हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
हवाना, १६ मे । दयामी सौरेज क्युवाको राजधानी हवानास्थित अलामर जिल्लामा बस्ने क्युवाली नर्स हुन् । उनी काम गर्दै आएको नजिकको चिकित्सक कार्यालयलाई कोभिड–१९ को खोप केन्द्रमा रूपान्तरण गरेपछि उनको दैनिकी परिवर्तन भएको छ ।
सहरभरि स्थानीय निकायले अब्दाला र सोबेराना ०२ नामको प्रस्तावित कोभिड–१९ खोप लगाउन ठाउँ–ठाउँमा खोप केन्द्रहरू स्थापना गरेको छ । ४८ वर्षका नर्स दयामी बिहान आठ बजे काममा जान्छिन् । प्रस्तावित खोप तोकिएको तापक्रममा राखिएको नजिकैको स्वास्थ्य चौकीबाट उनी प्रस्तावित खोप बोकेर आउँछिन् । दयामीले हालसम्म आफ्नै देशमा उत्पादित खोप क्युवाली नागरिकहरूलाई दिइसकेको बताइन् ।
“म यो समुदायमा बीस वर्षभन्दा लामो समयदेखि बस्दै र काम गर्दै आएको छु । त्यसकारण मैले अहिले खोप लगाउने गरेका व्यक्तिहरू मेरा सेवाग्राही होइनन् । उनीहरू खासमा मेरा छिमेकी पनि हुन् ।”
क्युवामा सन् २०२० को मार्च महिनामा पहिलोपटक कोभिडको सङ्क्रमण देखिएको थियो । त्यसयता हालैका दिनमा क्युवाको राजधानीमा कोभिडको सङ्क्रमणले अझ तीब्रता लिएको छ । अस्पताल भर्ना हुने र मर्नेको सङ्ख्या पनि बढेको छ ।
अलामर जिल्लामा अधिकांश ज्येष्ठ नागरिकले अब्दाला कोभिड–१९ प्रस्तावित खोपको पहिलो मात्रा लगाइसकेका छन् । क्युवाको राजधानीस्थित एउटा शैक्षिक संस्थामा सुरक्षाकर्मीको काम गर्ने ६२ वर्षका कर्मेन कोइलोले पनि खोप लिइसकेका छन् ।
“मैले लामो समयदेखि यसको प्रतिक्षा गरेको थिएँ । अब म हाम्रो स्वास्थ्य प्रणालीबाट सुरक्षित भएको अनुभव गरेको छु”, उनले भनिन्, “अब म मेरा नातिहरूलाई भाइरस सङ्क्रमणबाट जोगाउन सक्ने भएको छु ।”
खोप केन्द्रका प्रवेशद्वारमा सेवाग्राहीलाई हेपोक्लोराइटको निसङ्क्रमण झोल वितरण गरिएको छ र उनीहरूले कुनै औषधि सेवा गरिरहेको वा रोगको उपचार गरिरहेको छ कि भनी सोधिएको छ ।
पङ्क्तिमा आफ्नो पालो कुरेर बसेका कोही पत्रिका र किताब पढिरहेका थिए । कोठामा कोभिड–१९ को प्रस्तावित खोपले निम्त्याउन सक्ने सम्भावित स्वास्थ्य समस्याबारे टेलिभिजनमा जानकारीमूलक सामग्री प्रसारण भइरहेको छ ।
“मेरो रक्तचाप अलि बढी छ । तर, मलाई चाँडै निको हुनेछ”, आफ्नी छोरीको हात समातेर आएकी ८४ वर्षकी अना फ्रोमेटाले भनिन् ।
साँझ ६ बजे हजारौं चिकित्सक, नर्स, मेडिकल विद्यार्थी र स्वयम्सेवकहरूले अर्को दिनसम्मको लागि खोपको कार्यक्रम बिट मार्छन् ।
“हामी अथकरूपमा दिनभर काम गर्छौैँ ताकि खोप अभियान सफल होस् । यसले क्युवामा कोभिड–१९ महामारी रोक्न मद्दत गर्नेछ”, अलामरका २४ वर्षकी स्वास्थ्यकर्मी अमान्दा फर्नान्देजले भनिन् ।
“मैले गरिरहेको कामप्रति म खुसी छु”, उनले भनिन् ।
Leave a Reply