भर्खरै :

स्पुटनिकको एकै मात्रा काफी हुने रुसको दाबी

मस्को, ७ मे (सिन्ह्वा) । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुटनिक–भी कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभावकारी रहेको दावी गर्नुभएको छ । उहाँले स्पुटनिक–भीलाई रूसी प्रसिद्ध हतियार ‘क्लाश्निकोभ राइफल जत्तिकै भरपर्दो’ भनी प्रशंसा गर्नुभएको छ ।
उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बिहीवार उहाँले खोपबारे उक्त भनाइ राख्नुभएको हो ।
रूसी स्वास्थ्य अधिकारीहरूले बिहीवार रुसमा निर्मित स्पुटनिक लाइट (स्पुतनिक–भी) कोभिड–१९ विरुद्धको खोपको एक मात्रा मात्रै लगाए पुग्ने संस्करण दर्ता गरेका बेला त्यस्तो टिप्पणी आएको हो । विश्वमा निर्मित अन्य खोपको दुई मात्रा लगाउनु पर्ने नै भएपनि स्पुटनिकको एकै मात्राले कोभिड–१९ उपचारमा निकै सफलता पाएको बताइएको छ ।
स्पुटनिक–भी खोप अक्सफोर्ड र अस्ट्राजेनेका तथा जोनसन एन्ड जोनसनले तयार पारेका खोप उत्ति नै प्रभावकारी रहेको रूसको दाबी छ ।
त्यसमा कोल्ड–टाइप भनिने निष्क्रिय तुल्याइएको भाइरसको प्रयोग हुन्छ जुन भाइरसले कोरोना भाइरसको सूक्ष्म अंश मानिसको शरीरमा प्रवेश गराउने वाहकको रूपका काम गर्छ ।
रूसले स्पुतनिक लाइटलाई उक्त खोपको दुई मात्रा लगाउनुपर्ने प्रकारले हाल संसारका एक दर्जनजति देशमा आपत्कालीन प्रयोगका लागि अनुमति पाइसकेको छ । स्पुतनिक लाइट भनिएको खोपको एक मात्रा मात्रै लगाए पुग्ने प्रकारको प्रयोगलाई रुसमा बिहीवार औपचारिक अनुमति दिइएको थियो ।
एउटा प्रेस विज्ञप्तिमा स्पुटनिक खोपसम्बद्ध अधिकारीले बताए, “‘स्पुटनिक लाइट’ खोपको देशमा गरिएको परीक्षणका क्रममा ७९.४ प्रतिशत प्रभावकारिता देखिएको छ ।”
“एक मात्रा मात्रै लगाए पुग्ने खोपको यो प्रकारले छोटो समयमा जनसङ्ख्याको ठूलो हिस्सालाई खोप लगाउन सकिनेछ र यसबाट जटिल चरणमा प्रवेश गरेको महामारीविरुद्ध लड्न सघाउ पुग्नेछ,” उक्त विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *