मजदुरहरूबिच कार्ल माक्र्सको २०८ औँ जन्म जयन्ती
- बैशाख ३०, २०८३
काठमाडौँ, १८ वैशाख । शनिबार थप पाँच हजार ७६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्या मन्त्रालयका अनुसार कुल १४ हजार ९६९ नमुना परीक्षण गरिएकोमा उक्त सङ्ख्यामा कोभिड–१९ पुष्टि भएको हो । यस्तै, उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक हजार २८७ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर ४० हजार १०३ जना होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा तीन हजार ११० रहेका छन् । पछिल्ला २४ घण्टामा दुई हजार ४५५ महिला र तीन हजार २५१ पुरूष सङ्क्रमित भएका छन् । काठमाडौँमा एक हजार ९३२ जना सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ । भक्तपुरमा २०८ र ललितपुरमा ३५५ सङ्क्रमित फेला परेका छन् । यस्तै ४०१ जना आईसीयूमा उपचाररत ११० जना भेन्टिलेटरमा छन् । आईसीयू शय्याको कुल सङ्ख्या एक हजार २०३ र ५०८ भेन्टिलेटर छन् । रासस
Leave a Reply