बाढीले ‘टुहुरा’ बनेका ५ सय भन्दा बढी बालबालिकाको भविष्य अनिश्चित !
- आश्विन ९, २०८३
म सक्रिय पत्रकार छँदा मन्त्रिमण्डल गठन वा पुनर्गठन भएपछि नयाँ मन्त्रीहरूलाई सोध्थेँ, अब के गर्नुहुन्छ ? प्रायः मन्त्रीले भन्थे, भर्खर आएको छु, बुझ्दै छु । म त्यसो भन्ने मन्त्रीहरूलाई भन्थेँ, आफ्नो मन्त्रालयको नीति, रणनीति, योजना र कार्यक्रमबारे पहिले नै सोचेको भए मन्त्री पदको बहाली गर्नासाथै कार्यान्वयन गर्न थालिहाल्न मिल्थ्यो । राजनीतिमा लागेपछि म अमूक मन्त्रालयको मन्त्री भए यसो गर्छु, उसो गर्छु भन्ने भए सजिलै र तुरून्तै काम प्रारम्भ हुन्थ्यो । अरू मन्त्रालयको भन्दा तपाईँको मन्त्रालयको काम उम्दा हुन्थ्यो । मन्त्रीहरू कोही हो भन्थे, कोही चुपो लाग्थे भने कोही कहाँ त्यसो हुन्छ र भनी असहमति जनाउँथे । साँच्चै पहिलेदेखि नै सोच्ने मन्त्रीको मन्त्रालयको काम तुलनात्मकरूपमा राम्रो हुन्थ्यो । सरकार प्रमुखले मन्त्रिमण्डल पुनर्गठन हुँदा प्रायः त्यस्ता मन्त्री दोहोरिन्थे र मलाई धन्यवाद दिन्थे । मैले पत्रकारिताको दोस्रो कार्यकाल पञ्चायती शासनको पत्रकारिता गरेँ । कुनै मन्त्रीले राम्रो काम गरे पनि दरबार रिझिएन भने दोहोरिएर मन्त्री हुँदैनथे । तसर्थ, पञ्चायत शासनका मन्त्रीले दरबार रिझाउनु एक नम्बरमा पथ्र्यो । सरकार प्रमुखले मन्त्री छान्नुभन्दा अघि दरबारको मुख ताक्नुपथ्र्यो । सरकार प्रमुखले आफूले छानेका मन्त्री अपवादमा मात्र हुन्थ्यो । यस्तो हो पञ्चायती शासन ।
ट्रम्प हाइसञ्चोसँग बसे
अहिले राजा रिझाउन दरबार रिझाउनु पर्दैन । प्रधानमन्त्रीलाई रिझाए पुग्छ किनकि राजतन्त्र उन्मूलन भइसक्यो । तर, अहिले पनि राजनीतिमा नेता वा कार्यकर्ता प्रायः कुन कामलाई पहिलो, कुन कामलाई दोस्रो र कुन कामलाई तेस्रो प्राथमिकता दिन सक्षम छैनन् । यसैको परिणामस्वरूप आज कोभिड–१९ को कामले प्राथमिकता पाएन, कतै औषधि छैन, कैयौँ अस्पतालमा सीट छैन । आफ्नो मन्त्रालयका योजना र कार्यक्रमलाई प्राथमिकता क्रममा राख्ने निक्र्योल गर्न नसक्दा धेरै मान्छे मरिसके, कैयौँ मान्छे अस्पतालको भुइँमा सुतेर उपचार गराइरहेका छन् । बिजोक छ अस्पताल र उपचार केन्द्रहरूमा । झन्डै डेढ वर्षदेखि यो नयाँ रोग कोभिड १९ ले महामारीको रूप लिइरहेको छ । ट्रम्पको अमेरिकाले चीनसँग सहकार्य गरेको भए आज कोरोनाले संसारभर आतङ्क मच्चाउँदैनथ्यो । आज धनजनको व्यापक क्षति भएको छ । सम्बद्ध सरकारहरू किं कर्तव्यकै कुहिरोको काग बनिरहेका छन् । उमेरले अग्ला वा पाको उमेरका भए पनि नेतृत्व स्पष्ट दूरदृष्टि नभएका कारण लाखौँ मान्छे मरिसके भने लाखौँ मान्छे मृत्युको प्रतिक्षामा भेन्टिलेटरमा व्यहोरिरहेका छन् । यो रोगविरूद्ध मिलेर लडौँ भन्ने चीनको प्रस्तावलाई ट्रम्प प्रशासनले उपेक्षा ग¥यो र कोभिड–१९ को सम्पूर्ण दोष चीनलाई दियो र अमेरिका हाइसञ्चोसँग बस्यो ।
ज्ञानेन्द्रले समेत ल्याए कोरोना कोसेली
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेवास्ता गरे पनि चीन सरकारले समस्त चिनियाँ जनतालाई अविछिन्न सेवा गरेर ठुलो धनजनको क्षतिबाट बचायो । यो अपराधी कोभिडले चीन, भारत, युरोपेली मुलुकहरू, संरा अमेरिका, ब्राजिलजस्ता मुलुकले समयमै सचेत भई निराकरणका उपाय सोचेका भए अहिलेसम्म यो कोरोना नियन्त्रणमा जान्थ्यो । अहिलेसम्म पनि भारत, ब्राजिल र अमेरिकामा मान्छेहरू मरिरहेका छन् । संसारभर ३० लाख लगभगलाई यो कोभिड–१९ ले लगिसक्यो, अझै कतिलाई लान्छ भन्न सक्ने कोही छैन । धेरै मान्छे विश्वभरि हिक्क–हिक्क गरी कालसँग जुधिरहेका छन् । कामना गरौँ, छिट्टै पापी रोगबाट मुक्त होऊन् । जति नभने पनि चीनले तुरून्तै आफ्नो खट्टामा उभिएर आफ्नो ठुलो धनराशी खर्च गरी चीन र चिनियाँ जनतालाई जोगायो । चीनले विश्वलाई आफ्नो भोगाइ र भौतिक स्वास्थ्य सामग्रीले सहयोग पु¥याइरहेको छ । हाम्रै नेपाललाई पनि पाँच लाखलाई पुग्ने १० लाख मात्रा कोरानाविरूद्धको औषधि उपलब्ध गराएर साँचो मित्रको परिचय दिएको छ । यता भारतले पैसा लिएर पनि समयमा औषधि पठाएको छैन । उल्टो हाम्रा मान्छेमार्फत यो रोग बढाइरहेको छ । यो कोभिड–१९ अरू त अरू पूर्व राजा–रानी ज्ञानेन्द्र र कोमलले पनि कुम्भ मेलाबाट कोरोनाको उपहार वा कोसेली लिएर आए ।
कोभिडको घनत्व र प्रधानमन्त्री
कोरोनाबाट मर्नेको सङ्ख्या अमेरिकाको हाराहारीमा छ ब्राजिलमा । हाम्रो छिमेकी राष्ट्र भारतको मोदी सरकारले पनि ब्राजिल र अमेरिकाकै अनुसरण ग¥यो । फलस्वरूप मृत्यु हुनेमा तेस्रो देश बनेको छ भारत । भारतमा कोभिड–१९ दिनदिनै फैलँदै छ । कता अमेरिका र ब्राजिललाई पनि उछिनेर पहिलो देश होलाजस्तो लक्षणहरू हेर्दा थाहा हुन्छ । समयमै रोकथामको प्रयत्न गरेको भए यति बाक्लो गरी फैलिने थिएन पक्कै पनि । तर, मोदी सरकारले जनता बचाउनभन्दा प्रदेशहरूको निर्वाचनलाई सर्वोच्च प्राथमिकता दियो । आफ्नो दलले जिते जनता मरे पनि कुनै मतलब भएन । हामीकहाँ शासन गरिरहेको पार्टी एमाले र प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस पार्टीले समयमै ध्यान दिएका भए निश्चय पनि रोगीहरूको सङ्ख्या पक्कै यति धेरै हुने थिएन । देशका प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान चितवनको अयोध्यामा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापनातर्फ केन्द्रित भयो । ओलीले नेपाली जनतालाई भन्दा मरणोपरान्त नर्कको भयावह यातना सहनु पर्ला भनी अयोध्यालाई प्राथमिकता दिए । प्रतिफलमा कोरोनाको नयाँ भाइरसले धेरै नेपालीलाई आक्रमण गर्ने मौका पायो । लौन प्रधानमन्त्रीज्यू, मरेपछिको स्वर्गका निम्ति भन्दा नेपाली जनतालाई प्राथमिकता दिनु देशको सर्वोच्च शासक भएपछि जनतालाई महामारीबाट बचाउनु प्राथमिक कर्तव्य होइन र ?
Leave a Reply