रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
काठमाडौँ, ६ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सरकार र प्रधानमन्त्रीका आकाङ्क्षीहरूले भारतसँगको सीमामा कडाइ गर्ने विषयमा समयमै पहल नगर्दा कोभिड–१९ को महामारी देशका गाउँ–गाउँसम्म फैलिएको बताउनुभएको छ । भृकुटी टेलिभिजनसँगको बिहीबार भएको टेलिफोन वार्तामा उहाँले महामारीको समयमा अरू कुरा थाती राखेर शासक दलहरूले जनताको स्वास्थ्यमा ध्यान नदिँदा काठमाडौँ उपत्यकामै अक्सिजनको हाहाकार भएको र जनताले ज्यान गुमाउनुपरेको बताउनुभयो ।
सरकारको कमी कमजोरी जनतासमक्ष उदाङ्ग्याउने जिम्मेवारी बोकेको प्रमुख प्रतिपक्ष नेका नै सरकारसँग भागबन्डामा मिलाउन लाग्दा जनताले थप दुःख पाएको उहाँको भनाइ थियो ।
बिजुक्छेँले भन्नुभयो, “उहानमा कोभिड फैलिँदा नेपालका विद्यार्थीहरूलाई नेपाल फर्काउन बालुवाटारमा प्रदर्शन गराउने नेपाली काङ्ग्रेस अहिले आफ्नै जनता महामारीको चपेटामा पर्दा किन केही गरिरहेको छैन ?”
नेपालका शासक दलहरूभित्र टुटफुटको लागि भारतीय शासक वर्गको भूमिका रहेको भन्दै उहाँले त्यस्ता कामको लागि भारतले व्यापारिक घराना परिचालन गर्ने गरेको बताउनुभयो ।
“एमाले र माओवादीको एकता पनि दक्षिणले गराएको हो, फुट पनि उसले गराएको हो अब कुनै दिन फेरि एकता गराएमा आश्चर्य हुनेछैन”, बिजुक्छेँले भन्नुभयो ।
एमाले र माओवादीको सिद्धान्त पुँजीवादी व्यवस्थालाई नै बलियो बनाउने भएकोले फाइदा भएसम्म मिल्ने र नहुँदा फुट्नु स्वाभाविक भएको उहाँको टिप्पणी थियो ।
दक्षिण एसियामा द्वन्द्व चर्काउन संरा अमेरिकाले एमसीसी परियोजना लागु गर्न खोजेको भन्दै नेपालमा चीनको प्रभाव नपरोस् भनी पश्चिमा शक्ति सक्रिय रहेको धारणा राख्नुभयो ।
नेकाका मन्त्रीले एमसीसी सम्झौतामा सही गरेको प्रसङ्गबारे चर्चा गर्दै बिजुक्छेँले भविष्यमा के हुनसक्छ भन्ने कुराको थोरै पनि अनुमान नभएको नेका सबभन्दा कमजोर राजनीतिक शक्ति भएको बताउनुभयो ।
जनताले जात, भाषा र पैसाको आधारमा मत दिने र नीति तथा विचारको आधारमा मत नदिने परिस्थिति हुँदासम्म शासक दललाई सुधार्न नसकिने बिजुक्छेँको भनाइ थियो ।
पुँजीपति वर्गले कोभिड–१९ को खोपलाई पनि नाफा नोक्सानको विषय बनाउनु कुनै नौलो विषय नभएको भन्दै उहाँले नाफाको लागि नै पुँजीपति वर्गको अस्तित्व रहने धारणा राख्नुभयो ।
Leave a Reply