भर्खरै :

भक्तपुर जिल्ला बचत सङ्घको स्थापना दिवस

भक्तपुर, २१ वैशाख । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को १७ औँ स्थापना दिवसको उपलक्ष्यमा ‘प्रदेश सहकारी नियमावली २०७६ तथा मापदण्ड २०७७’ विषयक भर्चुएल अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कँडेलले अहिलेको विषम परिस्थितिमा जीवन रक्षालाई प्राथमिकतासाथ अगाडि बढाउन आग्रह गर्दै सङ्घीय ऐन र नियमावलीमा कति दफा अव्यवहारिक र सहकारी मैत्री नभएको बुँदा संशोधनका लागि पहल गर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष परितोष पौड्यालले हालको विषम परिस्थितिसँग सामना शक्ति विकास गर्न सञ्जाल व्यवस्थापनलाई जोड दिई शेयर एन्ड पुल नेटवर्कको अवधारणाको विकास गर्नुपर्ने विचार राख्नुभयो ।
सङ्घका अध्यक्ष कृष्ष्णगोविन्द लाखाजुको सभापतित्वमा भएको कार्यक्रममा उहाँले प्रदेश नियमावलीको प्रस्तुतीकरण गर्दै सङ्घीय नियमावली र प्रदेश नियमावलीको फरक बुँदाहरूको चर्चा गर्नुभयो । यसरी बाँझिएका र अव्यवहारिक कानुनहरूको सुधारका लागि ध्यान आर्कषण गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी सङ्घका उपाध्यक्ष कुष्णबहादुर घजु, संस्थापक अध्यक्ष राजेन्द्र दुमरु, सङ्घका उपाध्यक्ष हरि बल्ल, सचिव जगनाथ प्रजापति, बालकृष्ण धोजु, धनुषा जिल्ला बचत सङ्घका अध्यक्ष धु्रवनारायण यादव र मकवानपुर बचत सङ्घका अध्यक्ष कल्पना श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *