भर्खरै :

पशुपति क्षेत्र विकास कोषले स्थानीय जनतालाई किन विस्थापित गर्न खोजेको ?

  • बैशाख १३, २०७८
  • सानुुकाजी महर्जन
  • विचार

अहिले काठमाडौँ महानगरपालिकाभित्रको वडा नं. ७, ८ र ९ मा सदियौँ वर्षदेखि बस्दै आएका नेपालका आदिवासी नेवार समुदाय र देशका विभिन्न भागबाट आप्mनो पुख्र्यौली सम्पत्ति बिक्री गरी कानुनबमोजिम राजस्व तिरी जग्गा–जमिन खरिद गरी घर बनाई बसोबास गर्दै आएका जनतामा एक प्रकारको त्रास उत्पन्न भएको छ । यस क्षेत्रलाई नेपालभाषामा गोल पनि भन्ने गरिन्छ । यस क्षेत्रमा बसोबास गर्दै आइरहेका नेवार जातिहरूले आफ्नै किसिमको मौलिक परम्परागत धर्म–संस्कृति मान्दै आइरहेका छन् । यस क्षेत्रका जनताले वर्षभरिमा २२ वटा जात्रा र १०८ वटाभन्दा बढी पर्वहरू मान्दै आइरहेका छन् । यस्तो धार्मिक एवं सांस्कृतिक रूपले महत्वपूर्ण स्थानमा पशुपति क्षेत्र विकास कोषले प्राचीन बस्ती नै विस्थापित हुने गरी १०० वर्षे प्रस्तावित नयाँ गुरूयोजना ल्याएको छ । यस गुरूयोजनाबाट प्राचीन बस्ती विस्थापित हुनुका साथै परम्परागत धर्म, संस्कृति लोप हुन जाने खतरा भएकोले यस क्षेत्रका सबै राजनीतिक दल, जनप्रतिनिधि र यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण स्थानीय जनताले पशुपति क्षेत्र विकास कोषले प्राचीन बस्ती नै विस्थापित हुने गरी प्रस्तावित गुरूयोजनाको विरोध गर्दै अहिले पशुपति क्षेत्रमा दिनहुँजस्तो विरोध, जुलुस, धर्ना बस्ने कार्य भइरहेका छन् ।
नेपालको संविधान २०७२ को धारा (१) को उपधारा (२) मा संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ भनी उल्लेख छ । त्यसैगरी धारा (१६) को उपधारा (१) मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भनी उल्लेख छ । धारा (२५) को उपधारा (१) मा प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ भनी स्पष्ट उल्लेख छ ।
राज्य भनेको देशको अभिभावकसरह हो । राज्यले सधैँ देश र जनताको हक–हितको लागि कानुन बनाउने गरिन्छ । जनताविरोधी कानुन परिवर्तन भएको धेरै उदाहरण छ । नेपालमा धेरै राजनीतिक परिवर्तन भयो । त्यो परिवर्तन हुनुको मुख्य कारण नै जनताको पक्षमा कानुन बनाउनको लागि हो । अहिलेको सरकारले पनि देश र जनताको भलो गर्छु भनेर नै जनतालाई विश्वस्त तुल्याएर भोट लिएर सत्तामा गएको हो । अहिले आएर यो विभिन्न वहाना बनाएर विभिन्न ठाउँमा जनतालाई त्रास उत्पन्न गर्ने कार्य यो सरकारले निरन्तररूपमा गर्दै आइरहेको छ ।
पशुपति क्षेत्र विकास कोषले किन आतङ्क पैmलाइरहेको छ ? बस्ती विकास हुनुभन्दा अगाडि किन रोकिएन ? प्राचीन बस्ती नै विस्थापित हुने गरी किन अहिले गुरू योजना ल्याउन प¥यो ? पशुपति क्षेत्र विकास कोषले आप्mनो योजना बनायो भन्दैमा उक्त स्थानमा बसोबास गर्दै आइरहेका स्थानीय जनताले उक्त स्थान छोड्नुपर्छ भन्ने छ ? संविधानको उल्लङ्घन गर्ने अधिकार कसैलाई पनि छैन । पशुपति क्षेत्र विकास कोषले पनि अनिवार्यरूपमा संविधान मान्नु पर्छ । उक्त स्थानमा पशुपति क्षेत्र विकास कोषले स्थानीय बासिन्दा र स्थानीय निकायहरूसँग समन्वयन गरी यो योजना ल्याएको हो ।
अहिले पशुपति क्षेत्र विकास कोषले स्थानीय बासिन्दालाई हेप्नुको मुख्य कारण हो राजनीतिक पहुँच नभएकोले हो । प्रदेश नं. ५ को राजधानीकहाँराख्ने भन्ने सम्बन्धमा व्यापक विरोध हुँदा राजधानीको विषयलाई लिएर संसद्मा कुर्सीले हानाहान गरी विरोध भईसकेपछि बल्ल राजधानीकहाँ राख्ने भन्ने विषयमा निर्णय भयो । वडा नं. ७, ८ र ९ मा बस्ने स्थानीय बासिन्दासँग त्यो राजनीतिक शक्ति नभएकोले नै आज पशुपति क्षेत्र विकास कोषले हेपिरहेको छ । नेपालमा भूमिसम्बन्धी (आठौँ संशोधन) ऐन, २०७६ संशोधन गरी दफा ५२ (ग) मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुँदाका बखत ऐलानी वा अन्य सरकारी जगगा वा अभिलेखमा वन क्षेत्र जनिएको भए तापनि आवादीमा परिणत भएको जग्गामा कम्तीमा १० वर्ष आवाद कमोत गरिआएका व्यवस्थित बसोबासीलाई एकपटकका लागि नेपाल सरकारले निजहरूले आवाद कमोत गर्दै आएको स्थानमा तोकिएको क्षेत्रफलको हदमा नबढ्ने गरी जग्गा उपलब्ध गराउन सक्नेछ भनी प्रस्टरूपमा उल्लेख गरिएको छ । नेपाल सरकारले १० वर्ष बसोबास गर्ने व्यक्तिलाई जग्गा दिने भनी कानुन संशोधन गरिएको छ । पशुपति विकास क्षेत्र कोषले सदियौँ वर्ष देखि बसोबास गर्दै आएको प्राचिन वस्ती हटाएर उक्त स्थानमा बस्ने ब्यक्तिहरूलाई किन अन्याय गर्न खोजेको हो ? पशुपति विकास क्षेत्र कोषको यस्तो जनताविरोधी नीति–नियम यहाँका जनताको लागि कदापि स्वीकार्य छैन । पशुपति विकास क्षेत्र कोषले हजारौँ वर्षदेखि बसोबास गर्दै आईरहेका प्राचीन बस्ती हताउने भनि गुरूयोजना ल्याउन मिल्छ ?
संसारमा मानिसको सबैभन्दा प्यारो चिज भनेको आप्mनो सम्पत्ति हो । सम्पत्तिको लागि संसारमा ठुलठुला युद्धहरू भए । भोली नेपालमा पनि जबरजस्ती बस्ती विस्थापित गर्न खोजे त्यस्तो अवस्था नआउला भन्न सकिदैँन । केही गरी रगतको खोला बग्यो भने त्यसको जिम्मेवारी कसले लिने ? संसारको कुन देशमा प्राचीन बस्ती विस्थापित गरेर धार्मिक केन्द्र बनाएको छ ? प्राचीन बस्तीको रूपमा रहेको आप्mनै मौंलिक परम्परा भएको वडा नं. ७, ८ र९ को बस्ती विस्थापित हुनेगरी पशुपति क्षेत्र विकास कोषले ल्याएको १०० वर्षे प्रस्तावित नयाँ गुरूयोजना खारेज हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *