नेपालीहरू भारतविरोधी होइनन् – ३
- कार्तिक १३, २०८३
कोरोना सङ्क्रमणको दोस्रो लहर हाम्रो गाउँ समाजमा नराम्रोसँग फैलिरहेको छ । दिनानुदिनको बढ्दो सङ्क्रमण दर र मृत्यु दरले मानिसलाई घरबाट निस्कन नै डर पैदा भइरहेको छ । सरकारले पनि कोरोना प्रभावित क्षेत्रहरूमा निषेधाज्ञा आदेश जारी गरी कोरोना सङ्क्रमण नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । सङ्क्रमित बिरामीहरू अस्पतालको खोजीमा छटपटिनुपर्ने स्थिति छ । अस्पताल पुगे पनि बेड नपाइँदा, अक्सिजन नपाइँदा, आईसीयू, भेन्टिलेटरको समस्या हुँदा बिरामीको आफन्तको चित्कार र सङ्क्रमितको मृत्युसम्म हुन पुगेको छ । यस्ता कहालीलाग्दो दर्दनाक स्थितिले मानिस डराएर घर बाहिर निस्कन सकेको छैन । अत्यावश्यक काम परेर निस्केकाहरू सुरक्षा मापदण्ड पालना गरी निस्केका छन् । मूर्ख र सन्काहाहरू लापरबाही ढङ्गले निस्केका छन् । भारतसँगको खुला नाका र भारतबाट फर्किने लाखौँ नेपाली जनतालाई असुरक्षित साथ गाउँ – गाउँमा जान दिने सरकारको कारण सङ्क्रमण भयावहको स्थितिमा पुगेको हो भन्ने कुरामा विवाद छैन । कोरोना सङ्क्रमणको पहिलो लहर भोगिएको सरकारले जानीबुझी दोस्रो स्थिति आउनुमा स्वयम् सरकार नै दोषी रहेको विज्ञहरूले भनेका छन् । गाउँ गाउँ फैलिसकेको कोरोना भाइरसलाई सरकारी निषेधाज्ञाले मात्र नियन्त्रणमा ल्याउन सकेन ।
अक्सिजन नपाएर, स्वास्थ्य उपचार नपाएर मर्नु भनेको सरकार नागरिकको स्वास्थ्य सुरक्षाप्रति उत्तरदायी नभएको हो । जनता उपचार नपाएर छटपटिरहेको समयमा शासक दलका नेताहरू गाउँ, प्रदेश हुँदै केन्द्रको राजनैतिक जोडघटाउमा तल्लीन हुनुले पनि यही देखाउँछ । जनताको पीडामा रमाउन सक्नेले देश र जनताको हित चिताउँछ भन्ने कुरामा रत्तिभर विश्वास गर्न सकिन्न । जिल्ला –जिल्लामा निषेधाज्ञा आदेश जारी हुँदै छ । कहालीलाग्दो स्थितिले जनता घर बाहिर निस्कन सकेका छैनन् । ससाना व्यवसायी, दैनिक काम गरिखाने जनतालाई रोगभन्दा पनि भोकले सताउन थालिसकेको छ । हलो अड्काउने र गोरु चुट्ने भनेझैँ सरकारले त्यही गर्दै छ । हामी जनता कति सहनशील रहेछौँ । भोलि त्यही दल र नेतालाई हामीले भोट दिएर जिताउने छौँ ।
Leave a Reply