अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
(सोनी कोजू दुई वर्षदेखि म्याग्दी जिल्लाको बेनी अस्पतालमा प्रयोगशाला स्वास्थ्यकर्मीको रूपमा काम गरिरहनुभएको छ । कोभिड–१९ महामारीलाई अग्रमोर्चामा उभिएर सामना गरिरहनुभएका हजारौँ स्वास्थ्यकर्मीहरूका प्रतिनिधि पात्र उहाँले म्याग्दीका दुर्गम गाउँ–गाउँसम्म पुगेर कोभिड–१९ का बिरामीलाई समयमै उपचार गराउन मद्दत गर्दै आउनुभएको छ । कोभिड–१९ महामारीको प्रतिरोधमा फ्रन्टलाइनमा बसेर लडिरहेका फ्रन्टलाइन फाइटरहरूका भावना र विचार प्रकाशित गर्ने क्रममा सोनीसँगको कुराकानीमा आधारित लेख प्रस्तुत छ । यो संवाद गर्दासम्म बेनीको दुई वर्षे सेवा सकेर सोनी पोखरामा सरुवा भइसक्नुभएको छ ।)
कोभिडसँगको लडाइँ
अघिल्लो वर्ष कोभिड–१९ को पहिलो लहर सुरु भएदेखि नै म्याग्दी जिल्लामा कोभिड परीक्षणको जिम्मेवारी समाल्दै आएको छु । जिल्ला स्वास्थ्य कार्यालयका एक जना अधिकारी र बेनी अस्पतालको तर्फबाट म समेत म्याग्दी जिल्लाबाट दुई जनाले कोभिड–१९ परीक्षणको तालिम लिएका थियौँ । तालिमपछि हामी दुई जनाले कोभिड परीक्षणको जिम्मेवारी समालिरहेका थियौं । स्वास्थ्य कार्यालयका कर्मचारी पीसीआर परीक्षणको जिम्मेवारीसहित अन्यत्र खटाइनुभयो । त्यसपछि बेनी अस्पतालमात्र होइन, सिङ्गो म्याग्दी जिल्लाकै कोभिड–१९ को स्वाब सङ्कलनको काम मैले नै समाल्दै आएकी छु ।
प्रारम्भिक दिनहरूमा तालिम प्राप्त जनशक्ति नहुँदा काम गर्न सजिलो थिएन । तालिम लिएका हामी दुई जनामात्र थियौँ । अस्पतालको नियमित प्रयोगशाला परीक्षणको कामका साथै स्वाब सङ्कलनको काम पनि थपिँदा हामीलाई भ्याइनभ्याइ थियो । त्यसकारण, गत वर्ष कोभिड–१९ को सङ्क्रमण सुरु भएयता म एक दिन पनि बिदामा बसेकी छैन ।
म्याग्दी जिल्लामा पहिलो लहरको सङ्क्रमणको व्यवस्थापन निकै राम्रो भएको थियो । त्यत्तिबेला कोरोना सङ्क्रमणको सङ्ख्या कमै थियो । विदेशबाट फर्केकाहरूमा मात्र कोरोनाको सङ्क्रमण देखिएको थियो । जिल्ला विपद् व्यवस्थापन समिति (डीसीएमसी) ले विदेशबाट फर्केकाहरूलाई क्वारेन्टिनमा राख्न एउटा विद्यालय र क्याम्पसमा व्यवस्था गरेको थियो । विदेशबाट फर्केकालाई त्यहीँ राखिन्थ्यो । क्वारेन्टिनमा बसेको चार–पाँच दिनपछि मात्र पीसीआर परीक्षण गरिन्थ्यो । परीक्षणमा पोजिटिभ आए अलगै आइसोलेसन केन्द्रमा पठाइन्थ्यो र निगेटिभ आएमात्र घर फर्काउने व्यवस्था गरिएको थियो । त्यसले सङ्क्रमण गाउँ गाउँ फैलिन दिएन । तर, कोही कोही मानिस भने अनेक बहानाबाजीमा होल्डिङमा नबसी घर गइदिँदा केही ठाउँमा कोभिडको सङ्क्रमण देखाप¥यो । त्यसपछि हामी कन्ट्याक्ट ट्रेसिङको लागि बेनी नगरपालिकाका विभिन्न वडा र म्याग्दीका अन्य स्थानीय पालिकाहरूमा दौडिनुप¥यो । म्याग्दी भौगोलिकरूपमा ठुलै जिल्ला हो । त्यसकारण, स्वाब सङ्कलनको लागि जान–आउन कम्तीमा एक दिन त लाग्थ्यो नै । त्यही क्रममा म्याग्दी जिल्लाका विभिन्न हिमाली क्षेत्रमा पुग्ने अवसर प्राप्त भयो । हामी विभिन्न ठाउँमा गएर स्वाब सङ्कलन गथ्र्यौँ र प्याकिङ गरेर पीसीआर परीक्षणको लागि पोखरा पठाउने गथ्र्यौं ।
सुरु सुरुमा त कोरोना भनेबित्तिकै गाउँ–घरमा मानिसहरू निकै डराएका थिए । लकडाउन पनि थियो । स्वाब सङ्कलनको लागि हामी गाडीमा जान्थ्यौँ । गन्तव्य पुग्न कम्तीमा तीन–चार घण्टा यात्रा गर्नुपथ्र्यो । स्वाब सङ्कलन गर्न गएको टोली भन्ने कुरा थाहा पाएपछि बीच बाटोमा हामीलाई शौचालयसमेत प्रयोग गर्न दिन मानिसहरू मान्दैनथे । नमिठो लाग्थ्यो । तर, हामीले त्यो अवधिमा राम्रै काम ग¥यौँ जस्तो अनुभव हुन्छ । स्वाब सङ्कलनबाहेक अस्पतालको प्रयोगशालाका अन्य परीक्षण पनि गरिरह्यौँ ।
दोस्रो लहरको सङ्क्रमण फैलिएपछि हामीलाई काम गर्न अझ चुनौतीपूर्ण बन्यो । यो पटकको सङ्क्रमणमा सङ्क्रमितहरू विदेशबाट फर्किनेमात्र त थिएनन् । स्थानीयरूपमै सङ्क्रमण फैलिएको थियो । बिरामीको सङ्ख्या बढ्दै गएपछि उनीहरूलाई राख्न ठाउँ हामीलाई समस्या भयो । पहिला तालिम केन्द्रको भवनमा आइसोलेसन केन्द्र राखिएको थियो । तालिम केन्द्रले सो भवन आफ्नै प्रयोजनको लागि दिन नसकिने भनेपछि बिरामीलाई राख्ने ठाउँको अभाव भएको थियो । अहिले अस्पतालकै अलग आइसोलेसन केन्द्र बनाएपछि त्यो त्यत्ति ठुलो समस्या रहेन ।
बेनी अस्पतालले चार–पाँच महिनाअघि नै आफ्नै अक्सिजन प्लान्ट स्थापना गरेकोले त्यहाँ अक्सिजनको त्यत्ति समस्या भएन । अस्पतालमा भर्ना भएका बिरामीलाई अस्पतालको प्रणालीबाटै अक्सिजन दिन मिल्ने व्यवस्था गरिएको छ । बेलैमा अक्सिजन प्लान्ट बनाउने निर्णय गरेर बुद्धि पु¥याए जस्तो लाग्छ ।
दोस्रो सङ्क्रमण चुनौतीपूर्ण थियो । बिरामीको सङ्ख्या धेरै भएपछि अस्पतालमा राख्ने ठाउँ भएन । बिरामीको अवस्था हेरी गम्भीर खालका बिरामीलाई अस्पतालमा भर्ना गरियो भने अरूलाई घरमै आइसोलेसनमा बस्न फर्काइयो । घरमा बस्ने सङ्क्रमितलाई अस्पतालका सबै चिकित्सकको फोन नम्बर दिइएको हुन्छ । कुनै स्वास्थ्य समस्या भए बिरामी वा परिवारले चिकित्सकसँग सीधा सम्पर्क गर्नसक्ने व्यवस्था गरिएको छ ।
बीचमा केही साता उच्च चापीय (हाइफ््लो) अक्सिजन नै लिनुपर्ने बिरामीको सङ्ख्या बढ्न थालेपछि अस्पताल र स्वास्थ्यकर्मीहरूलाई गा¥हो भएको थियो । तर, अस्पतालले तत्कालै निर्माणाधीन भवनमा पनि आकस्मिक प्रबन्ध मिलाउँदा अहिले अलि सहज बन्दै गएको छ ।
बिरामीले आफूसँग भएको रोग लुकाउनाले अहिले महामारी नियन्त्रण गर्न गा¥हो भइरहेको देखिन्छ । आफूलाई केही असजिलो भए एकपल्ट पीसीआर परीक्षण गराउनु नै उत्तम उपाय हो । भोलि के हुन्छ, कसलाई के थाहा ¤ अस्पताल वा स्वास्थ्यकर्मीको सम्पर्कमा ढिला आउँदा स्वास्थ्यकर्मीको हातमा पनि केही उपाय बाँकी रहँदैन । जसोतसो अक्सिजन चलाए पनि बिरामीलाई बचाउन नसक्ने हुन्छौँ । अस्पतालमा शøया अभावको समस्या त छँदैछ । बिरामी अस्पतालमा ढिला आइदिँदा म्याग्दीजस्तो जिल्लामा त बिरामीलाई चाहेर पनि जोगाउन कतिबेला समस्या हुने गर्छ । बेनी अस्पतालबाट उपचार सम्भव नभए या त पोखरा या त काठमाडौँ पठाउनुपर्ने हुन्छ । बेनीबाट पोखरा पुग्नै नपाई कति बिरामीको निधन भइरहेको हुन्छ ।

बेनी अस्पतालमा सोनी
Leave a Reply