नेपालीहरू भारतविरोधी होइनन् – ३
- कार्तिक १३, २०८३
कोरोना भाइरसबाट बच्न र बचाउन हामी कति सचेत, जिम्मेवार र सक्रिय छौँ ? समीक्षा गर्ने बेला आएको छ । प्रत्येक दिन आठ–नौ हजार कोरोना सङ्क्रमित र दुई सयको हाराहारीमा कोरोना पीडितहरूको मृत्युको तथ्याङ्क हेरेर कुनै दिन आफ्नो पनि पालो आउने हो कि भनी चिन्ता लिएर दिन बिताइरहने हो या रोगबाट टाढा बस्न या आफ्नो गाउँ, ठाउँ, समुदाय र बस्तीमा कोरोनाशून्य बनाउन सुरक्षा मापदण्ड पालना गर्ने ? विश्वमै फैलिएको महामारी हो, कुनै दिन हामीकहाँ पनि प्रकोपको रूपमा फैली हामी पनि कीराफट्याङ्ग्राझैँ मर्न सक्छ भनी बेलैमा चनाखो हुने ?
कोरोना रोगलाई शून्यमा झार्न राज्यले कुनै पनि अस्पताल, स्वास्थ्य या उपचार केन्द्रमा औषधि, स्वास्थ्य सामग्री, शय्या, जनशक्ति र अक्सिजनको अभाव हुन नदिन भएभरको स्रोत, साधन र शक्ति लगाउनुपर्छ भने नागरिकले पनि सबै सुरक्षाका मापदण्डहरू पालना गर्नुपर्छ । यसका लागि राज्यका सबै संयन्त्रहरूमात्र होइन देशका सबै राजनीतिक दल, पेशागत तथा सामाजिक सङ्घ–सङ्गठनमा आबद्ध व्यक्तिहरू रोग नियन्त्रण गर्न आ–आफ्नो स्थानबाट सक्रिय हुनुपर्छ । यो मेरै कार्यालयमा काम गर्ने सहकर्मी हुन्, उनीसँग बोल्दा मास्क लगाउनु पर्दैन, सर्दैन नसम्झौँ । यी मेरा मिल्ने मित्रहरू हुन्, उनीहरूसँग बोल्दा, सँगै बस्दा मास्क लगाउनु पर्दैन, सर्र्दैन नभनौँ । यी मेरा नातेदार हुन्, उनीहरूसँग बस्दा, बोल्दा मास्क लगाउनु पर्दैन, दूरी कायम गर्नुपर्दैन भनी खेलबाड नगरौँ । क्षति भएपछि प्रायश्चित गर्नुभन्दा बेलैमा सचेत भई बुद्धिमानी होऔँ, समाज या समुदायबाट कोरोना भगाऔँ ।
केन्द्र, प्रदेश र स्थानीय तहले फुकेरमात्र रोग नियन्त्रण हुँदैन । राज्य, स्थानीय तह र सामाजिक तथा पेशागत सङ्घ–संस्थाका जिम्मेवार व्यक्तिहरूले समाजसँग भिजेर या पसेर सर्वसाधारण जनतालाई सुसूचित पारिरहनुपर्छ । कुनै नागरिक सङ्क्रमित भए, अक्सिजनको कमी भएर सास फेर्न गा¥हो भयो भने उसले कहाँ, कहिले के गर्दा हुन्छ ? त्यसबारे सुसूचित पार्नैपर्छ । कति सर्वसाधारण कहाँ, कहिले, कोसँग सम्पर्क गर्ने थाहा नपाएर, सामान्य रोग हो निको भइहाल्छ भनी बस्दा या सम्बन्धित निकायमा बेलैमा नपुगेर पनि कोरोना पीडितहरूको ज्यान गइरहेको छ । यस कार्यमा हामी कति समर्पित छौँ, हामी कति जिम्मेवारीपूर्वक लागेका छौँ, आफ्नो सक्रियताको कारण कसको ज्यान बचेको छ ? भन्नेतर्फ जिम्मेवार नागरिकले आत्म समीक्षा गरौँ र कोरोनामुक्त समाज बनाउन अघि सरौँ ।
चीनको उहानमा चिनियाँहरू कोरोना सङ्क्रमित हुँदा त्यसको नियन्त्रण गर्न चिनियाँ सरकार, चिनियाँ कम्युनिस्ट पार्टी, स्वास्थ्यकर्मी, सेना, सुरक्षाकर्मी, पार्टी कार्यकर्ता र उद्योग व्यवसायी तथा बुद्धिजीवीहरू एकसाथ लागेका थिए । परिणामस्वरूप कोरोना नियन्त्रण भयो र कोरोना नियन्त्रणमा चीनको सफलताले विश्व आश्चर्यचकित भयो । कोरोना रोग फैलिने बित्तिकै अस्पताल, औषधि, स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मी, सेना, सुरक्षाकर्मी तथा लकडाउनलगत्तै चीन सरकारले घर, कारखाना, विश्वविद्यालय, कार्यालयमा रहेका सबै नागरिकहरूलाई खानपान र पानीको व्यवस्था ग¥यो । चीनको यो व्यवस्थापन विश्वकै लागि नमुना बन्यो, अनुकरणीय बन्यो । आज विश्वका सयौँ मुलुकले चीनको उक्त कार्यको प्रशंसा गर्दै छन्, शिक्षा लिँदै छन् । चीनबाट शिक्षा लिई नेपाल सरकारले पनि गतिविधि गर्न ढिलो गर्नु हँुदैन ।
हो, दोस्रो पटक फैलिएको भेरियन्टले बुढाबुढी, बालबालिकामात्र होइन युवाहरूलाई बाँकी राखेन । रोग लाग्ला भन्ने विश्वास नभएका, जोश–जाँगर भएका हर्ताकर्तालाई पनि यो रोगले छोयो, असर पा¥यो भने कतिको त मृत्यु नै भयो । सरकारले बेलैमा ध्यान नपु¥याउँदा, गम्भीर नहुँदा, रोकथामका सबै उपायहरू नअपनाउँदा सङ्क्रमित र मृतकहरूको सङ्ख्या एकाएक बढेको हो । स्वास्थ्यविद्हरूका अनुसार तेस्रो लहर फैलिएमा यसको असर बुढाबुढी र बालबालिकाहरूमा नराम्रोसँग पर्नेछ र मृत्युको शिकार हुनेछ । यसर्थ, सरकार आफ्नो कर्तव्य निर्वाहमा जुट्नु आवश्यक छ ।
कोरोना सङ्क्रमितहरू झन्डै देशभरि पुगेका छन् । कोरोना भाइरस जनसमुदायमा पुगिसकेको कारण ७३ जिल्लामा सरकारले निषेधाज्ञा नै लागू गरिसकेको छ । हाम्रो सानो कमजोरी या बेवास्ताको कारण कोरोना गाउँ घर, टोल–टोलको बस्तीमा फैलिसकेको छ । तुलनात्मकरूपमा भेरियन्ट रोग तुरून्तै फैलिने या सङ्क्रमित हुने स्वास्थ्यविद्हरूको भनाइ छ । सङ्क्रमण फैलिन नदिनु नै उपयुक्त उपाय हो । सचेतना अपनाउँदा अपनाउँदै पनि रोग लागे उपचारको लागि राज्यले सबै उपायको बन्दोबस्त गर्नुपर्छ । एक–दुई जिल्लाको एक–दुई वटा अस्पतालमा शय्या र अक्सिजनको व्यवस्था भएको आधारमा देशभरि नै सोको व्यवस्था भइसकेको छ भनी सत्तासीन दलका नेता र मन्त्रीहरूले गर्व गर्ने होइन । राज्यले देशभरिका अस्पताल, जनस्वास्थ्य केन्द्रमा उपचारका सबै स्रोत र साधनहरूको बन्दोबस्त हुनुपर्छ । कोरोनाका कारण कसैको ज्यान गए लास व्यवस्थापनको लागि आवश्यक गाडी र सुरक्षाकर्मीहरूको व्यवस्था हुनुपर्छ ।
आफू थला परेपछि, घर–परिवारका सदस्य बितेपछि मात्रै होस पु¥याउने, सचेतना अपनाउने या शिक्षा लिने गल्ती हामी कसैले नगरौँ । कति सर्वसाधारण नागरिकहरूको रोगले च्यापेको अन्तिम घडीमा मात्र जनस्वास्थ्य केन्द्र या अस्पताल धाउने बानी छ । यो कमजोरीले गर्दा पनि कतिको ज्यान गएको छ । हण्डर खाएपछि मात्र बुद्धि पु¥याउने हो कि पहिले नै सोच्ने ? सरकार, सत्तासीन दलका नेता, मन्त्री, सांसद र जनप्रतिधिनिहरूले छिमेकी देश मुलुकमा रोग फैलिने बित्तिकै या आफ्नो देशमा छिर्ने बित्तिकै रोग निदानका आवश्यक सबै उपाय खोज्नुपर्ने हो । तर, नेपालमा यो देखिएन । यसमा नेपाल सरकार चुकेकै हो । सरकार कोरोना रोगप्रति गम्भीर नभएकै हो । यो सरकारको कमजोरी हो । सरकारको यही कमजोरीको कारण नेपालमा पनि कोरोना सङ्क्रमण फैलिएको हो । सरकार देश र जनताप्रति समर्पित हुनैपर्छ । सरकारले आफ्नो जिम्मेवारी पालना गर्नैपर्छ ।
Leave a Reply