भर्खरै :

(सन्दर्भ : १३१ औँ हो चि मिन्ह जन्म दिवस ) “भियतनाम–युद्धबाट अमेरिकाले पाठ सिकेको छैन”

भियतनाम सानो छ । यो देश हिजो विश्वको महाशक्ति अमेरिकी साम्राज्यवादसँग गरेको सङ्घर्षको कारण प्रख्यात थियो । आज पनि काका होको भियतनाम र भियतनामी जनतालाई आदरपूर्वक सम्मान र स्मरण गर्छन् । अहिले भियतनाम कम्बोडियामाथि हमला गर्ने ‘आक्रमणकारी’ देशको रूपमा पनि चर्चित छ ।
विश्वको ‘प्रजातन्त्र’ का ठेकेदार महाशक्ति देश अमेरिका सानो देश भियतनामबाट ‘पराजित’ भई फर्केको दशौँ वर्षगाँठ भर्खरै समाप्त भएको छ । सन् १९७५ अप्रिल ३० मा अति घृणित युद्धबाट अन्तिम अमेरिकी सेना फर्केको दिन हो ।
भियतनामको सङ्क्षिप्त इतिहास
दक्षिण चीन सागरको छेउमा अवस्थित भियतनाम उत्तर–दक्षिण लाम्चो परेको छ । भियतनामको उत्तरी भागमा सोङ्गकोइ (लाल नदी) छ । त्यस नदीको वरपर भू–भाग टंकिन निम्न भूमि (Tonkin Lowland) छ । त्यसै टंकिन क्षेत्रबाट भियतनामको इतिहास सुरु भएको पाइन्छ ।
आजभन्दा २१९२ वर्षअघि अर्थात् इशा पूर्व २०७ मा त्यस टंकिन क्षेत्रमा नामभियत (Namviet) भन्ने राज्य थियो । त्यो राज्यमाथि चीनको हानवंशले ई.पू. १११ मा कब्जा ग¥यो । हानवंशले राज्यको नाम अन्नाम (Annam) राख्यो । अन्नामको स्थानीय अर्थ दक्षिणी प्रभुत्व हो । हानवंशले धेरै शताब्दीसम्म शासन ग¥यो । १० औँ शताब्दीमा आएर अन्नाम चीनको हानवंशबाट मुक्त भयो र लिवंशको शासन चल्यो । त्यसपछि ट्रान्ह र चामवंशको शासन चल्यो । ट्रान्हवंशले मङ्गोलहरूलाई हराए । चामवंश सुरु भएपछि मेकङ मुहान भूमितिर बढेर खमेरहरू (आजको कम्बोडियाको भूभागका बासिन्दा) लाई धपाए र भूभाग कब्जा ग¥यो ।
त्यस क्षेत्रमा युरोपियनहरूको प्रवेश १५ औँ शताब्दीदेखि भएको पाइन्छ । त्यहाँ पुग्ने पहिलो युरोपवासी पोर्चुगालका मानिस थिए । त्यसपछि त्यहाँ डच, अङ्ग्रेज, फ्रान्सिसीहरू पनि पुगे । फ्रान्सिसीहरूले सन् १७८७ पछि आफ्नो हैकम चलाउन थाले ।
सन् १८०२ मा सम्राट गियालोङले शासन गरे । उनले १८ वर्ष (१८०२–१८२०) को शासन अवधिमा देशको एकीकरण गरे । उनीपछिका शासकहरूको पालामा क्रिश्चियन मिसन (धर्म प्रचारकहरू) ले देशको शासन र अन्य क्षेत्रमा हस्तक्षेप गर्न र बाधा दिन थालेपछि तिनीहरूलाई नियन्त्रण गर्न खोजे । तर, फ्रान्सले त्यसैलाई निहुँ बनाई सन् १८६२ मा भियतनामको दक्षिणी भागमाथि जबरजस्ती कब्जा ग¥यो । त्यसको २० वर्षपछि टंकिन र अन्नामको संरक्षकत्व फ्रान्सले लियो । १८९९ मा आएर फ्रान्सले हिन्द चीन सङ्घ बनायो । त्यस सङ्घमा टंकिन, अन्नाम, भियतनामको दक्षिणी भाग, लाओस र आजको कम्बोडियाको धेरै भू–भाग पनि गाभ्यो । त्यसको संरक्षकत्व लिनाले ती क्षेत्रका जनतामाथि शोषण र दमन बढ्यो तर फ्रान्सलाई अति नाफा भयो ।
दोस्रो विश्वयुद्धको बेला पश्चिमबाट जर्मनी र पूर्वबाट जापान बढिरहेको थियो । पूर्वबाट बढेको जापानले चीनका थुप्रै भू–भाग सँगसँगै भियतनाममाथि पनि कब्जा जमायो । जापानले भियतनाम कब्जा गरेपछि फ्रान्सको धाक घट्यो ।
भियतनामाथि विदेशीहरूको त्यस आक्रमणलाई भियतनामी जनताले सहन सक्ने कुरै थिएन । आक्रमणकारीविरुद्ध भियतनामी जनताले सङ्घर्ष गर्दै आए । प्यारो पितृभूमिको लागि सयौँ–हजारौँले आफ्नो जीवन अर्पण गरे । भियतनाम मजदुर पार्टी (पहिलेको हिन्द चीन कम्युनिस्ट पार्टी) को नेतृत्वमा भएको अगस्त क्रान्तिबाट २ सेप्टेम्बर १९४५ का दिन हो चिमिन्हले जनगणतन्त्र भियतनामको घोषणा गर्नुभयो ।
त्यसको केही समयपछि फ्रेन्च उपनिवेशवादीहरूले भियतनामविरुद्ध आक्रमण सुरु गरे । १९४६ मा फ्रान्सले गणतन्त्र भियतनामलाई मान्यता दिनेजस्तो कुरा ग¥यो । तर, त्यस सम्झौतालाई भङ्ग गराई गृहयुद्ध सुरु गराए । फ्रान्सले बाओ डाइ (Boa Dai) को प्रतिक्रियावादी सरकारलाई मान्यता दियो । १९४९ मा बाओ डाइ सरकारको भियतनाम फ्रान्सको उपनिवेशको लाजलाग्दो दर्जा पायो–फ्रेन्च सङ्घअन्तर्गत ।
देशभक्त भियतनामी जनताले फ्रान्स र त्यसको कठपुतली सरकारविरुद्ध युद्ध गर्दै गए । १९५४ को डियनवियन फूको ऐतिहासिक विजयबाट सानो राष्ट्रले पनि शक्तिशाली साम्राज्यवादी देशलाई हराउन सक्छ र आफूलाई मुक्त पार्नसक्छ भन्ने कुरा विश्वसामु प्रस्ट्याई दिए । मे महिनामा भएको डियनवियन फूको युद्धमा फ्रान्सको हार भएको थियो ।
आफू बलियो भएसम्म शान्ति वार्ताको ‘नाटक’ सम्म खेल्न नरुचाउने साम्राज्यवादी फ्रान्स डियनवियन फूको हारपछि जेनेवा शान्ति सम्मेलनमा हाजिर हुन पुग्यो । त्यस सम्मेलनबाट २० जुलाई १९५४ मा फ्रान्सले उत्तर भियतनामलाई मान्यता दियो । साम्राज्यवादीहरूले एक देशलाई दुई देश बनाउने नीति ल्याए । त्यस नीतिअनुसार १७ औँ अक्षांश रेखालाई सीमा बनाइयो । तर, त्यो राजनैतिकरूपमा अस्थायी विभाजनरेखामात्र थियो ।
सन् १९५४ मा नै SEATO (दक्षिण पूर्व एसियाली सन्धि सङ्गठन–सिएटो) गठन भएको थियो । त्यस सङ्गठनमा साम्राज्यवाद र उसका ‘सहयोगी’ हरू सदस्य थिए । त्यस सङ्गठनमा अष्ट्रेलिया, फ्रान्स, न्युजिलायन्ड, पाकिस्तान (पछि छोड्यो), फिलिपाइन्स, थाइलायन्ड, संयुक्त अधिराज्य र सं.रा. अमेरिका सदस्य छन् । यस सङ्गठनको मूल उद्देश्य साम्यवादलाई रोक्न सामूहिक प्रयास गर्नु थियो । त्यसै उद्देश्य पूर्तिको लागि भियतनामी जनताको नृशंस हत्यामा सं.रा. अमेरिकाको साथ दिन द. कोरिया, न्यूजिल्यान्ड, फिलिपाइन्सले लाखौँ सिपाहीहरू भियतनाम पठाएका थिए । जापानले भियतनाममा रासायनिक युद्धको लागि दलहरू खडा गर्न अमेरिकाको साथ दिएको थियो ।

जनतासँग हो चि मिन्ह
भियतनामको कुल क्षेत्रफल १ लाख २५ हजार ८८२ वर्ग माइलमध्ये उत्तरतर्फ ५९ हजार ९२४ वर्ग माइल र दक्षिणतर्फ ६५ हजार ९५८ वर्ग माइल प¥यो । भियतनामको कुल लम्बाइ उत्तर–दक्षिण १ हजार माइल छ भने चौडाइ ३५ माइलदेखि ३०० माइलसम्म छ । अहिले पुग नपुग ६ करोड जनसङ्ख्या छ । भियतनाम टुक्र्याएपछि पनि फ्रान्सले ‘प्रत्यक्ष’ रूपमा हैकम चलाउन असमर्थ भयो । भियतनामी जनताको मारबाट बच्न फ्रान्स पछि हट्न बाध्य भयो । तर, अर्को साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाले दक्षिण भियतनाम सेनालाई तालिम दिने निहुँमा सैनिकहरू द. भियतनाम (सैगन) पठाउन सुरु ग¥यो । त्यसभन्दा अगावै पनि अमेरिकाले भियतनाममाथि हमला गर्ने असफल प्रयास गरिसकेको थियो ।
विश्वका सबैजसो साम्राज्यवादी देशहरूको आक्रमणमा परेको विशाल चीनका जनताले आफ्नो देशलाई मुक्त गर्ने लडाइँ लडिसकेका थिए । साम्राज्यवादी प्यादा च्याङकाइ शेक कम्युनिस्टहरूमाथि निर्मम दमन गर्दै साम्राज्यवादीहरूप्रति बफादारिता दर्शाइएको थियो । अमेरिकी साम्राज्यवादले च्याङलाई भियतनाममाथि हमला गर्ने आवश्यक निर्देशन दिइसकेको थियो । यो घटना १९४७ तिरको हो । तर, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले साम्राज्यवादी पिठ्ठु च्याङका सेनालाई एकपछि अर्को मोर्चामा पराजित गर्दै गए । १९४९ अक्टोबरमा पुग्दा च्याङ आफै ताइवान भाग्नुपर्यो । च्याङबाट आफ्नो अपराध सफल नभएपछि १९ मार्च १९५० मा अमेरिकाले युद्धपोत र विमान सैगन पठायो । सोही वर्ष अमेरिकाले कोरियामाथि हमला गरेको थियो ।
द. भियतनाम फ्रान्सको सट्टा अमेरिकाको उपनिवेश बन्यो र त्यसैको इसारामा द. भियतनामको सरकार ‘नाच्न’ थाल्यो ।
विभाजनपछि सन् १९५५ मा दक्षिण भियतनाममा एउटा जनमतसङ्ग्रह भयो । अमेरिकालाई आफ्नो अनुकूलको सरकार स्थापना गर्नु थियो । त्यस जनमतको नाटकबाट बाहो डाईलाई अपदस्थ गराइयो र न्यो डिन्ह डियम (Ngo dinh Diem) लाई राष्ट्रपति बनाइयो । तर, डिन्ह डियमप्रति वाशिङटनले बनाएको धारणामा गडबडी देखियो । तब ‘भाग्य’ लेख्ने वाशिङ्टनका ज्योतिषहरूले डिन्ह डियन र उसको भाइको जन्मकुण्डलीमा ‘हत्या’ लेखियो । यो काम कुख्यात अमेरिकी गुप्तचर संस्था सीआइएले सन् १९६३ मा सम्पन्न ग¥यो । त्यहाँदेखि द. भियतनामको सत्तामा सैनिक जुम्टा रहन थाले । सन् १९६५ मा अमेरिकी सरकारका विश्वासपात्र न्गुयन काओ कि प्रधानमन्त्री बनाइए । बाहिरबाट हेर्दा अमेरिका हिटलरका विरोधी थिए । तर, हिटलरका प्रशंसकहरूलाई अमेरिका मन पराउँछन् । यसको पुष्टि काओ किको नियुक्तिले गर्छ । काओ किको दृष्टिमा संसारमा कुनै वीर छ भने एकमात्र– हिटलर !
१७ औँ अक्षांशको उत्तरतर्फको भियतनामले माक्र्सवाद–लेनिनवादको समाजवादी बाटोमा विकास गर्र्दै गयो । ठुला शत्रु देशसँग लड्दा साना देशलाई तुलनात्मकरूपमा बढी क्षति हुनु स्वाभाविक हो । यद्यपि, समाजवादी मार्ग र समाजवादी देशहरूको सहयोगबाट उत्तर भियतनामले विकास निर्माणका बाधा अड्चनहरू पार गर्दै गयो । यसका साथै शान्तिपूर्ण एकीकरणको लागि शान्तिवार्ताको सफलताको निम्ति प्रयास गर्दै गए । शान्ति वार्ताका विभिन्न सम्झौताहरू हुँदै गए । सम्झौतामा सही गरेको मसी नसुक्दै अमेरिकी साम्राज्यवादले त्यसको उल्लङ्घन गर्दै गयो । यसरी धेरै वर्षहरू बिते ।
अमेरिकाले लिएको ‘साम्यवाद रोक्ने’ मन्त्र यस्तो छ जसको आधारमा साम्राज्यवादी सेना जुनसुकै देशमा पु¥याउन सकिन्छ, आक्रमण गर्न सकिन्छ, निहत्था जनतामाथि अन्धाधुन्ध गोली हान्न सकिन्छ । अमेरिकी साम्राज्यवादले त्यस नारालाई आज निकारागुआ, एल्साल्भाडोर जस्ता देशमा घोक्दै छ भने ग्रेनाडाको उदाहरण ताजा नै छ । यसबाहेक थुप्रै देशमा सैनिकहरू तैनाथ गरिराखेको सर्वविदित्तै छ । भियतनाम त्यसैको एक नमुना थियो । संरा अमेरिकी सेनाका मुख्यसचिव एच. के. जोन्सनका अनुसार, “भियतनाम युद्ध कम्युनिस्ट क्यापसँग लड्ने अमेरिकी क्षमताको परीक्षा हो ।”

भियतनाम युद्धको क्रममा एउटा भियतनामी गाउँको तस्बिर
सहयोग गर्ने सम्बन्धमा पनि साम्यवाद रोक्ने नीति क्रियान्वित भएको पाइन्छ । दोस्रो विश्वयुद्धको बन्दुकको आवाज थामिएपछि विश्वका थुप्रै देशका भोकानाङ्गा जनताले साम्यवादको झन्डा उचाले । पुँजीवादीहरूले एउटा योजना ल्याए जसलाई मार्सल सहयोग भनिन्छ । यस योजनाका उद्देश्यहरूमा साम्यवादी प्रभावलाई रोक्नु प्रमुख थियो । विश्वको पहिलो सहयोग योजनालाई संरा अमेरिकाले १९ अर्ब डलर दियो । यस योजनाअन्तर्गत शत्रु र मित्र दुवैलाई आर्थिक पुनः निर्माणको लागि सहयोग गर्ने भनिएको थियो । तर, त्यो सही कुरो थिएन । पुँजीवादीहरूको प्रभुत्व रहेको मार्सल सहयोग निष्पक्ष रहन पनि सक्दैन । सोही कुरा भियतनामको सहयोग गर्ने कुरामा लागू भयो ।
सन् १९७३ मा अमेरिका तत्कालीन राष्ट्रपति निक्सनले भियतनामका प्रधानमन्त्रीलाई लेखेको एक पत्रमा पुनःनिर्माणको लागि ३२ लाख ५० हजार डलर बिनाशर्त सहयोग दिने प्रतिज्ञा ग¥यो तर त्यो रकम दिने त परै जाओस् अन्य विदेशी सहयोगमा समेत बाधा पु¥याएर काटेर प्रशासनले अमेरिकी नीति पुनः प्रस्ट पा¥यो ।
भियतनामको मुक्ति र राष्ट्रिय एकताको दृढइच्छालाई साम्राज्यवादीहरूले रोक्न सकेनन् र देशमा पनि रोक्न सक्दैन । अमेरिकी साम्राज्यवादले भियतनामी जनताको उपरोक्त दृढइच्छामाथि दमन गर्न दोस्रो विश्वयुद्ध र कोरियामा खसालेको कुल बमको पुगनपुग तीन दोब्बर अर्थात् ७ अर्ब केजी बम खसालेको थियो । भियतनामको कुल क्षेत्रफललाई त्यो बाँड्ने हो भने प्रतिवर्ग माइलमा ५५ हजार ६ समय ७ केजीभन्दा बढी बम पर्छ । यसबाट इतिहासको अति घृणित पात्र हिटलरभन्दा पनि अमेरिकी साम्राज्यवाद नरसंहारमा अझ अगाडि परेको देखिन्छ ।
महाशक्ति देश अमेरिका फ्रान्ससँग लामो युद्धमा संलग्न रहे पनि भियतनामजस्तो सानो एवं गरिब देशको अर्थव्यवस्थामा गम्भीर सङ्कट नआउनुको कारण समाजवादी राष्ट्रहरूको दरिलो सहयोग हो भन्ने सम्बन्धित विज्ञहरूको भनाइ छ ।
भियतनामी जनताको अदम्य साहस, मुक्ति र राष्ट्रिय एकताको अपूर्व इच्छा, समाजवादी एवं साम्राज्यवादविरोधी अन्य राष्ट्रहरूको अनुपम सहयोग, विश्वका तमाम न्यायप्रेमी जनताको अमेरिकी साम्राज्यवादप्रतिको असीमित घृणा र विरोधको परिणामस्वरूप ३० अप्रिल १९७५ का दिन भियतनाम पूर्णरूपमा मुक्त भयो ।
अमेरिकाका दुई इमानदार ‘कुकुर’ द. भियतनाको राष्ट्रपति बनेका न्गुयन भान थ्यू ३५ सय केजी सुन लिएर ताइवान भाग्यो । त्यस्तै प्रधानमन्त्री बनेका न्गुयन काओ की पनि प्रशस्त धन बोकेर अमेरिका भाग्यो । ऊ आज अपराध कार्यमा संलग्न छ ।
भियतनामी जनताको अदम्य साहस, मुक्ति र राष्ट्रिय एकताको अपूर्व इच्छा, समाजवादी एवम् साम्राज्यवादविरोधी अन्य राष्ट्रहरूको अनुपम सहयोग, विश्वका तमाम न्यायप्रेमी जनताको अमेरिकी साम्राज्यवादप्रतिको असीमित घृणा र विरोधको परिणामस्वरूप ३० अप्रिल १९७५ का दिन भियतनाम पूर्णरूपमा मुक्त भयो ।
अमेरिकाका दुई इमानदार ‘कुकुर’ द. भियतनाको राष्ट्रपति बनेका न्गुयन भान थ्यू ३५ सय केजी सुन लिएर ताइवान भागे । त्यस्तै प्रधानमन्त्री बनेका न्गुयन काओ की पनि प्रशस्त धन बोकेर अमेरिका भागे । उनी आज अपराध कार्यमा संलग्न छन् ।
भियतनाम युद्ध किन ?
एउटा शक्ति सम्पन्न देश अमेरिकाले सानो, गरिब देशमाथि लादेको युद्ध स्वस्थ दिमागको सोचाइमा अनावश्यक छ । तर, ८०० माइल टाढाको भियतनाममा अमेरिकाले आफ्नो शक्ति, सम्पत्ति खर्च गर्न पुग्यो । अमेरिकाले आजसम्म लडेकामध्ये सबैभन्दा लामो दुःखदायी, खराब युद्ध भियतनाम युद्ध बन्न पुग्यो । यद्यपि, अमेरिकी नीति निर्माताहरू भियतनाम युद्धको औचित्य देख्छन् । हालै अमेरिकाको भू.पू. परराष्ट्र मन्त्री रहिसकेका हेनरी किसिञ्जरले एउटा लेख प्रकाशित गराए । त्यो लेख भियतनाममाथि अमेरिकी हमलाबारे नै थियो । त्यस लेखमा किसिञ्जरले आफ्नो बौद्धिकताको प्रदर्शन गरे एक आक्रमणकारी देशको भू.पू. विदेश मन्त्रीको हैसियतले । तर, त्यस लेखमा भियतनामी जनताको राष्ट्रप्रेम, उपनिवेशवादविदेशी हस्तक्षेपविरूद्धको लामो सङ्घर्षमय इतिहासबारे कुनै उल्लेख गरिएको छैन भन्ने भनाइ समालोचकहरूको छ ।
भियतनाम युद्धमा ५८ हजार २२ अमेरिकीको मृत्यु भयो भने ३ लाखको घाइते भयो । मृत्यु र घाइतेको यो तथ्याङ्क वासिङ्टनको एक पर्खालमा लेखिएको छ । त्यसबाहेक भियतनाम युद्धबाट प्रभावित दशौँ लाख मानिसहरूबारे कतै केही उल्लेख गरिएको छैन । भियतनाम युद्धमा अमेरिकाले १ अरब ५० करोड डलर खर्च ग¥यो । दक्षिणपूर्वी एसियामा साम्यवाद रोक्न अमेरिकालाई फलामको चिउरा चपाउनुभन्दा गा¥हो भयो र भियतनामी जनताले संरा अमेरिकालाई कागजी बाघ सावित गरेर फर्काए ।
भियतनाम युद्ध अमेरिकी नीति निर्माताहरूले बनाएको विदेश नीतिको परिणति थियो । ती नीति निर्माताहरू फासीवादका छोरानाति नभएर पनि हिटलर मुसोलिनीको बिँडो थाम्ने ‘प्रजातन्त्रका सर्दारहरू’ हुन् । केनेडी प्रशासनको राज्यविभागका र जोन्स प्रशासनका राष्ट्रिय सुरक्षा सल्लाहकार रहिसकेका वाल्ट डब्ल्यु रोस्टोका अनुसार, फ्रान्कलिन रूजभेल्टदेखि रोनाल्ड रेगनसम्मका नौजना राष्ट्रपतिहरूले विश्वका, विशेषगरी एसियाको राजनैतिक इच्छाविरूद्ध गम्भीर सुरक्षात्मक कदम चाले । अमेरिकी विदेश नीतिले युद्धको श्रृजना गर्छ भन्ने कुरा यथेष्ट प्रमाणहरू छन् । लेवनान, ग्रेनाडा, निकारागुआ, एल् साल्वाडोरका घटनाक्रम रेगन प्रशासनको विदेश नीतिको ‘युद्ध’ सन्देशकै हाँगाबिँगा हुन् ।
अमेरिकी नीति निर्माताहरूले अमेरिकी जनतालाई ‘धन्दा नमान, हतियार र सेनाको हामीलाई दुःख छैन, हामी ठीक गर्छौँ’ भनेर शान्त पार्न खोज्दै ३३ लाखभन्दा बढी अमेरिकी फौज भियतनाममा प्रयोग गरेका थिए । हामी भियतनाममा बस्नेछौँ, त्यहाँबाट फर्कने छैनौँ भन्ने जोन्सनको भनाइले भियतनाम युद्ध किन भन्ने प्रश्नको जवाफ छर्लङ्गिन्छ ।
संयुक्त राज्य अमेरिकाको समाचार र विश्व रिपोर्ट (US News and World Report) मा स्पष्ट लेखिएको छ– दोस्रो विश्वयुद्धपछि संरा अमेरिकाले आफ्नो विदेशनीतिको उद्देश्य पूर्तिको लागि कमसेकम २६२ पटक सशस्त्र सेना प्रयोग गरेको छ । साँच्चै भन्ने हो भने हिटलरले खुलारूपमा युद्धको चाहना गरेका थिए र उनलाई चिन्न सजिलो थियो । तर, अमेरिका ‘युद्ध चाहँदैन’ किन्तु प्रत्येक कदम युद्धतिर उन्मुख देखिन्छ । हिटलरले ग्यासच्याम्बरलाई ‘किफायती’ देखेका थिए । जोन्सन, म्याकनमारा र डोन रस्कले भियतनाममा प्रयोग गरेको विषालु ग्यासलाई पनि उचित भने । विषालु ग्यासबाट छटपटाइ मरेको हेर्दैमा मूर्छा होला जस्तोलाई ‘हतियारबाट भन्दा विषालु ग्यासको प्रयोग (भियतनामी मार्न) धेरै मानवीय छ !!’ अतः हिटलरको प्रतिरूप नै अमेरिकी साम्राज्यवाद हो भन्न सङ्कोच मान्नु पर्दैन !
अमेरिकी जनता र भियतनाम युद्ध
भियतनाम युद्धको जानकारी राख्ने सर्वसाधारण जनता अमेरिकाप्रति घृणा गर्छन् जसरी हिटलरको जर्मनीलाई गरिन्थ्यो । भियतनाममाथि गरेको अपराधको लागि अमेरिकी प्रशासन निश्चय पनि घृणाको पात्र छ । यद्यपि, हिटलरको जर्मनी र साम्राज्यवादी अमेरिकामा पनि न्यायप्रेमी जनताको कमी छैन । विदेशी मुलुकमा गरिएका सैनिक हस्तक्षेपको विरोध गर्नमा अमेरिकी जनता कहिल्यै पछि परेनन् । सन् १९५० मा अमेरिकाले कोरियामाथि हमला गर्दा व्यापकरूपमा अमेरिकी जनताले विरोध जनाएका थिए । त्यस्तै भियतनाम युद्धको विरोधमा पनि राष्ट्रव्यापीरूपमा विरोध प्रदर्शनका विभिन्न गतिविधिहरू अमेरिकी जनताले सञ्चालन गरे । पत्रपत्रिकाले लिएको जनमतबाट पनि यो कुरा पुष्टि हुन्छ । सन् १९६५ अप्रिलमा २४ प्रतिशत अमेरिकी जनताले भियतनाम युद्धको विरोध जनाएको पाइयो भने युद्धको अन्त्यसम्ममा ६४ प्रतिशत पुगेको थियो । त्यस युद्धलाई आज ७६ प्रतिशत अमेरिकी (३०–३९ वर्षका) जनताले अमेरिकाले गल्ती गरेको ठह¥याएका छन् ।
सुरूमा भियतनाम युद्धको विरोध प्रतिशतमा कमी भएको देख्दा अमेरिकी प्रशासनले ठिक्कै गरेको होला भन्ने शङ्का लाग्नु स्वाभाविक छ । तर, त्यसो हुनुको कारण छ ।
कुनै कुरा ठीक या बेठीक भन्नुअघि त्यसबारे जानकारी राख्नु आवश्यक छ । पुँजीवादी राष्ट्रका सञ्चार साधनले अमेरिकाको मन नपर्ने खबर प्रकाशमा ल्याउने कुरै थिएन । त्यसबाहेक भियतनाम युद्धको बेला थुपै्र अमेरिकी पत्रकारहरू भियतनाम पु¥याइएका थिए । तर, ती पत्रकारहरूमा यथार्थ समाचार दिने या इमानदार पत्रकारहरूको सङ्ख्या निकै कम थियो । धेरैजसो पत्रकारहरू साम्राज्यवादी अमेरिकाको सरकारलाई मनपर्ने समाचार आ–आफ्ना पत्रिकामा पठाउँथे र छपाउँथे । ती समाचारमा सत्यको अंश प्रायः शून्य हुन्थ्यो । ती पत्रकारहरू स्पष्ट भन्थे– यहाँ के भइरहेको छ, त्यसबारे यथार्थ कुरा भन्न हामी चाहँदैनौँ । तर, केही इमानदार पत्रकारहरूले पठाएका यथार्थ समाचार पश्चिमी पत्रिकाका मालिकहरू या त त्यहाँसम्म होला भनी विश्वासै गर्दैनथे अथवा छाप्न रूचाउँदैनथे । यद्यपि, खबर पठाउने इमानदार पत्रकारहरूलाई ‘राजद्रोही’ पत्रकार भन्ने गरिन्थ्यो । न्यायप्रेमी जनताको दृष्टिमा पुँजीवादीहरूका ‘राजद्रोही’ नै वास्तवमा ‘इमानदार’ पत्रकार साबित भए !
भियतनाम पठाइएका अमेरिकी साम्राज्यवादका ‘राजभक्त’ पत्रकारहरूको काम यथार्थ कुरा जनसमक्ष नल्याउन योजनाबद्धरूपमा गरिएको तथ्य पछि प्रकाशित भएको पेन्टागनको कागजातबाट पुष्टि भएको छ । भियतनाम युद्धमा अमेरिकी जलसेनाको पाइलट बनेका जेम्स बोन्ड स्टकडेलका अनुसार अमेरिकी सरकारले भियतनाममा के गर्दै छ भन्ने कुरा युद्धबन्दी बनेपछि मात्र ‘तथ्यरूपमा’ थाहा पाए ।
भियतनामको समर्थनमा अमेरिकी सरकारविरोधी लहर
विश्वभरि भियतनाम युद्धको विरोधमा अरबौँ जनताले प्रदर्शनमा भाग लिए । यसमा अमेरिकी जनता पछि थिएनन् । यस्तै दक्षिण भियतनामका बौद्ध भिक्षुहरूले थ्युकीको सैनिक शासन र अमेरिकी साम्राज्यवादको विरोधमा आत्मदाह गरेका थिए । अमेरिकामा पनि त्यस्तै घटना भएको पाइन्छ ।
डेट्रोइटकी एक महिला एलिश हर्ज (Alice Herz) ८२ वर्षकी थिई । १६ मार्च १९६५ का दिन एलिश हर्जले ‘ठुलो देशले सानो देशलाई खतम पार्न’ खोजेको विरोधमा आत्मदाह गरिन् ।
सोही वर्ष २ नोभेम्बरका दिन अमेरिकाको सैनिक मुख्यालय पेन्टागनको अगाडि नर्मन मोरिसन (Norman Morrison) ले आत्मदाह गरे ।
त्यसको एक हप्तापछि न्युयोर्कमा रोजर ला पोर्ट (Roger La Porter) ले संयुक्त राष्ट्र सङ्घको अगाडि आत्मबलिदान गरे । भियतनाम युद्धविरोधी ‘साहसिक’ घटनाहरूबाहेक अन्य थुप्रै प्रकारका विरोधका तरिकाहरू अमेरिकी जनताले अपनाएको देखिन्छ ।
संरा अमेरिकी सङ्घीय कानुनमा सन् १९२२ पछि जन्मेका सबै नागरिकले ड्राफ्ट कार्ड लिनुपर्ने नियम १९४८ देखि नै लागु भएको थियो । त्यो एक प्रकारको परिचयपत्र थियो । अमेरिकी युवा एवम् भियतनाम युद्ध र त्यस ड्राफ्ट कार्डमाझ अपूर्वको सम्बन्ध देखाप¥यो ।
भियतनाम युद्धको विरोध गर्ने सिलसिलामा अमेरिकी जनताले ड्राफ्ट कार्ड नष्ट गरे वा बाल्न थाले । अमेरिकी सरकारले विरोधी पक्राउ गर्नथाल्यो । त्यसबेला ड्राफ्ट नलिनेलाई दिइने ५ वर्ष कैद वा १० हजार डलर जरिवानाको सजाय ड्राफ्ट कार्ड नष्ट गर्ने वा बाल्नेउपर लागु गरियो । सरकारको दृष्टिमा ‘राजभक्त’ को परिचय दिने त्यो कार्ड अमेरिकी जनजीवनको एक अङ्ग नै बनाउने प्रयास गरियो । त्यसैले त्यसको नाश गर्नेलाई नाजी युद्धअपराधीलाई भन्दा बढी सजाय दिन थालियो
तर, अमेरिकी जनताको दृष्टिमा त्यो कार्ड भियतनामका गाउँहरू खरानी पार्न, धानका बालाहरू नष्ट पार्न, कैदी र शङ्का लागेकाहरूलाई यातना दिन, सोझा र असैनिकहरू मार्न जिम्मा लिइएको ‘प्रतीक’ थियो । तब अमेरिकी जनताले एकपछि अर्को सार्वजनिक स्थल र सभाहरूमा लाखौँलाख ड्राफ्ट कार्डहरू बाल्नु अपराध होइन तर गाउँ जलाउनु, अस्पताल जलाउनु, केटाकेटी जलाउनु, असहायमाथि बम खसाल्नु, गाउँहरूमाथि बम खसाल्नु अपराध हो, घोर घृणित अपराध हो ।
ड्राफ्ट कार्ड नलिन बच्न लाखौँ अमेरिकीहरू विदेश भागे अथवा मानिस मार्न जान नचाहनेहरूलाई अमेरिकी सरकारले विदेशिन बाध्य गरायो ।
एक अमेरिकी लेखकको अनुसार अमेरिकी शासन प्रणालीले शान्तिकालमा होस् या युद्धकालमा, देशमा होस् या विदेशमा… मानव जीवनलाई नष्ट पार्दै आएको छ ।
अमेरिकी सरकारले अमेरिकी जीवन शैली नै युद्धप्रेमी बनाएको कारण भियतनाम युद्धताका युद्धसम्बन्धी उद्योगमा काम नगर्न र युद्ध उत्पन्न गर्ने सरकारबाट हट्न आह्वान गरिएको थियो ।
प्रजातन्त्र भएको देश भनी अमेरिकी सरकार गर्व गर्छ तर भियतनाम युद्धविरोधी प्रदर्शन गर्नेहरू पक्राउ पर्नु मामुली कुरा थियो । १९७० मे ४ का दिन ओहायो राज्यमा भएको युद्धविरोधी प्रदर्शनमा गोली चलाएर प्रदर्शनकारीहरूको हत्या गरियो ।
भियतनाम युद्धबाट फर्केका एक भूतपूर्व सैनिकले आफूलाई दिइएका सब तक्माहरू सार्वजनिकरूपमा राष्ट्रपति भवनतर्फ फालेर आफ्नो विरोध जनाए ।
१३ फेब्रुवरी १९६८ का दिन दुई सिपाही पक्राउ परे । तिनीहरूले भियतनाममा शान्ति होस् भनी प्रार्थना गरेका थिए । ‘शान्तिप्रिय’ अमेरिकी प्रशासनको दृष्टिमा त्यो अपराध बन्यो ।
युद्धको चाहना अमेरिकी सरकारको हो । युद्धको लागि आवश्यक धन जनतासँग असुल गर्छन् करको नाममा । अमेरिकी सरकारले करको दर र दायरामा वृद्धि ग¥यो तर जनताले त्यसको विरोध गरे । कर वृद्धि गरेपछि तपाईँको करले हिन्द चीनमा युद्धलाई सघाउ पुग्नेछ भन्ने सरकारी भनाइको जवाफमा अमेरिकी जनताले तपार्इँ मेटि मेटी पैसा कमाउनुहुन्छ । तर, त्यसको ठुलो भाग करको रूपमा सरकारले लिन्छ र युद्धलाई बढाउँछ भन्दै कर नतिर्न आह्वान गरे ।
भियतनाम युद्धको अन्ततिर अमेरिकी सेना पराजित भएर देश फर्कन थाल्यो । साधरणतया युद्धबाट फर्केकालाई हर्षांसुले स्वागत गरिन्छ तर भियतनाममा ‘हत्याकाण्ड’ गरेर फर्केका सेना सान फान्सिस्को पुग्दा उपस्थित जनसमूहले हाहु गरेर खिल्ली उडायो– केटाकेटीले एउटा बहुलालाई जिस्काएझैँ ।
अमेरिकी न्यायप्रेमी जनता भियतनामा युद्ध चाहँदैन भन्ने कुरा अमेरिकी राष्ट्रपति चुनावको बेला टड्कारोरूपमा देखापर्छ । कुनै पनि दलका राष्ट्रपति उम्मेदवार होस् एक नारा समान थियो– भियतनाम युद्ध रोक्ने ¤ जोन्सनले आफूलाई ‘शान्तिप्रिय’ देखाउन यति चिच्याए कि त्यति हिटलरले पनि आफूलाई ‘युद्धप्रिय’ भनेका थिएनन् । तर, तथ्यले जोन्सनले हिटलरलाई पनि माथ गर्ला जस्तो देखिन्थ्यो ।
भियतनाममाथि अमेरिकाले गरेको आक्रमणको विरोधमा अमेरिकाबाहेक बेलायत, जापान, इटाली, भेनेजुयला, अष्ट्रेलिया, भारत, जर्मनी, फ्रान्स आदि देशका साथै नेपालमा पनि अमेरिकी आक्रमणकारीहरूको विरूद्ध विरोध प्रदर्शनहरू भएका थिए । सत्तामा बस्नेहरू अनाक्रमण, शान्ति, असंलग्न, न्यायको निम्ति आवाज उठाउने भए पनि अमेरिकी आक्रमणहरूको विरोध गर्नेहरूमाथि दमन गर्न बाँकी राखेनन् । पक्राउ, थुनछेक, हत्या, यातना ती प्रदर्शनकारीहरूले खप्नु परेको थियो ।
२०१७ सालको घटनापछि नेपालमा अन्तर्राष्ट्रिय विषयलाई लिएर भएको पहिलो जुलुस भक्तपुरमा भएको थियो । २०२३ सालको फागुन–चैततिर भएको उक्त विरोध प्रदर्शनमा भाग लिने थुप्रै प्रदर्शनकारीहरू ‘साम्राज्यवाद, उपनिवेशवादविरोधी परराष्ट्र नीति’ लिएको देशको प्रशासनबाट घाइते र पक्राउ परेका थिए । त्यस जुलुसका केही नारा थिए–
वीर भियतनामी जनता जिन्दावाद !
म्याकनमारा – ज्यानमारा !
अमेरिकी सामाज्यवाद – एसिया छोड !
भियतनाम युद्ध र भियतनाम
अमेरिकी साम्राज्यवादबाट आक्रान्त काका होको भियतनाम र आजको ‘रूसमुखी’ भियतनाममा धेरै अन्तर दृष्टिगोचर हुन्छ ।
३० अप्रिल १९७५ का दिन भियतनामी जनताले सोचेको हुनुपर्छ कि अब समाजवादी विकासको लागि बन्दुक छोडेर निर्माणका औजार समात्न पर्ला ¤ अमेरिकी हमलाबाट अस्तव्यस्त देशको चौतर्फी विकासको लागि पुनःनिर्माणमा भियतनामी जनता लागे । समाजवादी राष्ट्रहरूको सहयोगबाट पुनःनिर्माणमा टेवा भइरहेको थियो । भियतनामी नेताहरूले सन् १९८० देखि २ करोड १० लाख टन धान, एक करोड टन कोइला वार्षिक निम्नतम उत्पादन गर्ने लक्ष्य राखे । युद्ध सकिएको एक वर्षपछि अर्थात् १९७६ मा १ करोड ३५ लाख टन खाद्यान्न उत्पादन भयो । तर, १९७८ को डिसेम्बरमा भियतनाम स्वयं युद्धको आतङ्कबाट मुक्त हुनसकेको थिएन । ह्यु, क्वाङ ट्रिजस्ता असैनिक क्षेत्रमा युद्धपछि पनि पुगनपुग ४ हजारभन्दा बढी भियतनामीहरूको मृत्यु भइसकेको थियो । त्यो मृत्यु लुकाइएका अमेरिकी युद्ध सामग्रीबाट भएको थियो । एक अनुमानअनुसार ७५ लाखभन्दा बढी बम, विष्फोटक पदार्थ पुराना युद्ध मैदानको भूमिमा दबाइएका छन् । त्यसको आतङ्क आफ्नो देशमा सिधिन नपाउँदै भियतनामले अर्काको देशमा आतङ्क सृजना ग¥यो ।
अमेरिकी साम्राज्यवादसँग युद्धरत छँदा भियतनामका प्रधानमन्त्री फाम भान डोङ्गले सिहानोकलाई भनेका थिए –(लोन नोलले सत्ता हत्याएपछि) “संरा अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षमा तपार्इँलाई हाम्रो पक्षमा पाउँदा हामीलाई गर्व छ ।” तर रूसी धाप पाएपछि ती सब बिर्सेर आक्रमण गरियो, विश्व जनमतको विरूद्ध भियतनाम गयो । यसको असर सन् १९८० मा १ करोड ४३ लाख टनमात्र खाद्यान्न उत्पादन गर्न सक्यो ।
भियतनाममा अहिले प्रतिव्यक्ति आय १०० अमेरिकी डलरमात्र छ । भियतनामको अर्थव्यवस्था नाजुक हुँदै गएको छ । जबकि विगत १० वर्षमा आसियान देशहरूको अर्थ व्यवस्थामा सरदर ७ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, भियतनामको प्राकृतिक स्रोत धनी छ, भूमि उर्बर छ र कठिन परिश्रम गर्ने जनता छन् । तर, पनि भियतनामको अर्थव्यवस्था ¥हासोन्मुख छ । यस्तैमा कम्पुचिया युद्धमा भियतनामको कुल खर्चको ५० देखि ६० प्रतिशत खर्च भइरहेको छ ।
भियतनामले कम्पुचियामाथि आक्रमण गर्नासाथ चीनबाहेक १३ मुलुक र ४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले सहयोग दिन रोके ।
भियतनामको विदेशमन्त्रीले ‘१९९५ अघि कम्पुचियाबाट सबै सेना फर्काइने छैन’ भनेका छन् । त्यस्तै भियतनामका कम्युनिस्ट पार्टीका महासचिवले ‘कम्पुचियामा युद्ध जारी छ’ भनेका छन् । यस्तै कुरा अमेरिकी साम्राज्यवादका माहुतेहरूले पनि १० वर्षअघि भनेका थिए । तर फर्कन बाध्य बनाइए ।
एक अनुमानअनुसार १९ लाख मृत्यु, ४५ लाखभन्दा बढी घाइते र ९० लाखभन्दा बढीको घरवारविमुख भएको भियतनाम युद्धको एक दशकपछि पनि समाजवादी व्यवस्था अनुकूल अर्थव्यवस्था बनाउन सकेको छैन । यसको विपरीत पाइलैपिच्छे रूसमाथिको निर्भरता बढ्दै गएको छ । भियतनाममा माग्ने, पेटीमा पसल राखी जीविका गर्ने, सडकमा सुत्ने, बेरोजगार बढ्दो छ, जुन काका होको ध्येयको सर्वथा विपरीत छ । भियतनाममा होटेल, ढुवानी, पथप्रदर्शक र दोभाषे आदिको भाडा वा पारिश्रमिक संसारमा सबभन्दा महँगो हुन पुगेको छ ।
सारमा, वर्तमान सत्तासीनहरूले भियतनामलाई समाजवादी मार्गबाट हटाएका छन् र काका हो माथि विश्वासघात गरेका छन् ।
स्रोत : पञ्चायत, वर्ष ३, अङ्क ६÷७, पूर्णाङ्क २३÷२४, (२०४२)
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *