राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
सुर्खेत, ४ जेठ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले कोभिड–१९ का बिरामीसहित अन्य बिरामीका उपचार नियमितरूपमा भइरहेको बताउनुभएको छ । पछिल्लो समयमा नयाँ भेरियन्टसहितको सङ्क्रमणले अक्सिजन लिने वृद्धि हुँदा समस्या भइरहेको अवस्थामा पनि अन्य जटिल खालका बिरामीको नियमित उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । “हामीलाई दैनिक ३०० अक्सिजन सिलिन्डरको आवश्यकता पर्छ, सुरुका दिनमा २०० सिलिन्डर थियो, पछिल्लो समयमा अक्सिजनको हाहाकार बन्दै गयो,” उहाँले भन्नुभयो ।
नेपालगञ्जबाट भरेर ल्याएका सिलिन्डर त्यहाँका बिरामीका आफन्तले खोस्दा अक्सिजन अभाव बढेको र श्वासप्रश्वासका बिरामी थपिँदै उपचारमा आइलागेको समस्याले निकै सोच मग्न बनाएको उहाँले बताउनुभयो । अक्सिजन नै सकिएपछि श्वासप्रश्वासका बिरामीहरूको मृत्युको कारुणिक दृश्य र आफन्तहरूको पीडा देख्न नपरोस् भनेर अस्पतालले सेवा दिन सक्ने अवस्थामा नरहेको भन्ने सूचना गर्नुुपरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “बिरामीको हित र सरकारसहित अन्य सरोकारवाला निकायलाई पनि झकझक्याउन सूचना गरेको हुँ । यसले नागरिकमा केही असर पारे पनि सरोकारवालाको गम्भीर ध्यानाकर्षणले अक्सिजनको जोहो भएर कोभिड बिरामीको उपचारमा सहयोग पुगेको छ ।” प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताललाई कोभिड विशेष अस्पताल भनिए पनि प्रतिष्ठान टाढा रहेको, चौरजहारीमा जनशक्ति र क्षमता कम भएकोले सुर्खेतमै बिरामीको चाप बढेको उहाँको भनाइ थियो ।
प्रदेश अस्पताल बाल रोग विभागका प्रमुख डा.नवराज केसीले गम्भीर खालका बिरामीमात्र आओस् भन्ने आशयले अस्पताल प्रशासनले सूचना गरेको बताउनुभयो । कोरोनाबाट बालबालिकाहरूमा सामान्य प्रभाव देखिए पनि ठुलो असर नपरेको उहाँले बताउनुभयो । गाउँमा स्वास्थ्यकर्मी, स्वयम्सेवक आमा समूह र अन्य सरोकारवालाहरूले पनि यो अभियानमा खट्न सके ८० प्रतिशत बिरामी घट्ने उहाँको भनाइ थियो ।
प्रदेश अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा.के.एन.पौडेलले अवधिमा धूमपान तथा मद्यपान गर्ने युवाहरूको मृत्युदर बढेको जानकारी दिनुभयो । सङ्क्रमणको बीचमा पनि कोरोनाका बिरामीहरूकै सी.एस. एपेन्डिसाइटिसलगायतको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार केही दिनमा सङ्क्रमितका बिरामी घट्दै जानेछन् ।
प्रदेश अस्पतालका अनुसार कोरानाको बिरामीलाई ‘हाइ फ्लो’ को अक्सिजन चाहिने भएकोले कन्सेटे«टर र अक्सिजन पाइप लाइनबाट करिब ७० भन्दा बढी बिरामीलाई अक्सिजन दिइएको छ । अक्सिजन प्लान्टले सोचेअनुसारको अक्सिजन प्रवाह नसकेकोले त्यसको क्षमता बढाउनेतर्फ प्रयास थालिएको छ । कोभिड–१९ व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले रु.२५ करोड सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ । रासस
Leave a Reply