विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
विश्व्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको वृद्धिसँगै अधिकांश क्षेत्रमा अक्सिजन र सिलिन्डर अभाव भएपछि त्यसको उचित व्यवस्थापनमा मुलुककै ध्यान केन्द्रित भएको छ ।
सरकारीस्तरबाट नयाँ सिलिन्डर ल्याउने र अनावश्यक क्षेत्रमा प्रयोग भएका सिलिन्डरको समुचित व्यवस्थापन प्रक्रिया अघि बढेको छ भने निजी क्षेत्र, अस्पताल तथा आम सर्वसाधारणसमेत त्यसको व्यवस्थापनमा जुटेका छन् । गैरआवासीय नेपाली पनि सिलिन्डर व्यवस्थापनमा देखिएका छन् ।
गत वैशाख दोस्रो हप्तापछि कोभिड–१९ को सङ्क्रमणले एक्कासि गति लिँदा मुलुकभर अक्सिजन सिलिन्डरको हाहाकार भएको थियो । अस्पतालमा बिरामीको चाप बढ्ने र आएका बिरामीमध्ये अधिकांशलाई अक्सिजन दिनैपर्ने अवस्थाले अक्सिजनको माग बढी तर आपूर्ति कम हुँदा कतिपय बिरामीले मृत्युवरण गरेका घटना सार्वजनिक भएका छन् । नेपालको पश्चिम क्षेत्र रुपन्देही, बाँके, सुर्खेतमात्रै होइन राजधानी काठमाडौँमा समेत चरम समस्या देखियो ।
अक्सिजन नपाएर अस्पताल परिसरमा बिरामी र तिनका आफन्त हारगुहार माग्दै गरेका दृश्य सामाजिक सञ्जालमा देखिए । कतिपय अस्पतालले अक्सिजन सकिएकोले बिरामी भर्ना नलिने भन्दै सार्वजनिक गरेका थिए । अक्सिजन भए पनि सिलिन्डरको पर्याप्तता नभएको र भएका सिलिन्डरसमेत घरघरमा राख्ने प्रवृत्तिले अभाव हुँदा ती जटिलता आएका थिए ।
सरकार, सरोकारवाला संस्था र जनसमुदाय आ–आफ्नै तवरले अक्सिजनको व्यवस्थापनमा जुटेका थिए । उचित व्यवस्थापन नहुँदा अभावबीच थप हाहाकार भएको अक्सिजन उत्पादक बताउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम सही ठाउँमा प्रयोग नहुँदा विगतमा समस्या भएको र अहिले त्यसलाई मन्त्रालयले व्यवस्थित गर्दै लगेको जानकारी दिनुहुन्छ ।
नयाँ सिलिन्डर आउने क्रममा रहेका र अन्यत्र प्रयोग भएका तथा घरघरमा राखिएका सिलिन्डर निस्किन थालेकाले अहिले विगतको जस्तो समस्या नभएको डा. गौतमको भनाइ छ । मन्त्रालयले अहिले अक्सिजन व्यवस्थापनका लागि विभिन्न मापदण्ड नै बनाएर लागू गर्न थालेको छ । यद्यपि, अझै पर्याप्त हुन सकिरहेको छैन ।
“आइसीयू, भेन्टिलेटर र वार्डमा अक्सिजन लगाएकाको आधारमा मापदण्ड बनाएर अक्सिजन वितरण गर्न लागिएको छ, घरमा राख्ने क्रमलाई निरुत्साहित गर्दै त्यस्ता सिलिन्डर निकाल्ने काममा प्रहरी टोली नै परिचालित छन्”, डा. गौतमले भन्नुभयो ।
उहाँले कोभिड र अन्य आकस्मिकबाहेकका शल्यक्रियालाई रोक्न भनिएको र विभिन्न स्थानमा अक्सिजन प्लान्ट स्थापना गर्न अनुरोध गरिसकेको जानकारी दिनुभयो । सरकारी तहका प्रायः अस्पतालमा अहिले अक्सिजन प्लान्ट बनिसकेका छन् । निजी क्षेत्रका अस्पताल पनि उक्त अभ्यासमा जुटेका छन् ।
नेपाल सरकार स्वदेश तथा विदेशबाट सिलिन्डरको जोहो गर्नेतर्फ लागेको छ । निजी क्षेत्र, आम समुदाय तथा गैरआवासीय नेपालीसमेत सिलिन्डरको व्यवस्थापनमा जुटेकाले केही आशाको दियो बल्ने सङ्केत मिलेको छ ।
चीन सरकारले अनुदानमा दिएका १८ हजार सिलिन्डलर आज नेपाल प्रवेश भइसकेका छन् । हवाईमार्गबाट पनि सिलिन्डर आउनेक्रममा रहेकोले अब अक्सिजनसम्बन्धी हुने समस्या टर्दै जाने मन्त्रालयका प्रवक्ता डा. गौतमको जिकिर छ । शनिबार मध्यपूर्वमा रोजगारीमा रहेका नेपालीद्वारा खरिद गरी पठाइएका ५६० सिलिन्डर नेपाल आइसकेका छन् ।
सरकारले नेपाल प्रहरीको सहयोगमा विभिन्न क्षेत्रमा लुकाइछिपाइ राखिएका सिलिन्डर तथा अन्य प्रयोजनमा प्रयोग भएका सिलिन्डर खोजेर अत्यावश्यक क्षेत्रमा वितरण गरिरहेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर अहिलेसम्म आठ हजार १५६ सिलिन्डर संग्लन गरेर वितरण गरिसकेको र उक्त अभियान जारी रहेको बताउनुहुन्छ ।
स्थानीय तह र स्थानीय अस्पताल आफैँ अक्सिजन प्लान्ट स्थापना गर्न लागिपरेका छन् । त्यसमाथि स्वास्थ्य मन्त्रालयले आफैँ अक्सिजनको व्यवस्थापनको जिम्मा लिएकोले अभाव पूर्तिमा राहत मिल्ने आशा गर्न सकिन्छ । यद्यपि, अक्सिजन र सिलिन्डलरको व्यवस्थापन कार्यलाई अझै चुस्त पार्नुपर्ने स्वास्थ्य विज्ञको सुझाव छ ।
नेपाल सरकार मुख्य सचिवस्तरीय निर्णयले चिकित्सकको सिफारिसबाहेक अक्सिजन सिलिन्डर घरमा नराख्न र भएका सिलिन्डर नजिकका अस्पताल वा स्थानीय प्रशासनमा बुझाउन अनुरोध गरिसकेको छ । अक्सिजनको सहज व्यवस्थापनका लागि मन्त्रिपरिषदको गत वैशाख १३ गतेको निर्णयले अक्सिजन र सिलिन्डलर आपूर्तिमा भन्सार छुट गर्ने निर्णय गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालयको वैशाख २९ गतेको निर्णयले जटिल प्रकारका सङ्क्रमितका लागि अति आवश्यक पर्ने मेडिकल अक्सिजनको माग बढिरहेको र आपूर्ति थप जटिल बन्दै गएको स्मरण गराउँदै कम्तीमा १०० शøया भएका निजी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न भनिसकेको छ । यी सबै प्रयास हेर्दा अहिले मुलुक नै मेडिकल अक्सिजनको आपूर्तिमा होमिएको देखिएको छ ।
कतिपय अस्पतालले अक्सिजन प्लान्ट स्थापना गरिसकेका छन् । नेपाल प्रहरी अस्पतालले केहीअघि नै सञ्चालन गरिसकेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको पहलमा नेपाल कोरियामैत्री अस्पतालमा पनि अक्सिजन प्लान्ट प्रयोगमै आइसकेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठ बताउनुहुन्छ ।
नागरिकको प्रयास जारी
यतिमात्रै होइन सर्वसाधारण आफैँ पनि अक्सिजन सिलिन्डरको खोजी गर्दै अस्पताल र बिरामीलाई वितरण गरिरहेका छन् । उनीहरूको प्रयासले धेरै बिरामीको ज्यान जोगिएको छ । सुर्खेतमा अक्सिजन अभाव भएपछि केही अघि अनावश्यक क्षेत्रमा थन्किएर बसेका सिलिन्डर सङ्कलन गर्दै अति आवश्यक भएका बिरामीलाई उपलब्ध गराउन युवा समूह नै जुटेका थिए । पत्रकारसमेत रहेका स्थानीय मिलन श्रेष्ठ नेपालगञ्जबाट अक्सिजन लगेर धेरैको ज्यान जोगाएको अनुभव सुनाउनुहुन्छ ।
“विशेषतः हामीले अशक्त, गरीब विपन्न तथा न्यून आय भएकालाई सहयोग गरेका हौँ, उनीहरूका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्थापनसमेत गरेर काम गर्दै आइसकेका छौँ”, श्रेष्ठले भन्नुभयो । उक्त अभियानमा पाँच पत्रकारकै समूह सक्रिय छ ।
ललितपुर बस्ने चितवनका सरोज थापालाई पनि अक्सिजन व्यवस्थापनका लागि बिरामी र तिनका आफन्तबाट अनुरोध आएपछि नागरिक समूहको टोली नै बनाएर विभिन्न क्षेत्रमा राखिएका अक्सिजन निकाल्ने काम गरेको उहाँ बताउनुहुन्छ । उहाँले पाटन अस्पतालमै गएर छलफल गरी प्रशासनको समेत ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।
काठमाडौँ बस्ने सन्दिप बस्नेत पनि बिरामीलाई चाहिने अक्सिजन व्यवस्थापनमा आफैँ खटिनुभएको छ । अक्सिजन सिलिन्डरको खोजीमा यस्ता युवा जिल्लाजिल्लामा लागेका छन् । उनीहरूले स्थानीय प्रशासन र प्रहरीलाई सूचना दिएर सिलिन्डर व्यवस्थापनमा सहयोग गरिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार समग्रतामा अहिले अक्सिजन र सिलिन्डरको उचित व्यवस्थापन गरिएकोले समस्या घट्दो क्रममा रहे पनि अझै केही व्यवस्थापनको काम बाँकी छ । चीनबाट आएका १८ हजार सिलिन्डर प्रयोगमा आइसकेपछि भने समस्या कम हुने मन्त्रालयका प्रवक्ता डा. गौतम बताउनुहुन्छ ।
समन्वयको अभाव भयोः अक्सिजन उत्पादक सङ्घ
अक्सिजन उत्पादन सङ्घका अध्यक्ष गौरव शारदा अक्सिजन यसरी चरम अभाव हुनुमा उचित समन्वय नहुनु नै मुख्य कारक रहेको बताउनुहुन्छ । प्रयासहरू भइरहेका देखिन्छन्, तर त्यसअनुसारको समन्वयात्मक काम हुन सकिरहेको छैन । शारदाले भन्नुभयो, “हामी निषेधाज्ञा लागू हुनुभन्दाअघि देखि नै काठमाडौँमा २४ सै घण्टा उद्योग चलाएर अक्सिजन उत्पादनमा लागेका छौँ, तर समस्या जस्ताको तस्तै छ ।”
विगतमा पूर्वका जिल्लामा न्यून क्षमतामा प्लान्ट चलेका र अहिले करिब ८० प्रतिशत क्षमतामा प्लान्ट सञ्चालनमा ल्याएर काठमाडौँलगायत पश्चिम नेपालसम्म आपूर्ति गरिरहेको उहाँले जानकारी दिनुभयो । निजी क्षेत्रबाट मात्रै अहिले काठमाडौँमा दैनिक सात हजार सिलिन्डलर अक्सिजन उत्पादन भइरहेका छन् । उहाँका अनुसार अर्काे समस्या भने उद्योगका अक्सिजन सिलिन्डर कहाँ पुगे भनेर पत्ता लगाउन सकिएको छैन ।
“सिलिन्डर बीचबाटै अस्पताल पुगेका छन्, खाली सिलिन्डर अस्पताल लगेर के काम हाम्रो सिलिन्डर हामीकहाँ नै आउँदैन, सरकारले ल्याएको नयाँ सिलिन्डर पनि हामीकहाँ आएको छैन, आखिर भर्ने त हामीले नै हो”, शारदाले प्रतिप्रश्न गर्नुभयो । पहिले अक्सिजन अभाव नभएको तर सिलिन्डरमात्रै अभाव भएको जनाउँदै आएका उहाँले एक त सिलिन्डर व्यक्तिले लुकाएर राख्ने र निस्किएका सिलिन्डर पनि उद्योगसम्म नआउँदा समस्या कायमै रहेको बताउनुभयो । यसलाई सहीरूपमा व्यवस्थापन गर्न उहाँले सरकारसँग अनुरोध गर्नुभएको छ ।
स्रोतः राष्ट्रिय समाचार समिति
Leave a Reply