भर्खरै :

फ्रान्सेली पुँजीवादी क्रान्ति – ११

सन् १८१२ को रुसी अभियान
फ्रान्सले आफ्नो प्रभुत्वमा रहेका र मित्र देशहरूलाई बेलायतसँग व्यापार नगर्न भनेको थियो । तर, त्यसले त्यस कुरालाई मानेको थिएन । यसकारण, नेपोलियनले रुसलाई सजाय गर्ने कुरा मनमा लिए । नेपोलियनले रुसमाथि अर्को हमला गरे । फ्रान्सेली पुँजीपति वर्ग संसारमा प्रभुत्व फैलाउन चाहन्थ्यो । फ्रान्स रुसको शक्तिसँग डराउँथ्यो र रुसलाई हराएर त्यसको शक्ति बेलायतलाई हराउने काममा लगाउन चाहन्थ्यो । ६ लाख सशस्त्र सुसज्जित सेना लिएर नेपोलियन रुसमाथि हमला गर्न पुगे । उनको सेनामा जर्मन, इटालियाली, पोल्यान्डियाली आदि विभिन्न १२ भाषा बोल्ने जाति र देशका सिपाहीहरू थिए ।
रुसी सेना नेपोलियनसँग सीधा लड्न सक्दैनथ्यो । यसकारण, रुसी सेनाले पछि हट्ने नीति लियो । पछि हट्दा सबै खेती, गाउँ र सहर आदि सबैमा आगो लगाइदिने गर्दथ्यो । रुसीहरू फ्रान्सेली सेनालाई केही पनि हात लगाउन दिन चाहँदैनथे ।
लडाइँ सुरु हुँदा रुसको पश्चिम मोर्चामा कम सेना थियो र तितरबितर भई पछि हट्यो । मोजाइकको नजिकै बोेरोडिनो गाउँमा रुसी सेना रोक्यो र नेपोलियनको मुख्य सेनासँग भिड्यो । बोरोडिनाको लडाइँ ७ सेप्टेम्बर १८१२ मा भएको थियो । त्यो लडाइँ सबभन्दा ठुलो र रगताम्य लडाइँमध्ये एक थियो । नेपोलियन पहिलोचोटि यही हारे र रुसी पक्ष विजयी भयो । यसले फ्रान्सेली सेनालाई ठुलो धक्का लाग्यो ।
लडाइँपछि रुसी जर्नल कुटुजोभले बोरोडिनोबाट आफ्नो सेना मस्को लगे । ¥याजानको बाटो भएर पछि हटेको जस्तो गरी छल ग¥यो । अनि पश्चिमबाट फक्र्यो र गाउँको बाटोबाट कालुङ्गाको बाटोमा पुग्यो । मस्कोमा ३ लाख जनता थिए । ३०,००० मात्र बाँकी गरेर मस्को खाली गरियो । तर, फ्रान्सेलीहरूले मस्को कब्जा गरे । रुसीहरू मस्कोमा आगो लगाएर पछि हटे । खाना खोज्न जाने फ्रान्सेलीहरू आफै लगातारको लडाइँबाट जोगिनुपर्ने स्थितिमा पुगे । अक्टोबर महिनासम्म नेपोलियन मस्को बसिरहे । तर, सम्झौताको निमित्त रुसले कुनै दूत पठाएन । रुसको हिउँको मैदानमा आवश्यक लुगाको कमी र भोकले गर्दा फ्रान्सेली सेना भकाभक मर्न थाल्यो । अन्तमा फ्रान्सेलीहरूले छोड्न करै लाग्यो । भनिन्छ, खाना र लुगाको कमीले लाखौँ फ्रान्सेली सेना मरे ।
खानाको निमित्त नेपोलियनले आफ्नो सेनालाई कालुङ्गाको बाटोभरि लुटपाट गर्दै अगाडि बढाए । उनी मलोयारोस्लाभेटी भन्ने ठाउँमा रोके । मलोयारोस्लाभेटीको सहरमा आठ पल्ट लडाइँ भयो । कहिले त्यो ठाउँ रुसको हातमा पथ्र्यो त कहिले फ्रान्सको हातमा । तर, नेपोलियन हारे र कालुङ्गा जाने बाटो जर्नेल कुटुजोभले ८० हजार सेना लिएर बन्द गरेको समाचार सुनेर उनी स्यालेन्सको बाटोबाट पछि हटे । उनी मस्कोतिरै लागे । तर, बीचबीचमा भइरहने गुरिल्लाहरूको आक्रमणले उनको सेना थाकिसकेको थियो । चर्को ठण्डीले धेरै सिपाहीहरू कालको मुखमा परे ।
लडाइँमा हारेको थाहा पाएर नेपोलियन आफ्नो बाँकी सेना लिएर आफ्ना सहयोगी र आठ पहरियाहरूसँग एक बग्गीमा बसी जर्मनीबाट फ्रान्समा हिँडे । १२ दिनपछि पेरिस पुगे । उनलाई सोधियो, “सेना कहाँ छ ?” नेपोलियनले जवाफ दिए, “सेना छैन ।” रुसी सेना र जनताले नेपोलियनको ३ लाख सेनालाई यमपुरी पु¥याइदिए । कुुटुजोभ रुसको एक ठुलो सैनिक नेता मानिन्छन् जसले नेपोलियनलाई हराए ।
त्यस हारले फ्रान्सेली साम्राज्य टुक्रा भयो र रुसको महत्व बढ्यो । सन् १८१२ को विदेशीहरूसँग लडाइँमा रुसी किसानहरूले पनि भाग लिएका थिए र त्यसलाई न्यायोचित लडाइँ भन्थे । किसानहरूले आफ्नो मातृभूमिको निम्ति सिपाहीहरूसँग मिलेर बहादुरीसाथ लडेका थिए । कुटुजोभ किसान आन्दोलनलाई समर्थन गर्दथ्यो । जार र सामन्ती खान्दानीहरूले आफ्नो शक्तिलाई कायम गर्न लडाइँ गर्न थाले ।
विदेशमा रुसी पल्टन
रुसको लडाइँमा नेपोलियन हारेको सुनेर उसका शत्रुहरू फेरि उठ्न थाले । बेलायत र स्पेन मिलेर फ्रान्सको पश्चिमतिर हान्न थाले । त्यसको नेतृत्व बेलिगनले गरेको थियो । फ्रान्सेली सेना पछि हट्यो । मध्य युरोपमा पनि फेरि नयाँ संयुक्त मोर्चा बनाएर फ्रान्सको विरोधमा उठ्न थाल्यो । तर, पनि नेपोलियनले छिट्टै ४ लाख सेना जम्मा पारेर शत्रुसँग लड्न सुरु गरे । सन् १८१३ को अक्टोबर महिनामा फ्रान्स आफ्नो सेना लिएर लिइपजिग पुग्यो । लडाइँ भयो । आखिर फ्रान्सेली सेना पछि हट्न बाध्य भयो । बडो योजनाबद्ध ढङ्गले पछि हटेको थियो । तर, मित्रशक्तिले ठाउँ ठाउँमा हान्दै पनि जान्थ्यो । आफ्नो शक्तिलाई कायमै गर्न नेपोलियन मुस्किलले केही नयाँ सेना बढाउँदै थिए । रुसी सेना फ्रान्सलाई हराएर बर्लिन पुग्यो । जर्मनीका जनताले रुसी सेनालाई स्वागत गरे । जर्मनी स्वतन्त्र भयो । नेपोलियनको हार र रुसी सेनाको आमगनले जर्मनीका जनतामा फ्रान्सविरोधी राष्ट्रिय आन्दोलन चर्कियो । लिइपजिगमा सन् १८१३ को १६ देखि १९ अक्टोबर गरी ४ दिनम्म लडाइँ भयो । छैटौँ बार रुस, पर्सिया, स्वीडेन, बेलायत र अष्ट्रिया मिलेर फ्रान्सलाई हराए । यसलाई ‘राष्ट्रको लडाइँ’ वा ‘स्वतन्त्रताको लडाइँ’ पनि भनिन्छ । फ्रान्सेलीहरू पछि हट्नु त भाग्नु जत्तिकै थियो । फ्रान्सको विदेशी सैनिकहरू इच्छाले लड्दैनथे । रुसो बासिर र अरू घोडचढी सेनाले फ्रान्सेली सेनाहरूलाई ध्वस्त पारे । लिइपजिगको त्यस लडाइँमा १ लाख २५ हजार सेना मारिए जसमध्ये ६५ हजार फ्रान्सेली थिए ।
१३ डिसेम्बर १८१३ को रातमा मित्र सेनाले फ्रान्सेली सीमा नाघ्यो र रुसी सेना पेरिसमा पुग्यो । नेपोलियनलाई गद्दी छोड्न बाध्य गराइयो । उनलाई २२३ स्क्वायर मिटर जग्गा भएको भूमध्यसागरको एल्बा टापुमा निर्वासित गरियो । त्यो टापु कोर्सिका र एपेनाइप प्रायद्वीप बीचमा छ । नेपोलियनलाई एक हजार सिपाही दिएर एल्बाको शासक घोषणा गरियो ।
पूवों वंशको पुनःस्थापना (१८१४–१८३०)
३१ मार्च १८१४ मा नेपोलियनलाई एल्बा टापुमा बन्दी बनाइएपछि १८१४ अप्रिल महिनासम्म रुस, पर्सिया, अस्ट्रिया, स्वीडेन, उत्तरी मित्र सेनाको कब्जामा फ्रान्स रह्यो । मित्र शक्तिको बन्दुकको नालले पूवों वंशलाई फेरि फ्रान्सेली गद्दीमा बसाल्यो । फ्रान्सेली क्रान्तिले ज्यान सजाय भएको राजा लुई सोहाँैका भाइ लुई १८ औँलाई गद्दीमा राख्यो । फ्रान्सको सीमा झन्डै क्रान्तिभन्दा पहिलेकै अवस्थामा मित्र राष्ट्रहरूले पु¥याए । जमिनदार र पादरीहरूले अन्याय, अत्याचार गरेर आतङ्कको राज सुरु गरे । पूवों वंश आउनासाथै खान्दानी जमिनदार र पुरोहितहरूले क्रान्तिमा जफत भएको जग्गा फिर्ता लिने कुरा उठाए । जून १८१४ मा अठारौँ लुइले एक घोषणामार्फत दुई सदनको एक संसद् बनायो । राजाद्वारा मनोनीत एक सरदारहरू वा राजा– रजौटाहरूको सभा र अर्काे जनताबाट निर्वाचित हुने राष्ट्रिय प्रतिनिधिसभा बन्यो । ३० वर्ष नाघेको र वर्षको १८० फ्रान्सेली रूपैयाँ कर तिर्नेमात्र मतदान गर्न पाउँथे । यसको अर्थ प्रतिनिधिसभा पनि धनीहरूकै सभा थियो । तर, त्यो पनि बेलायतको भन्दा प्रजातान्त्रिक मानिन्थ्यो । किसान र पुँजीपति वर्ग रिसाए । जनतामा पूवों वंश झन् बदनाम भयो । जनता पुरानो ढङ्गले बस्न चाहेनन् ।
पूवों वंशको नयाँ आतङ्कले पुँजीपति वर्गले नेपोलियनलाई सम्झन थाल्यो । नेपोलियनको प्रचार गरियो । जनतामा नेपोलियनप्रति आस्था जाग्न थाल्यो । पुँजीपति वर्ग फेरि नेपोलियनको बाटो हेर्न थाल्यो । नेपोलियन पहरालाई छकाएर एल्बा टापुबाट भागेर दक्षिण फ्रान्समा पुगे । १ मार्च १८१५ मा पेरिस पुगे । फ्रान्सेली सेनाले उनको साथ दियो । लुई अठारौँ गद्दी छोडेर परिवारसहित बेल्जियमको सीमातिर भाग्यो । नेपोलियन २० मार्च १८१५ मा पेरिस पुगे र फेरि गद्दीमा बसे । नेपोलियनको यस करामतले सारा युरोप छक्क प¥यो । यसलाई पुँजीवादी सामन्तवादको पुनःस्थापना भनिन्छ ।
नेपोलियनले फेरि गद्दी हत्याएकोमा मित्र शक्तिहरू तर्से । तिनीहरूले उनको विरोधमा फेरि सेना पठाए । नेपोलियनले पनि छिट्टै सेनालाई सङ्गठित गरेर बेल्जियम माथि धावा बोले । १८ जून १८१५ मा ब्रुसेल्सको नजिकै वाटरलु भन्ने ठाउँमा लडाइँ भयो । त्यस लडाइँमा बेलायती र पर्सियाली सेनाबाट नेपोलियन हारे । बेलायती सेनाको सर आर्थर बेलेसली वालिंगटन (Sir Arthur Wellesleg duck of Wallington) को रजौटा र पर्सियाली सेनाको जनरल गेवहार्ड फान ब्युचरले त्यस लडाइँको नेतृत्व गरेका थिए । यसपालि नेपोलियनले सय दिन राज्य गर्न सक्यो ।
केही पुँजीवादी राजनीतिज्ञहरू नेपोलियनबाट जनतालाई ‘१७९३ को जाकोविन लिन’ र क्रान्तिकारी जाकोविन झन्डाको तल किसानहरूलाई नेतृत्व गराउने पक्षमा थिए । तर, नेपोलियनले यसो गर्न इन्कार गरे र पक्रिए । अनि उनलाई दक्षिण आन्द्र (Atrantic) महासागरको ‘सेन्ट हेलेना’ भन्ने टापुमा बन्दी बनाइयो । त्यो टापु बेलायतको उपनिवेश थियो । नेपोलियनको त्यहाँ ५ मई १८२१ मा देहान्त भयो । उनको देहान्तको समाचार पेरिसमा ३ महिनापछि मात्र पुग्यो ।
भियना सम्मेलन
नेपोलियनलाई हराइसकेपछि १८१५ मा अष्ट्रियाको राजधानी भियनामा मित्र राष्ट्रहरूले युरोपेली राज्यहरूको एक सम्मेलन गरे । राजा महाराजाहरूको नाचगानले भियना झकिझकाउ थियो । त्यो झिलिमिली त बाहिर थियो । मित्रराष्ट्र रुसले पोल्यान्डको इलाकालाई आफ्नो देशमा मिलायो । जर्मनीले राइन नदीसम्म आफ्नो क्षेत्र बढायो । जितेको राष्ट्र नेडेरल्यान्डहरूलाई फिर्ता दियो । त्यो इलाका आज बेल्जियमको हो । अष्ट्रियालाई इटालीको केही प्राप्त भाग दिइयो । स्वीट्जरल्यान्डलाई इटालीको केही भाग लिएर ठुलो बनाइदियो । अष्ट्रिया र पुरानो नेडरल्यान्डको नेतृत्वमा एक सङ्घ बनाइदियो । भियना सम्मेलन देशहरू काँटछाँट गर्ने सम्मेलन थियो ।
नेपोलियनको पतनपछि युरोपको अवस्था
युरोपेली महादेशका कति देशहरूमा जमिनदार वर्गले सत्ता हत्याए पनि पुँजीवादको विकासलाई भने तिनीहरूले रोक्न सकेनन् । पुँजीवादको विकासले नै त्यसबेला युरोपमा त्यस युगको छाप पार्दै थियो । विभिन्न देशमा ठुला आकारका उद्योगहरू विकास हुँदै थिए । स–साना स्वतन्त्र र व्यक्तिगत खेतीहरू विभिन्नरूपले विकास हुँदै थियो । पुँजीपति वर्ग झन्झन् आर्थिकरूपले बलियो हुँदै गयो र त्यसले सरकारमा हिस्सा पाउन कोसिस गर्दै गयो । सारमा, पुँजीवादले सामन्ती व्यवस्थाको जगलाई भत्काउँदै थियो । सर्वहारा वर्ग पनि झन्झन एक हुँदै गयो र अझ राम्ररी सङ्गठित हुँदै गयो । सामन्ती र पुँजीपति वर्गको भिडन्त र शोषणले मजदुर वर्गले आफ्नो मुख्य शत्रुलाई बुझ्दै र अनुभव गर्दै थियो ।
सन् १८३० देखि १८४० सम्म युरोप शक्तिशाली सर्वहारा विद्रोहहरूबाट हल्लियो । फ्रान्समा लियोनका जुलाहाहरूले दुई चोटि विद्रोह गरे । बेलायतका मजदुरहरूले १८३२ को मतदान सुधार र मागपत्रको आन्दोलन गरे । जर्मनीमा सिलेसियाली जुलाहाहरूको विद्रोह भयो । यी नै त्यसबेलाका मुख्य मुख्य विद्रोहहध थिए ।
सन् १७८९ र १७९४ को फ्रान्सेली क्रान्तिमा पुँजीवादी राजनीतिज्ञहरूले खान्दानीकै मद्दतबिना पनि पुँजीपति वर्ग समाजलाई नेतृत्व गर्न सक्छन् भनेर देखाइदिएका थिए । तर, ठुला ठुला सर्वहारा विद्रोहहरूले देखाएको पुँजीवादी क्रान्ति इतिहासमा अन्तिम क्रान्ति होइन । पुँजीवाद र पुँजीपति वर्गको प्रभुत्व स्थायी होइन । सर्वहारा वर्ग नयाँ शक्ति भएर आइरहेछ । सत्ता हत्याउने उद्देश्यबाट यसले पुँजीपति वर्गको विरोधमा सङ्घर्ष छेडिसकेको छ ।
राजतन्त्रको दोस्रो पुनःस्थापना
मित्र राष्ट्रहरूको बन्दुकको नालले लुई १८ औँलाई फेरि गद्दीमा ल्यायो । क्रान्तिले जफत गरेको तिनीहरूको जग्गा फिर्ता लिन र किसानहरूमाथि फेरि सामन्ती अत्याचार र दमनलाई लाद्ने प्रयास गर्न थालियो । फर्केका खानदानी र जमिनदारले पुरानो युग ल्याउने कोसिस गरे । भगुवा खानदानीहरूबारे भन्थे, ‘तिनीहरूले केही पनि बिर्सेका छैनन् । केही पनि सिकेका छैनन् । क्रान्तिमा क्रियाशील भएका धेरै क्रान्तिकारीहरू मारिए । एकै गाउँमा १३ किसान गिरफतार गरिए तिनीहरूमध्ये ७ जवान मारिए । यसप्रकारको दमन र अत्याचारलाई १८१४–१६ को ‘सेतो आतङ्क’ अथवा प्रतिक्रियावादी अत्याचार भन्ने चलन छ ।
तैपनि, फ्रान्सले उद्योग, कारखाना र व्यापारको विकास गर्दै गयो । पुँजीपति वर्गको धन र प्रभाव बढ्दै थियो । मजदुरहरूको सङ्ख्या पनि ठुलो आकारमा बढ्दै गयो । क्रान्तिभन्दा पहिले सामन्ती बन्धन जमिनदारी प्रथा र निरङ्कुश राजतन्त्रलाई फेरि लागु गर्न नसकेको हुनाले लुई १८ औँले नयाँ संविधान अगाडि सारे । त्यस संविधानअनुसार ९४,००० व्यक्तिहरूले मात्रै मत दिने अधिकार पाए । क्रान्तिको बेलामा जफत गरिएको जग्गा किसान र पुँजीपति वर्गसँगै रह्यो ।
लुई १८ औँ १८२४ मा मरे । त्यसको ठाउँमा उनको भाइ चाल्र्स १० औँ ९ऋजबचभिक ह० राजा भयो । उनी सा¥है प्रतिक्रियावादी र ‘निर्वासित’ राजा थिए । चाल्र्स १० औँले क्रान्तिमा जफत गरिएको जग्गाको निमित्त जमिनदार वर्गलाई मुआब्जाको रूपमा १० लाख फ्राँक दिए । लुई १८ आँैको पालामा गर्न खोजेका केही सुधारका योजनालाई पनि फोहर फाल्ने नालीमा फ्याँकी दियो । उनले फेरि दैवी अधिकारलाई लागु गरेर निरङ्कुश राजतन्त्र कायम गर्न थाले । यसकारण, जनता चाल्र्स दशौँसँगै धेरै रिसाए र विरोध बढ्दै गयो । पोलिनकले रजौटालाई उसले आफ्नो प्रधानमन्त्री नियुक्त ग¥यो र ऊ सा¥है प्रतिक्रियावादी थियो । पुँजीपति वर्गसँग पैसा लिएर सामन्तहरूलाई पोस्दै थियो । सरकारी ब्याजदर ५ बाट घटाएर ३ गरिदियो । यसले सामन्त वर्गलाई फाइदा हुन्थ्यो । पुँजीपति वर्ग, किसान र व्यापक जनतामा विरोध बढ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *