क्यान्सर उपचार बन्द गर्न नहुने
- आश्विन ८, २०८३
कोरोना भाइरसबाट बच्ने एउटा भरपर्दो उपाय खोप नै हो । सबैलाई कोरोनाविरूद्धको खोप दिनुपर्छ । अहिले पनि सबैले खोप पाइरहेका छैनन । चिनियाँ खोप नेपालमा आएपछि फेरि पनि खोप दिने काम भयो । खोप अभावको कारण यसअघि खोप दिने कार्य रोकिएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर दिनदिनै बढिरहेको बेला खोप सर्वसुलभ गरिनुपर्छ ।
अहिले १८ वर्षदेखि ५९ वर्षका नेपालीहरूलाई खोप दिने काम भइरहेको छ । यो राम्रो पक्ष हो । तर, सरकारले खोप दिने जनस्वास्थ्य केन्द्र र अस्पतालहरू थोरैमात्र तोकेको हुँदा केन्द्र र अस्पतालहरूमा खोप लगाउनेहरूको भीड लाग्यो । खोपको लागि पर्याप्त केन्द्र या अस्पताल तोकेको भए त्यति भीड हुँदैनथ्यो । भक्तपुरको जनस्वास्थ्य केन्द्र च्याम्हासिङ्ग र सिद्धि स्मृति अस्पताल भेलुखेलमा खोप लिनेहरूको भीड लाग्नु स्वाभाविक हो ।
भीड कम गर्न या त खोप दिने केन्द्र बढी हुनुपथ्र्यो या त खोप लगाउने समय फरक फरक गर्नुपथ्र्यो र खोप लगाउने जनशक्ति बढाउनुपथ्र्यो । खोप लिने केन्द्र थोरै राखेर जनशक्ति नबढाउने हो भने स्वभावतः भीड हुन्छ । खोप चाहेर पनि सबैले लिइसकेका छैनन् । ६० वर्षका नागरिकहरूलाई त खोप दिएकै छैन । ती उमेरका नागरिकहरू पनि खोप लिन आतुर छन् । उनीहरू प्रश्न गर्दै छन्, अरू उमेरका नागरिकहरूमात्र बचे पुग्छ, हामी मरे नि हुन्छ ? परिवारमा कुनै एक व्यक्तिलाई कोरोनाले छोयो भने आफैलाई सर्छ ।
हामी स्वास्थ्य मापदण्डको कुरा गर्छौँ । स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ भन्ने हामीलाई थाहा पनि छ । तर पनि पालना गरिरहेका हुँदैनौ । आजदेखि निषेधाज्ञा लागू भइसकेको छ । यो निषेधाज्ञामा पनि मापदण्ड पालना गरी खोप लगाउनु आवश्यक छ । बरू निषेधाज्ञाको बेला के–कस्तो मापदण्ड बनाउने र कसरी कार्यान्वयन गर्नेतर्फ ध्यान जानुपर्छ । यो बेला सरकारले कोभिडको खोपलाई सर्वसुलभ बनाउनुपर्छ । सबै नेपालीलाई खोप दिन सङ्ख्या पुगेन भने सरकारले माग्नुपर्छ । यस कार्यमा सरकार निरन्तर लाग्नुपर्छ ।
लकडाउन या निषेधाज्ञा लागू गरेकै आधारमा सरकारले आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु हुँदैन । यो पनि रोग फैलिन नदिने एउटा पाटो हो । निषेधाज्ञा भनेर पसलमा खाद्यान्न, दूध किन्न जान पाउने कि नपाउने ? भनपाले ट्याङ्करमार्फत वितरण भइरहेको पानी थाप्न जाने कि नजाने ? यस्तो अवस्थामा निषेधाज्ञा तोडेको आरोप लागेर कारबाहीमा पर्ने हो कि ¤ यसबारे सम्बन्धित निकायले स्पष्ट गर्नु आवश्यक छ ।
Leave a Reply