भर्खरै :

नेमकिपाका अग्रज कार्यकर्ता दुलालको निधन

भक्तपुर, ३ जेठ । नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ता चाँगुनारायण नगरपालिका वडा नं ८ निवासी बद्रीप्रसाद दुलालको जेठ २ गते ७१ वर्षको उमेरमा निधन भयो ।
उहाँ २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट साविक सुडाल गाविस वडा नं ८ मा उम्मेदवारी दिई वडा अध्यक्षमा निर्वाचित भई पार्टीको निर्देशनअनुसार देश र जनताको सेवामा समर्पित हुनुहुन्थ्यो ।
उहाँ जनसेवामा समर्पित, मिलनसार तथा सहयोगी जनप्रतिनिधि रहेको स्थानीय बताउँछन् । साविक सुडाल गाविसमा तत्कालीन समयमा बिजुली बत्ती नहुँदा बिजुली बत्ती बालेर गाउँ उज्यालो पार्ने, खानेपानी र शिक्षाको विकासमा पनि अत्यन्त चासोका साथ लाग्नुभएको स्थानीय सन्तराम दुलाल बताउनुहुन्छ ।
चानपा ८ मिश्रीटारको पर्ती जग्गा भूमाफियाहरूले हडप्न खोज्दा उक्त जग्गालाई सार्वजनिक कायम गराउन उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको स्थानीय बताउँछन् ।
२००७ साउन ३१ गते पिता ददीलाल र माता कान्छी दुलालको ज्येष्ठ पुत्रको रूपमा जन्मनुभएका बद्रीप्रसाद दुलाल विगत १० वर्षदेखि प्यारालाइसिस रोगबाट ग्रस्त हुनुहुन्थ्यो । उहाँका एक श्रीमती, तीन छोरा, बुहारी र नाति नातिना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *