सामाजिक सञ्जालको प्रभाव : अवसर र चुनौती
- बैशाख ३०, २०८३
खोप नभए सङ्क्रामक रोग कति चाँडै फैलिन सक्छ भन्ने कुराको प्रस्ट उदाहरण हो–कोभिड–१९ महामारी । अनि सङ्क्रामक रोगले स्वास्थ्य, आर्थिक र सामाजिक प्रणालीमा कतिसम्म क्षति पु¥याउन सक्छ भन्ने कुरा पनि यो महामारीले हामीलाई घामजत्तिकै छर्लङ्ग बनाएको छ । मानिसलाई स्वस्थ्य बनाउन खोपले कस्तो योगदान गरिरहेको छ भन्ने कुरा स्वास्थ्य क्षेत्रमा लागेका संसारमा मान्छेहरूले बाहेक त्यत्ति अनुभव गरिरहेको हुँदैन । सत्य के हो भने हरेक वर्ष करोडौँ करोड जनताको ज्यान खोपले जोगाइरहेको हुन्छ । खोप मानिसले गरेको सर्वोत्कृष्ट र सर्वाधिक सफल आविष्कारमध्ये एउटा हो । अझै पनि संसारका झन्डै दुई करोड बालबालिकाले पाउनुपर्ने खोप पाउन सकेका छैनन् । कोभिड–१९ महामारीको कारण बालबालिकाले पाउनुपर्ने खोप नपाउने सम्भावना अझ बढेको छ ।
अफ्रिकाका बालबालिकाको स्वास्थ्य सुधार गर्ने सबभन्दा प्रभावशाली हतियार भनेको खोप नै हो । पछिल्ला केही दशकमा खोप अभियान प्रभावकारी भएकोले पाठेघरको क्यान्सर, हेपाटाइटिस, इबोला र मेनिन्जाइटिस ‘ए’ रोग लाग्नेको सङ्ख्या न्यून भएको देखिएको छ । सन् २०२० को अगस्टमा अफ्रिकाले आफूलाई पोलियो रोगबाट मुक्त घोषणा ग¥यो । चालीस वर्षअघि अफ्रिका बिफर रोगबाट मुक्त भएको थियो । अफ्रिकाबाट बिदा हुने दोस्रो रोग पोलियो बनेको छ । त्यही क्रममा निमोनिया, रोटाभाइरस र विभिन्न रोगबाट मुक्त गर्न अफ्रिकामा विभिन्न गरी खोप अभियान सञ्चालन गरिरहेको छ ।
कोभिड–१९ को सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा भए यता खोपलगायत अत्यावश्यक स्वास्थ्य कार्यक्रमहरूमा पहुँच सीमित बनेको छ । महामारीअघि अफ्रिकाका पाँच बालबालिकामध्ये एक जना दादुरा, मेनिन्जाइटिस र जन्डिसजस्ता खतरानाक रोगबाट असुरक्षित थिए । तर, गत वर्ष अफ्रिकाका कम्तीमा पन्ध्र देशमा नियमित खोप कार्यक्रम स्थगित भयो । परिणामतः अफ्रिकामा दादुरा, हैजा, जन्डिस र इबोलाजस्ता रोगको सङ्क्रमण फैलिएको छ । रोग फैलिन थालेपछि धेरै देशले खोप लगाउने नियमित कार्यक्रम र पूरक खोप अभियान सञ्चालन गरेका छन् । तर, यो वर्ष खोप लगाउने बालबालिकाको दर २–३ प्रतिशतले घटेको छ ।
अफ्रिकाका बालबालिकाको स्वास्थ्य सुधार गर्ने सबभन्दा प्रभावशाली हतियार भनेको खोप नै हो । पछिल्ला केही दशकमा खोप अभियान प्रभावकारी भएकोले पाठेघरको क्यान्सर, हेपाटाइटिस, इबोला र मेनिन्जाइटिस ‘ए’ रोग लाग्नेको सङ्ख्या न्यून भएको देखिएको छ । सन् २०२० को अगस्टमा अफ्रिकाले आफूलाई पोलियो रोगबाट मुक्त घोषणा ग¥यो । चालीस वर्षअघि अफ्रिका बिफर रोगबाट मुक्त भएको थियो । अफ्रिकाबाट बिदा हुने दोस्रो रोग पोलियो बनेको छ । त्यही क्रममा निमोनिया, रोटाभाइरस र विभिन्न रोगबाट मुक्त गर्न अफ्रिकामा विभिन्न गरी खोप अभियान सञ्चालन गरिरहेको छ । अफ्रिकामा प्राप्त विजय खोपको महत्व दर्शाउने शक्तिशाली आधार हो । त्यति महत्वपूर्ण खोपलाई हामी कदापि गुमाउन सक्दैनौँ ।
यो वर्ष ‘खोपले हामीलाई नजिक ल्याउँछ’ भन्ने मूल नाराका साथ अप्रिल २४ देखि ३० सम्म अफ्रिका खोप सप्ताह आयोजना भयो । यो खोप सप्ताह संसारको सबभन्दा जोखिममा रहेको मानव तप्काको लागि सुरक्षित विश्व बनाउन हामीले हासिल गरेका उपलब्धि प्रतिबिम्बित गर्ने अवसर बनेको छ । त्यस्तै पोलियो भाइरस अब संसारको लागि कुनै खतरा नभएको उपलब्धि देखाउने पनि यो अवसर बनेको छ । सबै अफ्रिकी बालबालिका खोप लगाए जोगाउन सकिने रोगहरूको कुनै खतराबिना हुर्किरहेको र उनीहरू अझ लामो जीवन बाँच्न सक्ने विश्व बनाउन हामी सफल भएको वास्तविकता पनि त्यो अभियानले उजागर गरेको छ ।
कोभिड–१९ को कारण हामी केही ढिला पक्कै भएका छौँ । तर, संसारको गति रोक्न हामी सक्दैनौँ । जहाँनिर पोखिएको हो, त्यहींबाट संसार बनाउने मौका हामीलाई सधैँ प्राप्त छ । खोप लगाउँदा नलाग्ने रोगबाट हुने मृत्यु र अपाङ्गताबाट हामीले अहिले र भावी पुस्तालाई जोगाउन सक्छौँ ।
नियमित खोपमा पहुँच बढाएर देशहरूले आफ्ना जनताको स्वास्थ्य अवस्थामा सुधार गर्नसक्छौँ र संसारकै स्वास्थ्य पहुँच बिस्तारको उपलब्धि हासिल गर्नसक्छौँ । खोप अभियानले आर्थिक अवस्थामा सुधार ल्याउन पनि मद्दत गरिरहेको हुन्छ । बालबालिकालाई खोप लगाउन खर्च हुनेप्रति एक डलरको ४४ अमेरिकी डलर बराबरको आर्थिक उपलब्धि हासिल हुने अनुमान गरिएको छ । फलतः खोप सबभन्दा प्रभावकारी र सबभन्दा लाभदायक स्वास्थ्य औजार बनेको छ ।
सन् २०१७ को जनवरीमा अफ्रिकी देशका राष्ट्र प्रमुखहरूले खोपबारे अडिस घोषणापत्र जारी गरेर उनीहरूले भावी खोप कार्यक्रमको लागि जग राख्ने काम गरे । त्यसपछि अफ्रिकाका मानिस जो जहाँ भए पनि उनीहरूलाई खोपको लाभ सुनिश्चित गरियो । आज आएर यो प्रतिबद्धता यसअघिको कुनै पनि कालखण्डभन्दा बढी महत्वपूर्ण बनेको छ ।
अफ्रिकाका सबै देश आफ्नो वाचाप्रति प्रतिबद्ध हुन जरुरी छ । सोहीअनुसार ठुलो मन बोकेर काम गर्नुपर्छ । यदि हामीलाई सफलताको शिखर चुम्नु छ भने यी काम यथाशक्य चाँडो गर्न जरुरी छ । नेताहरूले नियमित खोप कार्यक्रमलाई वित्तीय स्रोत प्राथमिकताका साथ केन्द्रित गर्नुपर्छ । स्वास्थ्य सेवा प्रणालीमा लगानी बढाउनुपर्छ । अनि जो कोहीलाई र जहाँ कहींँ पनि खोप पु¥याउन र लगाउन सक्ने सक्षम जनशक्ति पनि बनाउनुपर्छ । स्थानीय नेतृत्वलाई सबल बनाउनुपर्छ । खोपप्रतिको विश्वास बढाउनुपर्छ । उनीहरूले खोपमाथि अध्ययन, अनुसन्धान र विकास, उत्पादन र वितरणमा पनि लगानी गर्न जरुरी छ ।
सबै देशमा समतामूलक ढङ्गले खोप प्रणालीको विकास गर्न नवीन राजनीतिक अभियान सञ्चालन गर्ने यो अहम् महत्वको समय हो । साथै नागरिकले आफ्ना नेताहरूलाई जिम्मेवार बनाउने समय पनि यही हो । यसो गर्दा करोडौँ मानिसलाई रोकथाम गर्न सकिने रोगबाट जोगाउन सकिन्छ । अनि कोभिड–१९ को क्रममा र पछि अझ सबल र स्वस्थ समाजको लागि स्वास्थ्य प्रणाली पुनःनिर्माणको लागि खाँचो पर्ने पक्ष बनाउन सक्छौँ ।
खोपमार्फत जीवनको रक्षा गर्न सकिने शक्ति हुँदा हुँदै खोपबाट जोगाउन सकिने रोगले संसारले थप जीवन गुमाएको सहन सकिँदैन ।
(लेखक विश्व स्वास्थ्य सङ्गठन–अफ्रिका शाखाका क्षेत्रीय निर्देशक हुन् ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुमन
Leave a Reply