तिब्बतमा शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
- कार्तिक ७, २०८३
हवाना, २१ मे (सिन्ह्वा) । क्यारेवियन राष्ट्र क्युवाले कोरोना भाइरसविरुद्ध आफैंले विकास गरेको खोप ११ लाखभन्दा बढी क्युवालीलाई लगाएको छ । क्युवाका एक जना वरिष्ठ अधिकारीले ११ लाखभन्दा बढी व्यक्तिले कम्तीमा एक डोज खोप लगाएको बिहीबार जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयका विज्ञान तथा प्रविधिसम्बन्धी निर्देशक एलिएना मोरालेसले कोभिड–१९ विरुद्धको लडाइँमा खोप एउटा अंश भए पनि अरू धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
क्युवामा बिहीबार एकै दिन एक हजार २५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी हुनुका साथै छ जनाको मृत्यु भएको थियो । क्युवामा हालसम्म एक लाख २९ हजार व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका र त्यसमध्ये ८४० जनाको मृत्यु भएको छ ।
क्युवाले हाल कोभिड–१९ विरुद्ध पाँच किसिमका खोपहरू – सोबराना १, सोबराना २, अब्दला, माम्बिसा र सोबराना प्लस– को अध्ययन गरिरहेको जनाएको छ ।
यसैबीच, क्युवामै विकास गरिएको खोप लगाएका हजारौँ व्यक्तिले खोप बारेमा आफ्ना धारणा सामाजिक सञ्जालमा राख्न थालेका छन् ।
राजधानी हवाना निवासी जोइला रोड्रिगेजले खोपका कारण दैनिक सङ्क्रमणमा कमी आउने र अस्पताल भर्ना हुने दरमा कमी आउने विश्वास व्यक्त गर्नुभएको छ ।
क्युवा सरकारले यसै वर्षको अन्त्य सम्ममा सम्पूर्ण क्युवालीलाई खोप लगाइसक्ने योजनाअघि सारेको छ । क्युबामा करिब एक करोड १० लाख जनसङ्ख्या छ ।
Leave a Reply