भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. चालिसे बेपत्ता
- श्रावण ५, २०८३
भक्तपुर, ११ वैशाख । ६४ औँ राष्ट्रिय सहकारी दिवस तथा नव वर्ष २०७८ को अवसरमा झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को अतिरिक्त क्रियाकलाप उप–समितिको सक्रियतामा शनिबार १६ वर्षमुनिका बालबालिकाहरूको खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भयो । भक्तपुर दरबार क्षेत्रमा भएको प्रतियोगिताको शुभारम्भ संस्थाका सञ्चालक समितिका अध्यक्ष बलराम गोसाईले निर्णायक कलाकार एवं शिक्षक नारायण बोहजूलाई प्रतियोगिता सामग्री हस्तान्तरण गरी गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष गोसाईले चित्रकला प्रतियोगिताले विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने अवसर पाउने र चित्रकलाको ज्ञानले विद्यार्थीहरूमा हरेक विषयमा आफ्नो ठोस दृष्टिकोण बनाई गुणस्तरीय जीवनयापन गर्नसमेत सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो । संस्थाको अतिरिक्त क्रियाकलाप उप–समितिका संयोजक प्रकाश गोसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्णायक नारायण बोहजू, शिक्षा उप–समितिका संयोजक लक्ष्मीसुन्दर सुवाललगायतले बोल्नुभएको थियो । प्रतियोगितामा १३ जना विद्यार्थीहरूको सहभागिता छ ।
Leave a Reply