भर्खरै :

पश्चिम बङ्गालमा चुनावपछिको हिंसा

नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी ममता बेनर्जीको त्रिणमुल काङ्ग्रेस (टीएमसी) को हातबाट पराजित भएको समाचार सञ्चारमाध्यममा प्रसारण हुन थालेको २४ घण्टा नहुँदै तिनलाई त्रिणमुलका कार्यकर्ताहरूले फैलाएको हिंसाका समाचारले विस्थापित गरेको के आश्चर्यको विषय होइन र ?
ममता बेनर्जीको एक्लो बलमा भाजपा र केन्द्रीय सरकारी निकायको शक्तिलाई पराजित गरेकोमा ताली बज्नमात्र के सुरु भएको थियो, गुण्डा दलको नेतृत्व गरेको भन्दै ममताको भत्र्सना गर्ने अवसर जनताले पाएका छन् । तेस्रो कार्यकालको लागि ममता बेनर्जीले पदको सपथग्रहण पनि गर्न नपाउँदै पश्चिम बङ्गालमा राष्ट्रपति शासन लागु गर्नुपर्ने माग उठ्न थालेको छ । के ममताले यही चाहेकी हुन् ? आफ्नो सानदार विजयमाथि जनताको चर्चालाई मोड्दै आफ्ना पार्टी सदस्यलाई हिंसामा उतार्ने के उनी आक्रामक छिन् ?
खास कुरा यतिमात्र हो वा यसमा अरू पनि केही कुरा छन् ?

भाजपा र भाजपा समर्थित सेलिब्रिटीहरूले चुनावपछिको हिंसालाई ‘साम्प्रदायिक’ को रङ पोतेर त्यसबाट लाभ उठाउन खोजिरहेका छन् । बलिउड कलाकार कङ्गना रनावतले पश्चिम बङ्गालमा सन् २००२ मा गुजरातमा भएजस्तो हिंसा दोहो¥याउन नरेन्द्र मोदीलाई आह्वान गरिन् । उनले मोदीले आफ्नो वास्तविक ‘विराट रूप’ देखाउन आग्रह गरिन् । चुनावमा पराजित भएका एक जना पूर्व पत्रकारले पनि चुनावपछि भएको हिंसालाई साम्प्रदायिकताको रङ भर्न खोजे ।

चुनावको परिणाम घोषणा भएसँगै पश्चिम बङ्गालका केही भागमा हिंसा उत्कर्षमा पुग्यो । यो विषयमा कुनै सन्देह छैन । यसरी हिंसा भड्काउने अधिकांश मानिस राज्यसभाको चुनावमा निकै सानदार विजय हासिल गर्न सफल त्रिणमुल काङ्ग्रेसकै सदस्यहरू भएको आरोप लगाइएको छ । तथापि, स्थानीय समाचार स्रोतअनुसार हिंसा एक पक्षीयरूपमा मात्र भएको थिएन । दुवै भाजपा र त्रिणमुल काङ्ग्रेस हिंसाको मैदानमा होमिएको देखिन्छ । चुनावपछि फैलिएको हिंसामा हालसम्म एघार जना भारतीयले ज्यान गुमाइसकेका छन् । मारिएका एघार जनामा दुवै दलका आधा–आधा परेका छन् । भारतीय धर्मनिरपेक्ष मोर्चाको एक जना सदस्य वा समर्थक पनि मारिएको बताइएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) र अन्य केही वामपन्थी दलका समर्थकहरूविरुद्ध पनि हिंसा भएका छन् ।
भाजपा र भाजपा समर्थित सेलिब्रिटीहरूले चुनावपछिको हिंसालाई ‘साम्प्रदायिक’ को रङ पोतेर त्यसबाट लाभ उठाउन खोजिरहेका छन् । बलिउड कलाकार कङ्गना रनावतले पश्चिम बङ्गालमा सन् २००२ मा गुजरातमा भएजस्तो हिंसा दोहो¥याउन नरेन्द्र मोदीलाई आह्वान गरिन् । उनले मोदीले आफ्नो वास्तविक ‘विराट रूप’ देखाउन आग्रह गरिन् । चुनावमा पराजित भएका एक जना पूर्व पत्रकारले पनि चुनावपछि भएको हिंसालाई साम्प्रदायिकताको रङ भर्न खोजे । भाजपाका अर्का एक जना नेताले पनि कुनै अज्ञात स्थलको भिडियो राखेर मुसलमान गुण्डाहरूबाट हिन्दूहरूमाथि सघन हमला भइरहेको र हिन्दू महिलाहरूलाई पनि मुसलमान गुण्डाहरूले हातपात गरिरहेको भनी ट्वीट गरे । हिन्दूहरूलाई उत्तेजित बनाउनु नै यस्तो ट्वीट गरेको कुरा बुझ्न गा¥हो छैन ।
आफ्ना कार्यकर्ता र समर्थकहरूमाथि हमलाको विरोधमा भाजपाले देशव्यापी धर्नाको लागि आह्वान गरिसकेको छ । भाजपाका सभापतिले अवस्था बुझ्न पश्चिम बङ्गालको भ्रमण गरेका छन् । यसैबीच हिंसाबारे केन्द्रीय अनुसन्धान विभागबाट अनुसन्धानको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
भाजपाको पश्चिम बङ्गालका सभापति दिलिप घोषले ‘बङ्गालमा हिंसा कुनै नयाँ कुरा नभएको’ स्वीकार्दै अहिलेको चुनावी हिंसालाई अस्वाभाविक मान्नु रोचक छ । “चुनावको परिणामपछि सबैतिर थोरै उत्साह देखियो । तर, चुनावको परिणाम सार्वजनिक भएको चौबीस घण्टा पनि नबित्दै ६ जना मानिस मारिए । हजारौँ घरमा आगो लगाइयो, आक्रमण गरियो । हरेक चुनावी क्षेत्रबाट हामीले त्यस्तै खबर पाइरहेका छौँ”, घोषले भने ।
भाजपा प्रमुखले राजनीतिक हिंसाको विरोध गरेका छैनन् । उनी आफैले धेरै पटक हिंसाको धम्की दिएका छन् । चुनावी अभियानको क्रममा नै उनले बुद्धिजीवीहरू राजनीतिमा संलग्न भए सिध्याइदिने धम्की दिएका थिए । उत्तर प्रदेशका मुख्य मन्त्रीलगायत भाजपाका नेताहरूले पनि हिंसाबारे खुलारूपमा यसरी नै कुरा गरेका थिए । उत्तर प्रदेशका मुख्यमन्त्रीले ‘चुनावपछि त्रिणमुल काङ्ग्रेसका गुण्डाहरूको जीवनदान माग्ने’ बताएका थिए । घोषले चुनावपछि त्रिणमुल काङ्ग्रेसका सदस्यहरूले हड्डी भाँच्ने धम्की दिएका थिए ।
चुनावअघि भाजपा नेताहरू चुुनावमा आफ्नो विजय हुने पक्का ठानेका थिए । तर, परिणाम त्यस्तो आएन । पहिलेको चुनावको तुलनामा भाजपाले आफ्नो अवस्थामा सुधार ग¥यो । तर, उसको नराम्रो पराजय भयो । भाजपाको चुनावी कार्यक्रम ज्यादै साम्प्रदायिक र हिंसात्मक थियो । चुनावी अभियान यस्तो थियो, मानौँ त्यो युद्ध थियो । चुनावको परिणाम सहजरूपमा स्वीकारिएन । भाजपालाई आफ्नो पराजय स्वीकार्न कठिन भयो । पश्चिम बङ्गालका जनताले गलत निर्णय गरेको उनीहरूको बुझाइ रह्यो ।
के त्यसो भए त्रिणमुल काङ्ग्रेसको सानदार विजयलाई अवैधानिक बनाउन भाजपाले हिंसालाई बहानाको रूपमा प्रयोग गर्न खोजिरहेको हो त ? पक्कै पनि । धेरै ठाउँका हिंसात्मक गतिविधिमा त्रिणमुल काङ्ग्रेसको संलग्नतालाई अस्वीकार गर्न सकिन्न । तर, धेरै ठाउँमा त्रिणमुल काङ्ग्रेसका मानिसहरू पनि मारिएका छन् । त्यसकारण, हिंसा पक्कै पनि एकपक्षीय थिएन । पश्चिम बङ्गालमा भएका घटनाक्रम नजिकबाट निकालिरहेका आदित्य निगमले चेतावनी दिए, “स्थानीय स्तरमा त्रिणमुल काङ्ग्रेस पक्षधर गुण्डा र ग्याङस्टर (जो प्रायशः पहिला भाकपा–माक्र्सवादीमा थिए) ले त्रिणमुल काङ्ग्रेस पार्टीबाट स्वतन्त्र भएर गतिविधि गरिरहेको देखिन्छ । त्यस्ता ठाउँमा पहिलेजस्तै अहिले पनि हिंसा भएको देखिन्छ । स्थानीय स्तरमा कसको दबदबा चलाउने विषयमा चर्किएको द्वन्द्वको कारण भाकपा (माक्र्सवादी) र भाजपाका कार्यालयहरूमा हमला हुन थालेको समाचार आइरहेका छन् । यस्तै अवस्था कायम रहे त्यसको सबभन्दा बढी फाइदा भाजपाले उठाउनेछ किनभने ऊ नै अहिलेको एउटै प्रतिपक्ष बनेको छ । ममता बेनर्जीले तत्काल सबै घटनाक्रम रोक्न जरुरी छ ।”
ममताले शान्तिको लागि आह्वान गरिसकेकी छिन् । उनले आफ्ना पार्टी सदस्यहरूलाई उत्तेजना नफैलाउन र बढी उत्तेजित नहुन आग्रह गरिसकिन् । तर, उनको अपिल खास प्रभावकारी भएजस्तो देखिँदैन । तथापि दोष त उनकै दलमाथि लाग्ने भएकाले उनी आफैं हिंसा रोक्न प्रभावित स्थलमा जानु कति उपयुक्त होला ?
