साम्राज्यवादी नीतिको विरोध विश्वभर फैलिँदै
- आश्विन १०, २०८३
नियन्त्रण गरौँ भन्दाभन्दै नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर उर्लिसकेको छ । पछिल्लो २४ घन्टाको अवधिमा गरिएको परीक्षणको नतिजाअनुसार बुधबार ४,८९७ जना नयाँ कोरोना सङ्क्रमित थपिए । सोही अवधिमा थप १७ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ । मङ्गलबार पनि ४ हजारभन्दा बढी सङ्क्रमित थपिएका थिए । भारतसितको सीमानाका भएका जिल्लाहरूमात्र नभई काठमाडौँ उपत्यका नै सङ्क्रमण विस्फोटको केन्द्र बनिरहेको छ । तर यति हुँदा पनि केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरूले आइसोलेसन केन्द्र सञ्चालन गरेका खबर आएका छैनन् ।
जिल्ला जिल्लाका नगरपालिका र गाउँपालिका स्तरमा आइसोलेसन केन्द्र सञ्चालन भएमा एकातिर सङ्क्रमितको सही तरिकाले उपचारको सम्भावना बढी हुन्छ भने अर्कोतिर घरपरिवार र छरछिमेकलाई सङ्क्रमण हुने सम्भावना कम हुन्छ । कोरोनाबाट हुने मृत्युदर कम गर्न, अस्पतालमा बढी भिडभाड हुन नदिन पनि आइसोलेसन केन्द्रले सकारात्मक भूमिका निर्वाह गर्दछ । ध्यान दिनुपर्ने कुरा के हो भने आइसोलेसन केन्द्र नाम मात्रको नहोस्, भोकले छटपटाएर सङ्क्रमित भागेर जान पर्ने खालको नहोस् । आइसोलेसन केन्द्र धेरै सुविधासम्पन्न हुन जरूरी छैन किन्तु सामाजिक दूरी कायम गरेर कुराकानी गर्न सकिने, अचानक जरूरी पर्दा हेरचाह गर्ने र अस्पतालसम्म लगिदिने बन्दोबस्तसहितको होस् । आइसोलेसन केन्द्र सञ्चालन ढिलो गर्नु भनेको सङ्क्रमण व्यापक बनाउन्ु र मृत्युदर बढाउन टेवा दिनु हुन्छ ।
Leave a Reply