हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
नेपालगञ्ज, १२ जेठ । कोरोना सङ्क्रमण दर घटेसँगै यहाँका अस्पतालका शय्या खाली हुँदै गएका छन् । एक हप्ताअघिसम्म यहाँका कोरोना उपचार हुने अस्पतालमा शय्या नपाएर बिरामीलाई बरण्डामा राखेर बिरामी गर्नुपर्ने अवस्था रहेकोमा अहिले सबै अस्पतालका शय्या खाली हुँदै गएका छन् ।
दैनिक ठुलो सङ्ख््यामा सङ्क्रमित भर्ना हुने बाँकेमा सङ्क्रमण घटेपछि अहिले अधिकांश बाहिरी जिल्लाका बिरामी बाँकेका अस्पतालमा उपचारको लागि आउने गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमण दर घटेसँगै पश्चिम नेपालमै कोरोना उपचार केन्द्रको रूपमा रहेका नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालको कोभिड कक्षकै शय्यासमेत खाली भएका छन् ।
मङ्गलबार भेरी अस्पतालको कोभिड वार्डमा ३०, नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा २८, वेस्टर्न अस्पताल नेपालगञ्जमा १३, युनाइटेड अस्पताल नेपालगञ्जमा पाँच गरी ७६ शय्या खाली भएको वलीले जानकारी दिनुभयो ।
कोरोना उपचार हुँदै आएका अस्पतालमा रहेका जम्मा ३६१ कोभिड शय्यामा मङ्गलबार २८५ व्यक्ति उपचाररत छन् भने ७६ शय्या खाली छन् । बाँकेमा अहिले सङ्क्रमितभन्दा कोरोना जितेर घर फर्किनेको सङ्ख्या धेरै छ । कोरोना सङ्क्रमण रोकथामको लागि जारी निषेधाज्ञाको एक महिनापछि बाँकेमा सङ्क्रमण र मृत्युदर घट्दै गएको छ । दैनिक १० जनाभन्दा धेरैको मृत्यु हुँदै आएकोमा केही दिनयता मृत्युदरसमेत न्यून भएको छ । अस्पतालमा मृत्यु हुनेमा अधिकांश बाहिरी जिल्लाका रहेको बताइएको छ ।
यसैबीच कोरोना सङ्क्रमणबाट यहाँ हालसम्म ५४० जनाको मृत्यु भएको छ । कोरोना महामारी सङ्क्रमणको एक वर्षको अवधिमा उपचारको लागि यहाँस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा धेरै बाँकेका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म कोरोना सङ्क्रमणको कारण बाँकेका २८१ र अन्य जिल्लाबाट उपचारका लागि यहाँका अस्पतालमा भर्ना भएका २५९ गरी ५४० जनाको मृत्यु भएको हो । पछिल्लो पटक बुधबार बिहान उपचारको क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना सङ्क्रमितको मृत्यु भएको छ ।
घट्दै कोरोना सङ्क्रमण, खाली हुँदै अस्पतालका शय्या
कोरोना भाइरस सङ्क्रमण दर घट्दै गएको छ । अघिल्लो हप्ता लुम्बिनी प्रदेशमा ४० प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमण दर ह्वात्तै घटेर २६.३ प्रतिशतमा पुगेको छ । स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नेत्रलाल अर्यालका अनुसार सङ्क्रमित हुनेमा २५ देखि २९ वर्षका धेरै छन् । यो उमेर समूहका करिब १३ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । त्यसपछि ३० देखि ३४ वर्षका १२ प्रतिशत, ३५ देखि ३९ र २० देखि २४ वर्षका १० प्रतिशत सङ्क्रमित छन् । सबैभन्दा कम ७० देखिमाथि र १० वर्षभन्दा कम उमेर समूहका छन् । यो उमेर समूहका ज्येष्ठ नागरिक र बालबालिकामा सङ्क्रमण दर झन्डै दुई प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेशमा सङ्क्रमण दरसँगै मृत्यु दरसमेत घटेको छ । स्वास्थ्य निर्देशनालयको पछिल्ल्लो तथ्याङ्कअनुसार प्रदेशमा १६ जनाको मृत्यु भएको छ । अघिल्लो हप्ता मत्युको दर यसको दोब्बरभन्दा धेरै थियो । कोरोना सङ्क्रमणदर घट्दै गएपछि अस्पतालमा उपचारका लागि सहज भएको छ । अघिल्लो हप्तासम्म भरिभराउ रहेका लुम्बिनीका अस्पतालमा बिस्तारै बिरामीको चाप कम हुँदै गएको छ । रूपन्देहीका अस्पतालमा शय्या खाली नभए पनि अक्सिजनको सहज आपूर्ति र बिरामीको चाप केही कम भएकोले उपचार सहज बन्दै गएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. नन्दु पाठकले बताउनुभयो ।
Leave a Reply