भर्खरै :

उत्तर पश्चिम चीनको क्रान्तिकारी चाओचीन नगर

उत्तरपश्चिम चीनको शान्सी प्रान्तको तोङच्वानको चाओचिन नगर गौरवशाली क्रान्तिकारी इतिहास भएको नगर हो । आज त्यो नगर उही क्रान्तिकारी भावना बोकेर तीब्र विकासको बाटोमा छ ।
सन् १९३० दसकको सुरुमा लिउ चिन, सेर्य चिचाङ, सि चोङसुन र अरू पुराना पुस्ताका क्रान्तिकारीहरूले चिनियाँ मजदुर–किसान लाल सेनाको २६ औँ टोली स्थापना गर्नुभएको थियो । उहाँहरूले शान्सी–काङ्सु सीमा क्षेत्रमा क्रान्तिकारी आधार स्थापना गरेर चाओचिनलाई मुख्यालय बनाउनुभएको थियो ।
क्रान्तिकारी पुस्तान्तरण
पेइलिआङ लाल सेना प्राथमिक विद्यालय त्यो सहरको क्रान्तिकारी इतिहासको एउटा अवशेष हो । त्यसको स्थापना सन् १९५५ मा चेङचिओपो बैठक बसेको पुरानो क्रान्तिकारी थलोमा भएको थियो । सन् २००० को जुनमा सी चोङसुनकी श्रीमती र चीनका वर्तमान राष्ट्रपति सी चिनफिङकी आमा छि सिनले त्यो विद्यालयको भ्रमण गर्नुभएको थियो । विद्यालयका अँध्यारा कक्षा कोठा र अपुग पूर्वाधार देखेर उहाँले सो विद्यालय नयाँ ठाउँमा स्थानान्तरण गरेर पुनः निर्माण गर्न आफ्नो पूरै परिवार परिचालन गरी १ लाख ५० हजार युआन (१८ हजार ११६ डलर) चन्दा दिनुभएको थियो ।
त्यसयता चीन सरकार र समाजका विभिन्न क्षेत्रको सहायतामा त्यो विद्यालयको अवस्था क्रमशः सुधार हुँदै गयो । विद्यालयको नयाँ शैक्षिक र छात्रावास भवन बनेको छ । कक्षा कोठाहरू सुविधासम्पन्न र आकर्षक बनेका छन् । सिन्थेटिकको रबर बिछ्याइएको खेलमैदान पनि बनेको छ ।

चाओसिनको पुरानो विद्यालय भवन र नयाँ भवन


सन् २०१८ को मे महिनामा त्यत्तिबेला विद्यालयको कक्षा तीनकी विद्यार्थी वाङ तियाङचियाओ आफ्ना साथीहरूको प्रतिनिधित्व गर्दै चीनका राष्ट्रपति सी चिनफिङलाई एउटा पत्र लेखेकी थिइन् । आफ्नो पत्रमा उनले क्रान्तिकारी इतिहास पढ्दाको अनुभव र विद्यालयको विकासबारे लेखेकी थिइन् ।
वाङको पत्रको सीले तुरुन्तै जवाफी पत्र लेख्नुभयो । सीले पत्रमा क्रान्तिकारी भावना पुस्तौँ पुस्तासम्म स्थानान्तरण गर्न उत्साहित बनाउनुभयो ।
विद्यार्थीहरूले सद्गुणी हृदयका साथ समय बिताउने र पढ्न मिहिनेत गर्ने आशा व्यक्त गर्दै सीले देश, जनता र समाजको भविष्यको लागि उपयोगी व्यक्ति बन्न पनि आग्रह गर्नुभयो ।
तीव्र विकासले स्थानीय जनताको हित
सन् २०१५ मा सी चिङफिङले चाओचिन नगरको भ्रमण गर्नुभएको थियो । सो क्रममा उहाँले क्रान्तिकारी आधारको इतिहासबारे अध्ययनलाई प्रभावकारी बनाउन, ऐतिहासिक अनुभवको सार खिच्न तथा क्रान्तिकारी भावना र उत्तम कार्यशैली अझ अघि बढाउनमा जोड दिनुभएको थियो ।
पछिल्ला वर्षमा नगरको तीब्र विकास भइरहेको छ । दु्रतमार्ग, पुनःस्थापना गरिएका समुदाय, विशाल बजार, रङ्गशाला र अन्य धेरै पूर्वाधारहरूको विकास भएको छ । कुनै बेला दुर्गम र पिछडिएको ठाउँ अहिले क्रान्तिकारी पर्यटनको लागि विख्यात नगर बनेको छ ।
“सन् २०१५ मा नगरको प्रतिव्यक्ति आय ८ हजार ८४८ युआन थियो । सन् २०२० मा त्यहाँको प्रतिव्यक्ति आय १५ हजार २३५ युआनमा वृद्धि भयो”, चाओचिन नगरका चिनियाँ कम्युनिस्ट पार्टीका सचिव पाई वेईले भने,“पहिला नगर गरिब र पिछडिएको थियो । युवाहरू यहाँ बस्न मन पराउँदैनथे । युवतीहरू यहाँ विवाह गर्न चाहन्थेन । तर, पछिल्ला दुई वर्षमा कलेजमा पढिरहेका १६ जना विद्यार्थी घर फर्केका छन् ।”
“चाओचिन अहिले निकै राम्रो छ । घर फर्किनुहोस् र यो क्रान्तिकारी थलोमा काम गर्नु होस् । यसैमा आत्मसम्मान र सफलतानिहीत छ”, पाईले भने ।
स्रोत: सीजीटीएन
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *