भर्खरै :

अमेरिकाको प्रमुख खतरा अमेरिका आफै हो

अप्रिल १३ तारिखमा अमेरिकी राष्ट्रिय जासुस विभागको कार्यालयले सन् २०२१ को वार्षिक चुनौती मूल्याङ्कन प्रतिवेदन प्रकाशित गरी चीन–अमेरिका राष्ट्रिय सुरक्षाको प्रमुख धम्की हो भन्ने कुरा घोषणा गरेको छ । प्रतिवेदनले चीन अमेरिकासँग प्रतिस्पर्धी बन्दै छ र विश्व व्यवस्था बदलेर विश्वको प्रभुत्व गर्न खोजिरहेको उल्लेख गरेको छ । चीनबाहेक रुसले पनि अमेरिकाको राष्ट्रिय सुरक्षालाई धम्की दिएको प्रतिवेदनले जनाएको छ । इरान र प्रजग कोरियाबारे पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सन् १९७४ मा तङ स्याउफिङले संयुक्त राष्ट्र सङ्घको महासभामा विश्वसमक्ष घोषणा गर्नुभएको थियो कि चीन कहिल्यै पनि सुपर पावर मुलुक बन्ने छैन । राष्ट्राध्यक्ष सी चिनफिङले पनि कस्तै विकसित भए पनि चीन प्रभुत्ववादी बन्ने छैन भन्नुभएको छ । चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ प्रस्तुत गरेको छ र आरसीईपीमा संलग्न भएको छ । कोभिड–१९ महामारी फैलिएयता विश्वको अर्थतन्त्रमाथि ठुलो प्रभाव परेको छ । चीनको भन्सार प्राधिकरणले सन् २०२१ को पहिलो त्रैमासिकमा चीनको वैदेशिक व्यापारको आयात–निर्यात तथ्याङ्क सार्वजनिक गरेअनुसार, बेल्ट एन्ड रोड वरिपरिका मुलुक र आरसीईपी सदस्यसँग चीनको आयात–निर्यात मात्रा छुट्टाछुट्टै गरी २१.४ प्रतिशत र २२.९ प्रतिशत वृद्धि भएको छ । चीनको अन्तर्राष्ट्रिय व्यापार प्रतिष्ठानको विशेषज्ञ समितिका उप–प्रमुख लीयुङले भन्नुभएझैँ विश्व आपूर्ति श्रृङ्खला महामारीबाट प्रभावित भएसँगै त्यसले विश्व व्यापारको पुनरूत्थानलाई महत्वपूर्ण योगदान गरेको छ ।
यसअघि चीनले एउटा ठुलो उपलब्धि हासिल गरेको छ । गरिबी निवारण कार्यक्रममा चीनले विजय प्राप्त गरेको छ । यसले विश्व गरिबी निवारण कार्यक्रमलाई ठुलो टेवा पु¥याएको छ । सन् २०२० मा महामारी फैलिए पनि चीनले संयुक्त राष्ट्र सङ्घको सन् २०३० को लक्ष्त्र्न्दा दस वर्षअगाडि नै पूरा गरेको छ । विगत दसौँ वर्षमा विश्वको गरिबीको सङ्ख्या ७० प्रतिशत घटेको छ । ७० करोड चिनियाँ गरिबीको निवारणको सफलताले उक्त कुरा पुष्टि गर्छ । बेलायती विद्वान मार्टिन याकले भन्नुभएझैँ चीनसँग प्रभुत्ववादी जीन छैन ।
तर अमेरिका नि ?
भूमण्डलीकरण गहिरो भएसँगै विभिन्न मुलुकबीचको सम्पर्क पनि घनिष्ठ भइरहेको छ । त्यसैले, विभिन्न अन्तर्राष्ट्रिय सङ्गठन स्थापना भएका छन् । विश्व विकासको यो अपरिहार्य दिशा पनि हो । तथ्याङ्कअनुसार, सन् २०२१ सम्म अमेरिका अघिपछि गरी १७ वटा सङ्गठन वा सन्धिबाट अलगिएको छ । विशेषगरी ट्रम्प आएपछि अमेरिका अन्तर्राष्ट्रिय व्यापार, जलवायु, मानव अधिकारलगायत क्षेत्रका १० वटा सङ्गठनबाट बाहिरिएको छ । सन् २०२० मा विश्वमा महामारी फैलिएको र अन्तर्राष्ट्रिय समूहसमक्ष सहयोग गरी महामारी नियन्त्रण गर्न निकै आवश्यक परेको अवस्थामा अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई छोडेको थियो । जिम्मेवारीको भावना नदेखाएको हुँदा अमेरिकाको प्रभुत्ववादी विचार स्पष्ट देखिएको छ ।
सङ्गठनबाट बाहिरिनुलाई अमेरिकाले शान्तिपूर्ण युद्ध भन्यो । तर, अमेरिकाको इतिहास हेरेपछि सशस्त्र लडाइँ नै अमेरिकाको दैनिक जीवनजस्तो लाग्छ । यसको कारण आफ्नो प्रभुत्व अरूको हातमा सर्न नदिने हो । सूचनाअनुसार, अमेरिका स्थापना भएको लगभग २५० वर्षको इतिहासमा १६ वर्षमात्रै युद्ध भएको छैन । अतः अमेरिका विश्वको सबभन्दा आक्रामक मुलुक हो । संयुक्त राष्ट्र सङ्घका १९० भन्दा बढी सदस्य मुलुकमध्ये ३ वटा मुलुकले मात्रै अमेरिकासँग युद्ध गरेका छैनन् वा अमेरिकाको हस्तक्षेप व्यहोर्नुपरेको छैन । अमेरिका विश्वमा प्रभुत्व फैलाउन चाहन्छ । अमेरिका विश्वलाई धम्की दिन्छ तर आफूलाई विश्वले धम्की दिएको प्रतिवेदन प्रकाशित गर्छ ।
स्रोतः सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *