साम्राज्यवादी नीतिको विरोध विश्वभर फैलिँदै
- आश्विन १०, २०८३
काठमाडौँ उपत्यकामा जिल्ला प्रशासन कार्यालयले एक हप्तासम्म लकडाउन गर्ने निर्णय सुनाएको केही घण्टापछि मन्त्रिमण्डलले सो लकडाउनलाई १५ दिनसम्म लम्ब्याउने निर्णय गरेको छ । अर्को लहरको कोरोना महामारीको सामना गर्न सरकारले सो कदम चालेको हो । नेपालमा प्रतिदिन थपिएको सङ्क्रमितको सङ्ख्या आकस्मिकरूपमा सयौँदेखि ३००० सम्म बढेको छ ।
नेपालमा कोरोनाको महामारीको अर्को लहर देखापर्नु दक्षिण एसियामा महामारी फैलिरहेको एउटा सानो रूपमात्र हो । गत मार्चको मध्यकालदेखि भारतमा सङ्क्रमितको सङ्ख्या बढ्दै थियो । मार्चको अन्ततिर विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेअनुसार, भारतमा दुई पटक उत्परिवर्तित भएको भाइरस भेटिएको छ । हालसम्म प्रतिदिन थपिने सङ्क्रमितको सङ्ख्या ३ लाखभन्दा बढी छ । श्रीलङ्कामा कोभिडको नयाँ उत्परिवर्तित भाइरस भेटिएको छ भने बङ्गलादेशमा अप्रिल ५ तारिखदेखि नै लकडाउन भइरहेको छ । विभिन्न दक्षिण एसियाली मुलुकहरूसामु महामारीको कडा परीक्षा देखा परिरहेको छ । भाइरस सीमारहित हुन्छ ।
कोभिड–१९ महामारीको सामना गर्न अप्रिल २७ तारिखमा चीन, अफगानिस्तान, पाकिस्तान, नेपाल, श्रीलङ्का र बङ्गलादेशका विदेशमन्त्रीले भिडियो वार्ता गर्नुभएको छ । वार्तामा महामारीविरूद्ध सहकार्यलाई गहन पार्ने, महामारीपछि अर्थतन्त्रको साझा पुनरूत्थान गर्ने, विभिन्न तहको सहयोगको आदानप्रदानलाई कायम राख्ने आदि विषयबारे सहमति भएको छ । उत्परिवर्तित भाइरसको फैलावट रोक्नको लागि चीनले निःशुल्क सहायता, व्यापार तथा वाणिज्य उत्पादन आदि तरिकाबाट विभिन्न देशका खोपलाई सहकार्य अगाडि बढाउने छ । चीनले चीन–दक्षिण एसियाली मुलुकबीच आपतकालीन आपूर्ति आरक्षणको स्थापना गर्ने सुझाव पनि दिएको छ । सो सुझावलाई अरू पाँच देशबाट समर्थन गरिएको छ ।
विश्वव्यापीरूपमा कोभिड–१९ महामारीको रूपमा फैलिएपछि चीन बङ्गलादेशमा महामारीविरुद्ध विशेषज्ञ मण्डल पठाउने पहिलो देश हो । अफगानिस्तानमा ६ पटक सामग्री सहायता दिइसकेको छ । चीन सरकार र व्यवसायले नेपाललाई धेरैपटक महामारीविरोधी सामग्री प्रदान गरेका छन् । महामारीको विरोधमा चीनले अरू देशलाई सहयोग गर्ने पाइला रोकेको छैन ।
हाल चीनमा २० करोड डोज लगाइएको छ । चीनको महामारी नियन्त्रण भएपछि चीनले आफूलाई मात्रै वास्ता गरेको होइन अरू पक्षलाई बेवास्ता गरेको छैन । चीनले ८० वटा मुलुक र ३ वटा अन्तर्राष्ट्रिय सङ्गठनलाई खोपको सहायता दिइरहेको छ । ४० वटाभन्दा बढी मुलुकतर्फ खोपको निर्यात गरिरहेको छ । हालसम्म चीनले विश्वलाई आपूर्ति दिएको खोपको सङ्ख्या १० करोड डोजभन्दा बढी पुगेको छ । चीनका परराष्ट्र मन्त्री वाङ यीबाट उक्त सम्मेलनमा विभिन्न मुलुकसितको खोप सहयोगलाई अगाडि बढाउने कुरा राखेपछि चीनले मानवको स्वास्थ्य सुरक्षाकर्मी सदिच्छा देखाएको छ । यसले विभिन्न मुलुकले मिलेर महामारीको प्रतिरोध गर्ने आशा जगाएको छ ।
पो आउ एसियाली मञ्चको वार्षिक सम्मेलन २०२१मा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विश्वको स्वास्थ्य सुरक्षा गर्ने कुरा दोहो¥याउँदै बेल्ट एन्ड रोड साझेदार मुलुकहरूसँग संयुक्तरूपमा खोपको उत्पादन गर्ने विचार व्यक्त गर्नुभयो । ६ मुलुकका परराष्ट्र मन्त्रीहरूको सम्मेलनमा चीनले वचनबद्धता पूरा गर्ने जनाएको छ । चीनले विकासोन्मुख मुलुकमा खोप पठाइरहेको, मद्दत दिन चाहने मुलुकहरूलाई समर्थन र मद्दत दिइरहेको छ ।
स्रोतः सीआरआई
Leave a Reply