साम्राज्यवादी नीतिको विरोध विश्वभर फैलिँदै
- आश्विन १०, २०८३
महामारीलाई गम्भीरतापूर्वक नलिने देशहरूको लागि भारत यतिबेला एउटा चेतावनी बनेको छ । सरकारले खराब दिन सकिएको घोषणा गरेको थियो । आज भारतले दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणको सामना गरिरहेको छ । अब अन्तर्राष्ट्रिय सहायताबाट मात्र भारतले यो अवस्थामा नियन्त्रण ल्याउन सक्नेछ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यो नयाँ लहर सामनाको तयारी गर्न नसकेको जो कोहीले स्वीकार्नै पर्छ ।
बरु बितेका केही महिनामा भारतीय जनतालाई महामारीको खराब समय सकिसकेको र यही वर्षको अन्त्यसम्ममा तथाकथित सामूहिक प्रतिरोध क्षमता (हर्ड इम्युनिटी) विकास भइसक्ने बताइएको थियो । तर, आज वास्तविकताको चित्र निकै फरक ढङ्गले देखियो ।
अप्रिल २६ मा मात्र झन्डै ३ लाख ५२ हजार ९९१ भारतीय जनतामा कोरोना सङ्क्रमण पुष्टि भयो । त्यो तथ्याङ्कले कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्यामा भारत नयाँ रेकर्ड राख्न सफल भयो । भारतमा १ करोड ७६ लाख मानिसलाई भाइरस सङ्क्रमित भएका छन् भने झन्डै दुई लाख मानिसको निधन भइसकेको छ । अहिले यी दुवै सङ्ख्यामा तीव्रतर वृद्धि भइरहेको छ । भारतको जनसङ्ख्या १ अर्ब ३० करोड छ । त्यस आधारमा भन्दा यो त्यत्ति ठुलो सङ्ख्या नदेखिन सक्छ । तर, भारतको अवस्था दिनानुदिन खराब बन्दै छ ।
भारतभरि अहिले अस्पतालहरूले खराब समय सामना गरिरहेका छन् । स्वास्थ्य प्रणाली पूर्णतः ध्वस्त बनेको छ । राजधानी नयाँ दिल्लीको अवस्था त झन् खराब बनेको छ । धेरै अस्पतालमा मेडिकल अक्सिजन र औषधिको चरम अभाव भएको छ । सङ्क्रमितको सङ्ख्या जहिल्यै पनि अनुमानको भरमा चलिरहेको छ ।
यो सङ्कट निम्तिनुका धेरै कारण छन् । पहिलो छ, अहिले फैलिरहेको भाइरस कोरोना भाइरसको नयाँ प्रजाति बी.१.६१७ हो । दोहोरो उत्परिवर्तन भएको यो प्रजाति पहिलाको कोरोना भाइरसभन्दा बढी सङ्क्रामक भएको र प्रतिरोध क्षमतालाई कमजोर बनाउने गर्दछ । त्यसकारण पनि भारतमा सङ्क्रमितको सङ्ख्या अझ बढेको बताइएको छ ।
तर, पछिल्ला महिनामा यो भाइरस तीव्रगतिमा फैलिन सक्नुको मुख्य कारण उत्परिवर्तनमात्र भने होइन । बरु, महामारी र दोस्रो लहरको सम्भावनाबीच भारतमा विभिन्न खेलकुद, धार्मिक र राजनीतिक कार्यक्रमहरू गर्न सरकारले अनुमति दिनु नै अहिलेको अवस्थाको मूल कारण हो ।
अघिल्लो वर्ष कडाइका साथ पालना गरिएका सावधानीको उपायमा खुकुलो गर्दा पनि अवस्था बिग्रिएको हो । मानिसहरू बिस्तारै आत्मतुष्टिमा रमाउने भए । कोभिड–१९ प्रतिरोधको लागि सरकारले बनाएका अस्थायी एकान्तवास केन्द्र बन्द भए । आपसी दुरी र लकडाउनका नियमहरूको पालना बन्द गरियो । मास्क लगाउने नियम त प्रायःले त्यागे ।
कोभिड–१९ को सङ्क्रमण झन्डै समाप्तिको नजिक पुग्दै गर्दा भारतमा बृहत् खोप अभियान आरम्भ भयो । भारतले छरछिमेकलाई पनि खोप उपलब्ध गराउन थाल्यो ।
सरकारले सङ्कट व्यवस्थापनमा काम गरिरहेको भनी सबै ढुक्क बसेको बेला भाइरसको नयाँ प्रजाति फैलियो । सरकारले नयाँ लहरलाई रोक्न त सक्दैनथ्यो । तथापि, सरकारले नयाँ लहरलाई न्युनाङ्कन गर्ने गल्ती ग¥यो ।
उदाहरणको लागि जनवरीदेखि अप्रिलको मध्यसम्ममा भएको एउटा धार्मिक मेलामा २ करोड ५० लाख तीर्थालुहरू मास्क नलगाएरै सामेल भए । धेरै राज्यहरूमा चुनावी प्रचार अभियानहरू भए । प्रधानमन्त्री आफै सहभागी बनेको कोलकोत्ताको सभामा झन्डै आठ लाख मानिस सहभागी थिए ।
अप्रिल २० मा आएरमात्र मोदीले बल्ल मानिसलाई अर्को लकडाउन हुन नदिन घरमै बस्न आग्रह गरे । एउटा सार्वजनिक सम्बोधनमा उनले दोस्रो लहरले देशलाई ‘आँधीबेहरीले जस्तै’ हल्लाएको बताएका थिए ।
दुःखको कुरा उनले त्यसो भन्दै गर्दा समय निकै घर्किसकेको थियो ।
परिणाम ? भारतको स्वास्थ्य प्रणाली कोरोना भाइरसको कारण क्षतविक्षत बन्यो । दशकौँदेखि न्यून बजेटले चलिरहेको स्वास्थ्य प्रणालीले कोभिड–१९ का बिरामीहरूको ठुलो सङ्ख्या धान्नै सकेन । अक्सिजनको अभाव भयो । शøया र औषधिको कमी भयो । चिकित्सक र स्वास्थ्यकर्मीहरू सुत्न पाएका छैनन् । उनीहरू शक्तिहीन बन्दै छन् । अस्पतालमा प्रयोग गरिने विभिन्न सामग्रीहरू कमजोर र सीमित छन् । गत साता नासिकमा अक्सिजन आपूर्तिमा चुहावट हुँदा भेन्टिलेटर नचलेर २२ जना बिरामीहरूको निधन भयो । भारतको आजको भयावह अवस्थाको यो एउटा उदाहरणमात्र हो ।
राम्रो कुरा, अहिले भारतलाई विभिन्न देश र सङ्गठनहरूले सहायताको लागि हात बढाइसकेको छ ।
चीन, बेलायत, जर्मनी, संरा अमेरिका र विश्व स्वास्थ्य सङ्गठन र अन्य केही देश र सङ्गठनले भारतलाई भेन्टिलेटरलगायत चिकित्सकीय सामग्री उपलब्ध गराउने भएका छन् ।
मोदीको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को लागि अहिले सामना गरिरहनु परेको आलोचनालाई चुनौतीको रूपमा लिन सक्छ । केही समयअघि मात्र ६ करोडभन्दा बढी खोप निर्यात गर्ने र भारतमै ५ करोड खोप वितरण गर्ने देश अहिले विदेशसमक्ष हात फैलाउन बाध्य भयो भन्नेमा भाजपाका समर्थकहरू आश्चर्यमा परेका हुनसक्छन् ।
भारतमा फैलिएको सङ्कट महामारीलाई न्यूनाङ्कन गर्दा र आवश्यक पूर्वतयारी नगर्दा के हालत हुन्छ भन्ने कुराको सचेतकर्ता बनेको छ । भाइरसले लगातार रूप परिवर्तन गरिरहेको र प्रतिरोध क्षमता क्रमशः कमजोर बन्दै गएको अवस्थामा आगामी केही महिनाको लागि मूल विचार यस्तो हुन सक्छः पछुताउनुभन्दा सुरक्षित रहनुहोला ¤
(लेखक लण्डनका राजनीतिक विश्लेषक र टिप्पणीकर्ता हुनुहुन्छ ।)
स्रोत ः सीजीटीएन
नेपाली अनुवाद ः सुशिला
Leave a Reply