सबै निकायमा निर्वाचन आयोगको नियन्त्रण भएकोले त्यहाँको प्रहरी प्रशासनमा ममताको पनि पूर्ण नियन्त्रण नभएको केही मानिसको भनाइ छ । प्रहरी प्रशासन प्रमुखले गभर्नरसमक्ष नियमित जानकारी दिने गरेको हामी देखिरहेका छौँ । केन्द्र सरकारले पनि त्यहाँको रिपोर्ट लिने गरेको छ ।
हिंसाका पुराना श्रव्यदृश्य (कति त अन्य राज्यका समेत) वितरण गरेर विशेषतः हिन्दुहरूको दिमागलाई उत्तेजित बनाउने काम भइरहेको छ । उदाहरणको लागि उडिसा वा दिल्लीमा भएको हिंसाको श्रव्यदृश्य वितरण भइरहेको देखिन्छ । भाकपा (माले) का स्थानीय कार्यकर्ताले अवस्थाको नजिकबाट निगरानी गरिरहेका छन् । आगजनी, बमवारी र हत्याबारे झूटा समाचार प्रसारण गरिएका छन् । बिहार र उत्तर प्रदेशबाट समेत गुण्डा झिकाएर हिंसा फैलाइएको छ । गत वर्ष दिल्लीमा हिंसा फैलाउन बाहिरबाट मान्छे झिकाइएको खबर अहिले स्मरणयोग्य छ ।
भाजपा पश्चिम बङ्गालका नेतासमेतले त्यहाँ हिंसा सामान्य मानेको अवस्थामा अहिले भड्किएको हिंसालाई साम्प्रदायिक हिंसा भनी प्रचार गरिएको छ । यस्तो प्रचारको मुख्य निशाना पश्चिम बङ्गाल होइन । यसको मुख्य लक्ष्य त पश्चिम बङ्गालबाहिरका भाजपाका नियन्त्रण क्षेत्र हुन् । भाजपाले चुनाव नजिते हिन्दुहरूको अवस्था के हुन्छ भनी ती क्षेत्रका जनतालाई देखाउनु नै अहिलेको प्रचारको मुल लक्ष्य देखिन्छ । भाजपाको पराजय मानिसलाई भुलाउनमात्र होइन, बरु अहिले फैलिंदो महामारीबीच साम्प्रदायिक हिंसा भड्काउनु नै यसको मुख्य ध्येय हो । यसले भाजपाका समर्थकहरूलाई ऊर्जा दिनेछ । केन्द्रीय सरकारको कुशासन र उच्च नेताहरूबाट प्रणालीको पूर्णतः गलत व्यवस्थापनको कारण अहिले कतिपय भाजपाका समर्थकहरू निराश बनेका छन् ।
तर, एकपक्षीय होस् वा दुईपक्षीय, साम्प्रदायिकताप्रति लक्षित होस् वा नहोस्, यस्तो हिंसालाई रोक्न जरुरी छ । यसमा ममता बेनर्जीको सबभन्दा ठुलो भूमिका हुन सक्छ । चुनावमा पराजित बनेका वामपन्थी दल र काङ्ग्रेस पार्टी पनि पश्चिम बङ्गालका जनताप्रति दायित्वबाट मुक्त हुनसक्दैनन् । उनीहरू पनि भाकपा (माले) जस्तै सक्रियतापूर्वक अघि बढ्न जरुरी छ र शान्ति अभियान थाल्नुपर्छ । नागरिक समाजको भागमा आफ्नै खालको भूमिका छ नै । सत्य बोल्नु र सबै खालका हिंसा –साम्प्रदायिक, पार्टीगत र बौद्धिक हिंसाको विरोधमा दृढतापूर्वक उभिनुपर्छ ।
मुख्यमन्त्रीको हैसियतमा हिंसा रोक्ने मूल जिम्मेवारी त ममता बेनर्जीकै हो । उनी एक जना शक्तिशाली लडाकुको रूपमा उदाएकी छिन् । उनले घृणा र हिंसाको राजनीतिलाई हालै पराजित गरेकी छिन् । आफ्नो विजय भयो भन्दैमा के उनले आफ्ना कार्यकर्तालाई हिंसामा उत्रने छुट दिन सक्छिन् र ? कुनै पनि प्रकारको हिंसालाई निषेध गरिनुपर्छ । प्रतिशोधपूर्ण हिंसालाई सही ठह¥याउन विगतको काल्पनिक होस् वा वास्तविक सम्बन्ध जोड्नु ठीक होइन । पश्चिम बङ्गालमा हिंसाको इतिहासको विश्लेषण गर्ने समय यो होइन । हामीले पश्चिम बङ्गालमा हिंसाको चक्र अन्त्य गर्न माग गर्नुपर्छ । त्यसको नेतृत्व ममता बेनर्जीले गर्नुपर्छ ।
स्रोत : द वायर
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *