अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
३
केही दिनपछिको दिउँसोको खाजापछि परिवारका सदस्यहरू कोठामा जम्मा हुनासाथै कान्छा दाइले छोरोसँग प्रश्न गरे, “छोरो, अस्ति तिमीले शासक दलहरूको आपसको झगडाले गर्दा पनि कोरोना रोगको नियन्त्रणमा आवश्यक बन्दोबस्त गर्न नसकेको वा गर्न नभ्याएको बतायौ । तर, तिनीहरूको झगडाको कारण पद र पैसाको निम्ति हो, इष्र्या र द्वेष कै कारण ती फुटेका हुन् ¤”
“हो बुबा, कतै पद र पैसा, कहीँ ईष्या र द्वेष, सिद्धान्त र नीतिको कारण राजनैतिक दलहरूमा आपसमा मतभेद हुन्छ । नेपालको सन्दर्भमा राजनैतिक दलहरूको नाम जे लेखिएको भए पनि सिद्धान्त र नीतिबारे पनि सङ्घर्ष भएको देखिन्छ । कम्युनिस्ट भनिएका एमाले र एमाओवादी पार्टीको झगडाको कारण पद, पैसा, व्यक्तिगत ईष्या र द्वेष भनियो । अन्य सच्चा कम्युनिस्ट दलहरू छुटिनुमा निर्वाचित सरकारहरूले वर्गीयरूपले एक अनुशासित दल र त्यसको शक्तिबिना समाजवाद स्थापना गर्नसक्छ वा सक्दैन भन्ने विषयमा भएको मतभेद नै कारण थियो । पञ्चायती व्यवस्था आउनुभन्दा पहिले दलभित्र नेपालको मुख्य शत्रु भारतीय विस्तारवाद हो वा राजा तथा राजतन्त्र हो भन्ने विषयमा मतभेद थियो । पञ्चहरूबीच पनि भूमिसुधारको पक्ष र विपक्षमा बेमेल थियो । त्यस्तै, देशको बजेटको ठुलो भाग काठमाडौँ र विराटनगरमा खर्च गर्नुभन्दा देशको सन्तुलित विकासमा प्राथमिकता दिनुपर्नेमा जोड दिने पक्ष कमजोर रह्यो ।”
बीचमै कान्छा दाइले अनन्तसँग भने, “त्यसले के फरक पर्छ बाबू अनन्त ?” “धेरै फरक पर्छ बुबा ! यदि देशको सन्तुलित विकासमा प्राथमिकता दिइएको भए हरेक प्रदेशमा दुई–चार वर्षभित्रै स्तरीय अस्पताल र स्वास्थ्य सेवा उपलब्ध हुन्थ्यो र कोरोनाको कारण यस्तो दुर्गति र हाहाकार हुन्थेन ।
६ जेठ २०७८ को ‘अन्नपूर्ण पोष्ट’ ले झापाको एक समाचार सम्प्रेषण ग¥यो– ‘कोरोना सुन्नासाथ पति नै बेपत्ता’ । कोरोना पोजिटिभ हुनासाथै कञ्चन रिजाललाई घरबेटीले डेराबाट निकाले । माइतीका छिमेकीले छिर्नसमेत दिएनन् । इटहरीमा ‘गाउँमा स्वास्थ्यकर्मी जाँदा भागाभाग ।’ परीक्षण गरिएका नौ जनामध्ये ८ जनामा कोरोना पोजिटिभ । काठमाडौँ, ललितपुर र भक्तपुरलगायत सहरका अस्पतालहरूमा कहीँ बिरामीलाई राख्ने ठाउँ थिएन, कहीँ अक्सिजन नहुँदा भर्ना लिइएन, अक्सिजन कहीँ फेला परेन, रोगीहरू अस्पतालको बेडमा, बाटो र आँगनमै उपचार नपाई मरे । नेपालगञ्जको एक समाचारको शीर्षक थियो– ‘३ दिनमा ३ भाइको निधन, घटना सुनेर दिदीको पनि मृत्यु, गाउँ नै शोकमग्न ।’ जनकपुर अस्पतालमा रोगी मान्छे भन्दै थिए, “औषधि पाए जित्ने थिएँ कोरोना ।”
यस परिस्थितिको दोष एमाले र एमाओवादी शासक दलका प्रम र फेरि पदमा पुग्न हानथाप गर्ने प्रमका दाबेदारहरू र आउनसक्ने परिस्थितिको अन्दाज गर्न नसक्ने प्रमुख प्रतिपक्ष दल नेकाका नेताहरू जिम्मेवार थिए । देशको सन्तुलित विकासलाई प्राथमिकता दिन स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिएको हुन्थ्यो भने कोरोनाको यस्तो भयावह सकस नेपाली जनताले व्यहोर्नु पर्ने थिएन । यसकारण, प्रधानमन्त्रीका दावेदारहरूको झगडा पद, पैसा, ईष्या र द्वेषको झगडा हो, सिद्धान्त र नीतिको होइन ।”
अनन्तले यी तर्कहरू प्रस्तुत गर्दा उसको आवाजमा नयाँ ऊर्जा र जोश थियो र मुठ्ठी कसेर उसले शब्द–शब्दमा बल दिँदा ऊ कुनै छलफलमा भिड्दै थियो भन्ने देखिन्थ्यो । आमा र बुबा पनि अचम्म मान्दै थिए भने बुहारी भने अनन्तको प्रस्तुतिमा डुबेकी थिइन् ।
“बाबू अनन्त ¤ तिमीले नेताहरूलाई पद, पैसा, ईष्या र द्वेषको कारण झगडा भएको आरोप लगाइरहँदा तिम्रै विषयमा पनि मैले त्यस्तै आरोपहरू सुनेको थिएँ, तर विषयवस्तु राम्रो र प्रस्ट नबुझ्दा अरू खेलजस्तै राजनैतिक खेल पनि त्यस्तै होला भन्थेँ । आज मैले अलि बुझेँ । तिम्रै विषयका गुनासाहरूबारे के भन्छौ त बाबू ?”
“खोइ बुबा, मेरो विषयमा के के गुनासाहरू सुनिए ती सबै एक पटक सुन्न पाएँ भने आफू पनि स्पस्ट हुन पाउथँे ।” सरल भाषामा अनन्तले आफ्नो जिज्ञासा कान्छा दाइ अगाडि राख्यो ।
४
भान्साको कामपछि जुनु र केशरी कोठामा पुगे । कान्छा दाइ र अनन्त गम्भीर मुद्रामा कुराकानीमा व्यस्त थिए । जुनु र केशरीलाई छलफलमा भाग लिन सङ्केत गरियो । अनन्तले बाबुका जिज्ञासाहरूलाई मेटाउने उद्देश्यले आफ्नो प्रस्तुति अगाडि बढाउन खोजिरहेका थिए ।
“बाबू अनन्त, केही मानिसहरू तपाईँको छोरो सङ्गठनको सबभन्दा कान्छो हो । तर, आफूभन्दा ज्येष्ठहरूलाई पछाडि छोड्दै दौडको खेलको प्रतिस्पर्धाजस्तै ग¥यो, त्यसो नगरेको भए धेरै राम्रो शिष्ट र सुसंस्कृत व्यक्तित्वको एक उदाहरण हुन्थ्यो । यस भनाइमा तिम्रो के टिप्पणी छ ? बाबू के तिमी साँच्चै राजनीतिलाई प्रतिस्पर्धाको खेल सम्झन्छौ ?”
अनन्तले बडो शान्तपूर्वक अलिकति पनि अप्ठेरो अनुभव नगरी आमा, बुबा र श्रीमतीतिर हेर्दै मुसुक्क हाँस्यो र आफ्नो बुबाको जिज्ञासाबारे भन्यो, “बुबालाई अप्ठेरो हुने सङ्कोच र संशयलाई ध्यानमा राख्दै आलोचनाको दृष्टिले अध्ययन गर्ने जिज्ञासुहरूको आरोपभन्दा पनि एक जिज्ञासाको रूपमा लिन्छु । समाजमा भइआएको र देखिँदै गरेका राजनैतिक पक्षहरूले गरेका प्रदर्शनअनुसार यो टिप्पणी अत्यन्त स्वाभाविक हो । हरेक वस्तुजस्तै हरेक व्यक्तिको स्वभाव, प्रवृत्ति, चिन्तन र भविष्यप्रतिको दृष्टिकोणमा भिन्नता हुने गर्छ ।”
“निश्चय पनि म सङ्गठनको सबभन्दा कान्छो र सबैले माया गरिएको पात्र थिएँ । म ज्येष्ठहरूको सामूहिक भावनालाई जहिले पनि आदरका साथ स्वीकार गर्थँे र दिएको कामलाई आफ्नो कर्तव्य सम्झेर गर्थेँ । तर, सङ्गठनको बाहिर बसेर हेर्ने पर्यवेक्षक र विश्लेषकहरूलाई थाहा हुने कुरै भएन । उमेरले मात्र कान्छो होइन अनुभव र कामले पनि म कान्छो नै थिएँ । सुम्पिएको कामलाई म कर्तव्य सम्झेर गर्थँे र परचक्रीहरूको आँखामा मेरो कुनै मूल्य थिएन , त्यसैकारण मैले विविध कार्यहरू सम्पन्न गरी अनुभव प्राप्त गरेँ– थाहै नपाई । त्यस्तै अलिअलि गर्दै सबैसँग परिचित हुँदै गएँ– कसैको भाइ, कसैको दाइ र कसैको साथीको रूपमा ।”
“भूमिगत काल र सङ्घर्षको कठिन कालमा कसरी जिम्मेवार व्यक्तिहरू आ–आफ्नै व्यक्तिगत र पारिवारिक सङ्गठनबाट बिदा हुँदै गए, ती कुराहरू सबैलाई थाहा हुने विषय भएन र खटाइएको जिल्लाहरूमा मैले आफ्नो कर्तव्य पूरा गर्दै गएँ ।”
“बाबू, त्यसो भए पुरानो जिल्ला समितिका बनारसी श्रेष्ठ, पर्वतकुमार र धेरै किसान कार्यकर्ताहरू पनि तिमीभन्दा ज्येष्ठ नै थिए, तिनीहरू सङ्गठनबाट कसरी छुटे ?” कान्छा दाइको अर्को जिज्ञासा थियो ।
“बुबा, उहाँहरूमध्ये धेरै जनालाई उमेर र शरीरले भूमिगत हुन दिएन, पारिवारिक कारणले विदेश जान नसक्दा उहाँहरू सङ्गठनमा रहनुभएन, यो कुरा पनि सङ्गठन बाहिरकालाई थाहा हुने कुरै थिएन । किसान साथीहरू बुबाभन्दा ज्येष्ठ हुनुहुन्थ्यो, उहाँहरूको इमानदारी, स्पस्टता र अनुशासनमा कुनै खोट थिएन । म जिल्ला–जिल्लाबाट फर्किएपछि उहाँहरूले मलाई जिम्मा लगाउनुभयो तेस्रो नम्बरमा ¤ बुद्धिजीवी साथीहरूले आ–आफ्नो विश्वविद्यालयको अध्ययन र शिक्षण पेशा छोड्दा परिवारको भार बोक्ने भाइहरू पाउनुभएन र सरकारी निर्देशनअनुसार जिल्लान्तर सरुवा हुनुभयो ।” अनन्तले स्थिति स्पस्ट राख्यो ।
५
कान्छा दाइले जिज्ञासा राखे, “बाबू ¤ जेल, जिल्ला र देश–विदेशबाट घर आइसकेपछि तिमी फेरि स्थानीय नेतृत्वमा किन रह्यौ ? धेरै समय बाहिर बसेको व्यक्तिलाई स्थानीय परिस्थिति थाहा नहुने सम्भावना थियो ।”
“अनन्तले बडो नम्रतापूर्वक जेलिएको धागोलाई केलाएर एउटा–एउटा धागो छुट्याउन थाल्यो । “बुबा, ज्येष्ठ साथीहरूको घर–घरमा गई सल्लाह लिँदा कसैले तिमी आयौ ठिक्कै भयो, मैले खामको पैसा खाएँ, दरबारबाटै घोडचढी आएर बरोबर चिठी दिएर जान्थ्यो, खोलेर हेर्दा पैसा हुन्थ्यो । मैले थाहा पाएँ– म अब सङ्गठनमा काम गर्न लायक भइनँ, त्यसैले मैले सङ्गठन छोडेँ । बाबु आयौ, खुसी लाग्यो, आफ्ना छिमेकी, टोलवासी, नगर र जिल्लाका साथीहरूको सेवा गर, मेरो समर्थन र सहयोग रहनेछ ।”
“अर्को ज्येष्ठ साथीले इमानदारीसाथ बाबू मैले अञ्चलाधीश र भूमिसुधार अधिकारीबाट पैसा पाउन थाले । यसकारण, म सङ्गठनमा बस्न लायक भइनँ बरु म आवश्यक खबर बाबूलाई दिन्छु, मेरो घरको स्थितिले म बाध्य भएँ भने ।” अनन्त आफै आश्चर्यमा थियो । कान्छा दाइले एक रहस्य खोलेजस्तै मुसुमुुसु हाँसेर छोरोलाई भने, “हेर अनन्त, म पनि कर्मचारी सङ्घमा गुप्तरूपमा संलग्न थिएँ र कम बोल्ने हुँदा ममाथि कसैले शङ्का गरेन । “तर, सबै बुद्धिजीवीहरूलाई पाखा लगायौ भन्ने गुनासो पनि सुनियो । यसबारे सच्चाइ के छ बाबु ?” सन्तोषको सास लिँदै कान्छा दाइ नयाँ विषय थाहा पाउन उत्सुक देखियो । अनन्तले शिक्षकको अगाडि घरबाट ल्याएको एकएक पाठको पृष्ठ देखाएजस्तै घटनाका पृष्ठहरू पल्टाउन थाल्यो ।
“बुबाले आज यो विषय उच्चारण गर्नुभएकोमा मैले सा¥है हलुका भएको अनुभव गरेँ । सङ्गठनको बारे शत्रुहरूले थाहा नपाएकोमा सन्तोष लाग्यो र आनका तान नमिल्ने आरोप र आशङ्काबाट हाम्रा साथीहरू जोगिन सफल भएको बुझेँ । शत्रु ३०–४० वर्षसम्म हाम्रो सङ्गठनभित्र पस्न नसकेको छर्लङ्ग भयो । सङ्गठनले राम्रो जानकारी पाउँथ्यो, साथीहरू पक्राउबाट जोगिन्थे । जहाँसम्म बुद्धिजीविहरूलाई पाखा लगायो भन्ने आशङ्का छ, त्यसबारे हाम्रा बुद्धिजीवीहरूले आ–आफ्नो कान समातेर भनेका थिए– हेर भाइ, हामी बिग्रियौँ, जाँडरक्सी, चुरोट, मासु र अण्डा नभई हाम्रो दिन बित्दैन, ५–६ बजेदेखि कमसेकम ८ बजेसम्म तास खेल्छौँ, तल्लो भाषामा भन्नुपर्दा हामी जुवाडे हौँ । हामी सङ्गठनमा लागेमा प्रशासनले छापा मारेर पेन्सन खाने मनुवाहरूलाई जात्रा गर्न बेर छैन । कान समातेर हामी माफी माग्छौँ– बरु ंसकेको सहयोग गर्दै जाऔँला । हामी बुटवल, पोखरा आदि ठाउँका कार्यालय र कलेजमा रहँदा सङ्गठनको नाम लिएर आउने त्यो डाक्टर भन्नेलाई सधैँ केही हजार र साना उपहार पठाउँथ्यौँ । तर, पछि त्यो व्यक्ति भारतका कुनै संस्थाबाट सञ्चालित भन्ने हल्ला सुनेपछि उसँग भेटघाट नै बन्द ग¥यौँ ।”
“मेरा दौँतरीहरूमा आधाभन्दा बढीले सरकारी नोकरी गरी जहानबच्चा पाल्दै छन्, एउटाले ‘पशुपति राजा’ र ‘सरकारको निजी’ सचिवको हाजिरमा गएको स्वीकारी सङ्गठन छोडे भनी कबुल गरे र ‘गृहयुद्ध’पछि उनी एमाओवादीको लाममा मिल्न गए । एक वर्षपछि उनी मनोरोगी भए र विचल्ली भएर मरे, उनको मलामीमा दाजुभाइले ‘पोइल गएकोे स्वास्नीको दुःख बार्नु पर्दैन भने ।’ विचार फेर्नेहरूको यस्तै दुःखद अन्त हुँदोरहेछ ।
अनन्त आमा–बुबा र केशरीसँग हास्दै एकक्षण मौन बस्यो र ‘नयाँ विषय छ भने भन्नु होला बुबा’ भनेर कान्छा दाइतिर हे¥यो ।
केही सम्झने कोसिस गर्दै कान्छा दाइले भने, “आफूले भनेजस्तो नबस्नेलाई सङ्गठनमा पस्नै नदिने र पत्रकार भनेपछि विश्वासै नगर्ने, पुराना साथीहरूसँग कुरै नगर्ने नेता टोपल्ने आरोप पनि बाबुलाई लागेको मैले चाल पाएको छु ।” बुबाको कुरा सुनेर छोरा दङ्ग प¥यो ।
“बुबा, कति यस्ता कुरा पनि आज मैले भनेँ जुन कुरो भूमिगत समयका बताउनु हुँदैनथ्यो । किनभने, पक्राउ परेकाहरू १० जनामध्ये हाम्रा एकदुई जनामात्रै साथीहरू हुन्थे, त्यसमा पनि तल्लो स्तरका । त्यसकारण, सङ्गठनमाथि प्रतिबन्ध लागेको बेला ‘जनताको सेवा गर्ने’ भनी घुस्न खोज्ने निश्चित स्वार्थ लिएर आउने व्यक्तिहरू पार्टीभित्र पस्न पाएका रहेनछन् । केही त जोताहा किसानसँग साविक बाली लिन र भर्पाई नदिई काम लिन खोज्ने व्यक्तिहरू सङ्गठनमा घुस्न खोज्थे । सङ्गठनको नाममा किसानसँग गहुँबाली लिने, धानबाली तीन भागको एक भागमात्र जोताहालाई दिने र भर्पाई नदिई किसानलाई बेदखल गर्ने व्यक्तिहरू पनि थिए, तिनीहरू भित्र–भित्र सङ्गठनको विरोधमा टोल–टोल र गाउँ–गाउँमा पुग्थे । किसान जनताले सङ्गठनको विरोधमा हिँड्ने ‘मण्डले’, काङ्ग्रेसी ‘गुण्डा’, ‘अपराधीसँग साठगाँठ गर्नेहरू सङ्गठनमा हुल्न नदिएको मैले रिपोर्ट पाएको थिएँ ।”
“एकजना ज्येष्ठ, पत्रकार सङ्गठनका पुराना नेताले नयाँ पुस्ताको विरोधमा कुरा काटेकोमा अपराधबोध भई मर्ने बेलामा सङ्गठनका साथीहरूसँग घाटमा माफी मागे । ‘जिल्ला र गाउँमा प्रहरी दमनचक्रले जनतालाई सा¥है दुःख दिएको बेला र छोरीबेटीलाई विद्यालयकै गुण्डाहरूले दुव्र्यवहार गर्दा छात्राहरूको पक्षमा नबोल्ने पुराना नेता तथा शिक्षकको आलोचना भएको रहेछ र पछि उनी छोरा–छोरीसँगै बस्न अमेरिका गएको सुनेँ । उनलाई अपराधबोध भएछ र गएको साल जर्ज फ्लोयडको घटनाको सन्दर्भमा उसले पश्चाताप गर्दै एउटा पत्र लेख्यो, “मैले आफ्नो जागिर बचाएँ जेल गएको भए श्रीमतीको पेन्सन हुन्नथ्यो । मैले पञ्चायती मण्डलेसँग केही भन्न सकिनँ, आज मलाई ठूलो पश्चाताप छ । अमेरिका शान्त र ‘सपनाको देश’ भनेको झूट हो र विभेद र पक्षपातको कारण गरिब, जात–जातिका जनताको असन्तोष चरमचुलीमा छ । यो दमनको देश हो । क्षमा ¤ त्यस पत्र लेख्ने पुराना नेता एक महिनाअघि बितेको सूचना आएको साथीहरूले बताए ।” अनन्तले आफ्नो आमा, बुबा र श्रीमतीको हसिलो मुुख हेरे र बुबाको हात समातेर भन्यो, “बुबालाई धेरै धेरै धन्यवाद ¤ बुबाले यति लामो बताउनुपर्ने कथाको चुरो लुकाउनु भएको रहेछ, फुकाउन पाई आनन्द अनुभव भयो– अर्को एक मूल कुरा छ– बुबा म जिल्लाको सङ्गठनमा छुइनँ । मलाई सङ्गठनमा जहाँ पठाउँछ, म त्यहीँ जान्छु । यो कुरा अरूलाई थाहा छैन । लौ आमा, सुत्ने समय भयो अहिले कोठामा जाऔँ ।”
केशरी अनन्तको पछि लागिन् ।
Leave a Reply