस्पतालमा राम्रो हेरविचार गरिँदैन । साथीभाइ या छरछिमेक र इष्टमित्रलाई भेट्न दिइँदैन । खर्च सबै पीडितले व्यहोर्नुपर्छ । सर्वसाधारण जनताले राम्रो उपचार गर्न सक्दैनन् । अनि उनीहरूमा पीडामाथि पीडा थप्छ । कतिलाई मानसिक रोग लाग्छ । कति शोक, पीडा, भोक र आर्थिक समस्याको कारण बितेका हुन्छन् ।
प्रम केपी ओलीले कुनै नेपाली रोग, भोक र शोकले मर्नुपर्दैन त भने । तर रोग, भोक र शोककै कारण नेपालीहरूको मृत्यु भइरहेको देखिन्छ । सत्तारूढ दलका नेता र मन्त्रीहरूले भनेका या वाचा गरेका प्रतिबद्धता पूरा भइरहेको छैन । स्वास्थ्यकर्मीहरू सङ्क्रमित भए भनेर अस्पताल नै बन्द गरिएको घटना हाम्रोसामु छ । निजी अस्पतालले त कोरोना सङ्क्रमितहरू भर्ना नै गरेन । पहिलेझैँ निजी अस्पतालले कोरोना सङ्क्रमितहरूको वास्ता गरेन, सार्वजनिक अस्पतालहरू बन्द भए कोरोना पीडितहरूको सहयोग या स्वास्थ्योपचार कसले गर्ला ? अनि के सङ्क्रमितहरूले रोग पालेर, रोग हेरेर आफ्नो ज्यान फाल्ने ?
के स्वास्थ्य सेवा निःशुल्क संविधानमा मात्र सीमित राख्ने ? यसबारे वर्तमान सरकारले छिटो पाइला चाल्नुपर्छ र स्वास्थ्य सेवाका सबै उपायहरू कार्यान्वयन गर्नुपर्छ । कोरोनाविरूद्धको सुइ लिन सबै नेपालीहरूलाई सहज बनाइनुपर्छ । सबैलाई सुइ लिने व्यवस्था सरकारले गरेको भए त्यसले पनि कोरोनाबाट बच्न सकिन्छ ।
Leave a Reply