भर्खरै :

स्वास्थ्य सङ्कटकाल घोषणा गर्न अप्ठ्यारो किन ?

यतिखेर कोरोना महामारीले नेपाली जनता आक्रान्त छन् । कोभिड–१९ बाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या देशमा दिनहुँ बढ्दै छ । बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौँ उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिए पनि सङ्क्रमितको सङ्ख्या भने बढ्दो छ ।
नेपालमा कोभिड सङ्क्रमणको दर विश्वमै सबैभन्दा उच्च रहेको विज्ञहरूले औँल्याएका छन् । एकजना सङ्क्रमितबाट औसतमा कति जनालाई सङ्क्रमण भइरहेको रहेछ भन्ने आर सङ्ख्याले जनाउने विज्ञहरूले जनाएका छन् । सङ्क्रामक रोग बढिरहेको छ कि छैन भन्ने थाहा दिने सूचकलाई वैज्ञानिकहरू ‘आर’ भन्छन् । नेपालमा अहिले ‘आर’ सङ्ख्या २.५ को हाराहारीमा छ । यो संसारकै उच्च भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बेलैमा यो दर नियन्त्रण गर्न नसके थप जटिलता उत्पन्न हुने बताइएको छ । यही गतिमा सङ्क्रमण फैलिए हाम्रो देशमा पनि अक्सिजन नपाउने अवस्था आउने चेतावनी विज्ञ चिकित्सकहरूले दिइरहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण उच्च गतिमा बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न शøया उपलब्ध गराउन नसकिने स्पष्ट पारिसकेको छ । पछिल्ला दिनमा अस्पतालमा शøया, आईसीयू, भेन्टिलेटर भरिएका छन् । शøयाको अभावमा बिरामीलाई बाहिरै राखेर उपचार गर्न अस्पतालहरू बाध्य छन् । अब थेग्नै नसक्ने अवस्थामा पुगेको बिरामीको उपचारमा संलग्न डाक्टरहरू पनि बताउँछन् । केन्द्र सरकारले प्रदेश प्रदेशमा एक एक हजार शय्याको अस्पताल निर्माण गर्नलाई निर्देशन त दिइसकेको छ तर त्यहाँ काम गर्ने जनशक्ति कहाँबाट जुटाउने हो ? त्यसको गृहकार्य गरिसकेको लाग्दैन ।

स्वास्थ्य सङ्कटकाल राजनीतिक सङ्कटकालको रूपमा बुझ्नु उचित होइन । जनस्वास्थ्यमा गम्भीर समस्या देखिएमा, महामारीको अवस्था आएमा जनस्वास्थ्य ऐनमा सङ्कटकाल लगाउन सकिने व्यवस्था छ । सरकारलाई काम गर्नका लागि सजिलो होस् भनेर स्वास्थ्य सङ्कटकाल लगाइने हो । नागरिक हक र मौलिक हकमा प्रतिकूल असर नपर्ने गरी स्वास्थ्य सङ्कटकाल घोषणा गरिन्छ । यो सङ्कटकाल राजनीतिक कारणले घोषणा गर्न लागिएको जस्तो होइन । निजी क्षेत्रका संरचना अथवा सम्पत्तिहरू केही समयका लागि सरकारले लिन सक्छ । जस्तैः निजी अस्पताल, होटल, लज, पार्टी प्यालेस, विद्यालय, कलेज वा व्यक्तिको घर । कुन–कुन वस्तु वा सेवामा कसरी सरकारले आफ्नो नियन्त्रण कायम गर्छ ? त्यो सङ्कटकालको आदेशमा भर पर्छ ।

जिल्ला – जिल्लाको कुरै छोडौँ, गम्भीर अवस्थामा पुगेका सङ्क्रमितले अस्पताल जानका लागि एम्बुलेन्स पाउन सकिरहेका छैनन् । अस्पतालहरूमा उपयुक्त उपचार आवश्यक सहयोग नपाएको जनगुनासो बढ्दै छ । निजी अस्पताल र मेडिकल कलेजहरूले कोरोना सङ्क्रमितहरूको उपचार गर्न सरकारले दिएको निर्देशन र जनताको आग्रह मानिरहेका छैनन् । कतिपय अस्पतालले तोकेको क्याबिन र शøयाको शुल्क सर्वसाधारण नागरिकले जिब्रो टोक्नुपर्ने खालको महँगो छ । कतिपय होटलले आइसोलेसन सेन्टरको सेवा दिने नाममा थालेको व्यवसायमा कोठाको शुल्क नेपाली नागरिकहरूले तिर्नसक्ने खालको छैन । कोरोना सङ्क्रमित भई दुर्गम जिल्ला र क्षेत्रबाट सहरका अस्पतालमा उपचारका लागि हेलिकप्टरको सेवा लिँदा दुई लाखभन्दा बढी शुल्क लिइरहेको खबर सार्वजनिक भइरहेका छन् । यसले देशमा स्वास्थ्य सङ्कटकाल लगाउनुपर्ने अवस्थालाई सङ्केत गर्दछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सङ्कटकाल लगाउने विषयमा गृहकार्य थालेको बताइन्छ तर सरकार हिच्किचाइरहेको स्थिति छ । निषेधाज्ञा लगाएर पनि महामारी नियन्त्रण गर्न कठिन बन्दै गएकोले स्वास्थ्य सङ्कटकालको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने मन्त्रालयले तयारी गरेको बताइन्छ । कोरोनाको पहिलो लहरमा पनि मन्त्रालयले स्वास्थ्य सङ्कटकालको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । तर, पास भएको थिएन । देशमा स्वास्थ्य सङ्कट आएको अवस्थामा स्वास्थ्य सङ्कटकाल घोषणा गर्न अप्ठयारो किन ?
स्वास्थ्य सङ्कटकाल राजनीतिक सङ्कटकालको रूपमा बुझ्नु उचित होइन । जनस्वास्थ्यमा गम्भीर समस्या देखिएमा, महामारीको अवस्था आएमा जनस्वास्थ्य ऐनमा सङ्कटकाल लगाउन सकिने व्यवस्था छ । सरकारलाई काम गर्नका लागि सजिलो होस् भनेर स्वास्थ्य सङ्कटकाल लगाइने हो । नागरिक हक र मौलिक हकमा प्रतिकूल असर नपर्ने गरी स्वास्थ्य सङ्कटकाल घोषणा गरिन्छ । यो सङ्कटकाल राजनीतिक कारणले घोषणा गर्न लागिएको जस्तो होइन । निजी क्षेत्रका संरचना अथवा सम्पत्तिहरू केही समयका लागि सरकारले लिन सक्छ । जस्तैः निजी अस्पताल, होटल, लज, पार्टी प्यालेस, विद्यालय, कलेज वा व्यक्तिको घर । कुन–कुन वस्तु वा सेवामा कसरी सरकारले आफ्नो नियन्त्रण कायम गर्छ ? त्यो सङ्कटकालको आदेशमा भर पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *