भर्खरै :

नेपालमा तीन किसिमको भेरियन्ट

काठमाडौँ, ४ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा तीन किसिमका कोभिड–१९ को भेरिन्यट फेला परेको बताएको छ । मङ्गलबार मन्त्रालयले जारी गरेको वक्तव्यमा देशका विभिन्न भागबाट गत साता सङ्कलित ३५ वटा नमुनामा ९७ प्रतिशत बी.१.६१७.२ प्रजाति र तीन प्रतिशत बी.१.६१७.१ प्रजाति पुष्टि भएको उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टरगेटिभ बायोलोजीमा गरिएको परीक्षणबाट त्यस्तो नतिजा बाहिरिएको हो ।
मन्त्रालयले हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको हुनाले सबैलाई सचेत रहन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *