भर्खरै :

अन्तद्र्वन्द्व प्रक्रिया हो कि पदको !

  • बैशाख ११, २०७८
  • गोपाल नगरकोटी
  • विचार

एमालेका शीर्ष नेताहरूको अन्तद्र्वन्द्व केको लागि ? पार्टीभित्रको पद्धति र प्रक्रियाको लागि हो कि पदको ? कि सिद्धान्त र विचारको ? अन्तद्र्वन्द्वको निकास के दुई नेताबिचको वार्ता हो ? दुई नेता माधव र ओलीबिचको एक–दुई पटकको वार्ताले सबै समस्या समाधान हुने भए समानान्तर समिति किन ? पार्टीको फरक फरक बैठक, भेला र सभा किन ? कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको बखनमात्र गर्ने कि तद्नुरूप अघि पनि बढ्ने ! पहिले नेकपाभित्र रहँदा ओली र नेपाल पक्षले एकले अर्कोलाई कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन छोडेको, भाँडेको आरोप लगाएको थियो । उनीहरूकै आरोप प्रत्यारोपको आधारमा माधव र ओली पक्ष एमाले कम्युनिस्ट पार्टी होइन
ओली र नेपाल पक्षधर नेताहरू आ–आफ्नै अडानमा छन् । तर, ती नेताहरू एकले अर्कोलाई झुकाउन चाहन्छन्, आत्मसमर्पण गराउन चाहन्छन् या आफूले भनेकै कुरा मनाउन चाहन्छन् । ओली पक्षधर नेताहरूले नेपाल पक्षधरका नेताहरूलाई कारबाही गर्ने बताएका छन् । नेपाल पक्षधर नेताहरू ओली पक्षको कारबाही नस्वीकार्ने पक्षमा छन् । समानान्तर समितिको परिचालन र कारबाहीको प्रक्रिया के नाटक मञ्चनमात्र हो ? दुवै पक्षको गतिविधि हेर्दा नेपाल र ओली पक्ष एक भए पनि या नभए पनि कम्युनिस्ट आन्दोलन अघि बढ्ने छाँटकाँट देखिँदैन ।
ओली नेपाल पक्षलाई धम्काएर, कारबाही गरेर आफ्नो पक्षमा ल्याउने तयारीमा छन् भने नेपाल समानान्तर समिति गठन गरेर पदमा पुग्ने दाउमा छन् । तर, दुवै पक्षको यो कदम सही होइन । एमालेका दुवै पक्षका नेताहरू धाक धम्की दिएर ठाउँमा ल्याउन या ठाउँमा पुग्ने चाल बुन्दै छन् । आखिर अन्तद्र्वन्द्वको गूढ त पद नै रहेको छ । यो कुरा विगतको इतिहासले पनि प्रस्ट पार्छ । केपी ओलीको धुरन्धर विरोध गर्ने घनश्याम भुषाल भूमिसुधार मन्त्री भएपछि चुप । सधैँ आक्रोशमा बोल्ने नेता उनी मन्त्री बनेपछि एकाएक नम्र भए र केपी ओलीको साधु भए । पद नहोउन्जेल झगडा गरिरहने, द्वन्द्व चर्काइरहने र पद भएपछि द्वन्द्व सबै छोड्ने चालामाला एमालेभित्र अहिलेमात्र होइन उहिले पनि थियो । यसले एमालेका नेताहरू बखानमा जे कुरा फुके पनि अन्ततः पदकै निम्ति लागेका हुन् । नेपाल र ओली पदकै निम्ति तँछाडमछाडमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *