भगत सिंहको हातमा पुग्न नपाएको स्तालिनको निमन्त्रणापत्र
- आश्विन ११, २०८३
जिल्ला प्रशासन कार्यालय भक्तपुर, काठमाडौँ र ललितपुरले वैशाख १६ गतेदेखि २२ गतेसम्म संयुक्त निषेधाज्ञा जारी गरे । निषेधाज्ञा अवधिभर अत्यावश्यक काममा निस्कन सवारी पासको व्यवस्था गरिएको छ । अनलाइनमार्फत फाराम भराइयो तर, अनलाइन प्रक्रिया नमिलेर हो, अलमलमा परेँ वा कर्मचारीले काम गर्न नजानेको हो । वैशाख १६ गते अनलाइन प्रक्रियामार्फत पासका लागि सयौँ नागरिक जिल्ला प्रशासन कार्यालय धाए । त्यसमा म पनि पर्छु ।
अनलाइन भने पनि अनलाइन नभएर ‘कोभिड लाइन’ जस्तो भयो । भर्ने फाराममात्र अनलाइन अन्य काम कारबाही अफलाइन हुँदा पास लिनका लागि दिनभर ठेलमठेल गरँे । अनलाइन प्रक्रिया भनेको सेवाग्राही कार्यालयमा उपस्थित हुन नपर्ने हो । तर, कार्यालयको सूचनामा नै अनलाइनमा फाराम भरेर पासका लागि कार्यालयमा आउनु भन्ने उल्लेख भएकोले ठेलमठेल गर्नैप¥यो ¤ अनलाइन भनेपछि सबै सिस्टम अनलाइन नै हुनुपर्नेमा जिल्ला प्रशासन कार्यालयबाट भीड जम्मा गर्ने काम भएको धेरैको गुनासो रह्यो ।
सेवाग्राहीले फाराममा जे भरेको हो सोहीअनुसारको पास प्रिन्ट गरेर दिइयो । निषेधाज्ञाको समयमा पनि पासका लागि कार्यालयमै धाउनुपर्दा जिल्ला प्रशासन कार्यालय आफैले नियम तोड्नका लागि यस्तो सूचना जारी गरेको जस्तो देखियो । कार्यालयमा भीड जम्मा गर्नुको सट्टा फाराम अनलाइनमार्फत गरेजस्तै पास पनि अनलाइनमार्फत नै उपलब्ध गराउनुपर्ने हो । फाराममा के के प्रमाण कति सङ्ख्यामा चाहिने कुनै बन्दोबस्त उल्लेख छैन । फाराममा स्पष्ट नहुँदा धेरैले दुःख पाएजस्तै मैले पनि दुःख पाएरै पास लिएँ ।
निषेधाज्ञामा अति आवश्यक काममा मात्र पासको व्यवस्था हुन्छ । पासको व्यवस्था अनलाइनमार्फत हुने भनेपछि अनलाइनमार्फत नै फाराम भर्ने, प्रमाण पेश गर्ने, रुजु गरी स्वीकृत गर्ने र पास पनि अनलाइनबाटै पठाउने व्यवस्था गर्नु आवश्यक छ । जनतालाई नचाहिँदो दुःख दिनु हुन्न ।
Leave a Reply