भर्खरै :

मास्क पुनः प्रयोग गर्न मिल्छ ?

नेपालमा पनि कोभिड–१९ महामारीको दोस्रो लहर फैलिँदै छ । यसरी फैलिनुमा सरकारको मात्र कमजोरी नभई सर्वसाधारण जनताको पनि त्यति नै कमजोरी छ । किनभने, जब पहिलो लहर अलि कम भयो तब हामीले कोरोना भनेको केही होइन जस्तो गरी मास्क नलगाउने, भोजभतेर गर्ने, जुलुस आमसभा गर्ने तथा धार्मिक समारोह गर्ने कार्य ग¥यौँ । सरकारले पनि जब भारतमा दोस्रो लहर महामारीको रूपमा फैलियो, त्यहाँबाट नेपाल फर्केका नेपालीहरूलाई बिनापरीक्षण वा क्वारेन्टिनमा नराखी सिधै आफ्नो गाउँघरमा जान दियो । यसले गर्दा नेपालभरि महामारी फैलियो ।
कोभिड महामारी नियन्त्रण भन्नु नै त्यसको रोकथाम हो । अर्थात्, रोग लागेपछि उपचार गर्नुभन्दा त्यसको रोकथामका विभिन्न उपायहरू अपनाउनु पर्दछ । त्यसको रोकथामका लागि यी उपायहरू अपनाउनुपर्दछ ।
१) राम्ररी मास्क लगाउने
२) सामाजिक दूरी कायम गर्ने
३) समय–समयमा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने
४) खोप (Vaccine) लगाउने ।
यो रोग एकबाट अर्कोमा सर्न नदिनको लागि मास्क राम्ररी लगाउनु नै एक मुख्य उपाय हो । हुन त कतिपय मानिसहरूले देखाउनको लागि मात्र मास्क लगाएको देखिन्छ । कतिपयले माक्स चिउँडोमा, कतिले घाँटीमा, कतिले मुखमात्र छोपिने गरी त कतिले नाक र मुख छोपिए तापनि माक्सको दायाँबायाँ खुकुलो पर्ने गरी लगाएको देखिन्छ । यसले मास्क लगाउनु र नलगाउनुमा कुनै फरक हुँदैन । हुन त बजारमा विभिन्न किसिमका मास्क पाइन्छन् । जस्तैः कपडाको, सर्जिकल मास्क, KN 95, N 95 र अन्य विभिन्न महँगा महँगा मास्क । जति नै महँगा मास्क लगाए तापनि यदि नियमअनुसार राम्ररी लगाइएन भने त्यसको कुनै अर्थ हुँदैन ।
गत वर्षको महामारीमा विभिन्न चिकित्सकीय सरसामान हाहाकार हुनुको साथसाथै मास्क (Mask) पनि किन्न पाउँदैनथ्यो । पाए तापनि महँगो थियो । यसले गर्दा एउटै मास्कलाई पनि धोएर घाममा सुकाएर फेरि लगाउने गरिन्थ्यो भने कसै–कसैले ह्यान्ड स्यानिटाइजर (Hand Sanitizer) मा डुबाएर वा छर्केर पुनः प्रयोग गर्थे । कतिपय स्वास्थ्यकर्मीले पनि यसरी पुनः प्रयोग गरे । अहिले पनि सर्जिकल मास्क र ल् ढछ जस्ता मास्क गरिब र मध्यम वर्गको पहुँचभन्दा बाहिर छ । यसले गर्दा मानिसले मास्क धोएर पुनः प्रयोग गरेको पाइन्छ । हुन त विगत वर्षमा अमेरिकामा पनि आफ्ना स्वास्थ्यकर्मीहरूलाई आ–आफ्नो मास्क छुट्टाछुट्टै प्लास्टिक वा कागजको झोलामा पोको पारेर पुनः प्रयोग गराइएको थियो ।
के हामीले एकचोटी प्रयोग गरेको मास्क पुनः प्रयोग गर्न मिल्छ ? के धोेएर पुनः प्रयोग गरेमा उत्तिकै काम गर्छ ?
कुनै पनि मास्क पातलो इलेक्ट्रोस्टाटिकली चार्ज (Electrostatically Charge) गरेको फाइबरले बनाएको हुन्छ । यसरी चार्ज गरेको सर्जिकल वा ल् ढछ मास्क साबुन पानीले धोएमा त्यसमा भएको फाइबर (Fibre) बिग्रिन्छ । साथै त्यसमा भएको इलेक्ट्रोस्टाटिक चार्जलाई नष्ट हुन जान्छ । हावा फिल्टर गर्ने त्यसको क्षमता घट्छ । एक अध्ययनअनुसार साबुन पानीले धुनुभन्दा पहिले त्यसको फिल्टर गर्ने क्षमता ९९ प्रतिशत थियो भने धोइसकेपछि त्यसको क्षमता ७८ प्रतिशतमात्र अर्थात् २१ प्रतिशत घटेको पाइयो । त्यसैले मास्कलाई धोएमा त्यसको इलेक्ट्रोस्टाटिक चार्ज नष्ट हुनुका साथै फाइबर बिग्रेर छिद्रहरू ठुल्ठुला भएर त्यसले ०.३ माइक्रोनभन्दा ठुल्ठुला कण पनि छिर्न सक्छ । अर्थात्, ब्याक्टेरिया र भाइरसभन्दा ठुल–ठुला कण नै फिल्टर गर्नसक्दैन । त्यसकारण मास्कलाई साबुन पानीले धोएर पुनः प्रयोग गर्न मिल्दैन ।
के मास्कलाई अल्कोहल (Alcohol) मा डुबाएर वा स्प्रे (Spray) गरेर पुनः प्रयोग गर्न मिल्छ त ?
National Institute of Occupational Safety and Health ले गरेको अनुसन्धानअनुसार कुनै पनि मास्कलाई अल्कोहलमा डुबाएपछि त्यसमा भएको इलेक्ट्रोस्टाटिक चार्ज नष्ट हुनुको साथसाथै फाइबरलाई बिगार्छ । त्यसले फिल्टर गर्ने क्षमता घटाउँछ । त्यस अनुसन्धानअनुसार मास्कको फिल्टर गर्ने क्षमतामा ३७ प्रतिशतले घटेको पाइयो । अनुसन्धानमा ०.०५ देखि ०.४ माइक्रोन (कोरोना भाइरस–०.१२५ माइक्रोन) फिल्टर गरेर प्रशिक्षण गरिएको थियो । अल्कोहलमा डुबाएपछि ०.४ माइक्रोनको पनि फिल्टर गर्न नसकेको पाइयो । यस अनुसन्धानको निष्कर्ष के थियो भने अल्कोहलले भाइरसलाई त मार्छ तर त्यसको फाइबरलाई बिगारेर फिल्टर गर्ने क्षमतालाई घटाउँछ । त्यसैले अल्कोहलको पनि प्रयोग गर्नु हुँदैन ।
कतिले माइक्रोओभन (Micro woven) मा राखेर प्रयोग गरेको पाइयो । तर, अनुसन्धानबाट के थाहा भयो भने यसले भाइरसलाई मार्छ तर यसमा पनि फाइबर बिग्रिएको पाइयो । साथै यसमा आगो लाग्ने सम्भावना हुन्छ । त्यस्तै बजारमा पाइने विभिन्न किसिमका मास्कमध्ये कुन मास्क प्रयोग गर्दा राम्रो अर्थात् सुरक्षित हुन्छ ? यससम्बन्धी २००० नर्सहरूमा गरेको अनुसन्धानअनुसार N 95 लगाएकामा ८.२ प्रतिशतलाई फ्लु (Flu) भाइरसले असर गरेको पाइयो । त्यस्तै क्यानाडामा गरेका अनुसन्धानमा पनि N 95 लगाएकोमा १०.५ प्रतिशत र सर्जिकल मास्क लगाएकोमा ९.५ प्रतिशत मा फ्लु रोग लागको देखियो । यी अनुसन्धानबाट के देखियो भने N 95 वा सर्जिकल मास्क राम्ररी लगाउने हो भने त्यसको सुरक्षा क्षमता उस्तैउस्तै हुन्छ ।
के त्यसो भए मास्कलाई पुनः प्रयोग गर्न मिल्दैन त ?
एक अनुसन्धानमा H1N1 भाइरस घरमा प्रयोग हुने ६ किसिमका विभिन्न सामानहरूमा छर्केर सुख्खा हुने गरी सुकाइयो । त्यसमा मास्कमा प्रयोग हुने जस्तो (J–cloth) कपडा प्रयोग गरिएको थियो । यसबाट के पाइयो भने जे कपडा (J–cloth) मा H1N1 भाइरस ५ घण्टापछि निष्क्रिय (Non–Vitable) र अरू प्लास्टिक र स्टिलमा १० घण्टासम्म सक्रिय भएको पाइयो । यस अनुसन्धानअनुसार कुनै पनि भाइरस भएको वस्तु सुख्खा गरी सुकाउने हो भने केही घण्टापछि निष्क्रिय (Non–Vitable) भएको पाइयो । त्यस्तै अर्को एक अनुसन्धानमा पनि नयाँ (H–Cov–19) र पुरानो (SARS Cov–1) कोरोना भाइरस विभिन्न सामानमा छर्केर अनुसन्धान गर्दा कार्बोड (Carboard) (जुन मास्कजस्तै वस्तु) मा ४८ घण्टापछि मात्र निष्क्रिय भएको पाइयो । यस अनुसन्धानबाट के पाइयो भन्दा यदि भाइरस भएको मास्कलाई ७२ घण्टासम्म सुख्खा गरी सुकाउने हो भने भाइरस मर्दछ । त्यसकारण, हामीले प्रयोग गरेको मास्कलाई कागजको झोलामा राखेर राम्ररी बन्द गरी सुख्खा गरी कम्तीमा तीन दिनसम्म सुकाउने हो भने पुनः प्रयोग गर्न सकिन्छ । तर, कुनै कुनै अनुसन्धानले हप्ता दिनसम्म सुकाउनुपर्छ भनिएको छ ।
अन्तमा, हामीले प्रयोग गरेको मास्क पुनः प्रयोग गर्ने हो भने कागजको झोलामा राखी बन्द गरी सुकाउने र हप्ता दिनपछि मात्र प्रयोग गर्नुपर्दछ । कि त प्रयोग गरिसकेपछि सुरक्षितसाथ मिल्काउनुपर्दछ र नयाँ मास्क प्रयोग गर्नुपर्दछ । सुरक्षितसाथ मास्क लगाऔँ, आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ ।
 

डा. एस. एन. सुवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *