विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुरले कुन–कुन अस्पताल र स्वास्थ्य संस्थाले कोभिड–१९ महामारी नियन्त्रणमा के कसरी काम गर्दै छन् ? सरकारले तिनलाई के कति स्वास्थ्यसेवा सामग्री र के कति रकम उपलब्ध गराएको छ ? सबै विवरण पारदर्शी गर्नु आवश्यक छ ।
कोरोना रोकथामको प्रचार कार्य र उपचार सेवाको निम्ति भक्तपुर नगरपालिका, मध्यपुर नगरपालिका, चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकामा के कति सामान र रकम सरकारबाट प्रवाह भयो ? के कति काम भए ? सबै पारदर्शी हुनु आवश्यक छ भन्ने जनताको चासोको विषय बनेको छ ।
भक्तपुर नगरपालिकाको ‘जनस्वास्थ्य केन्द्र’ मा अहिले २०७७ को मंसिर महिनादेखि २०७८ को वैशाख महिनासम्म पूर्वदेखि पश्चिम नेपालका २९ जिल्लाका रोगीहरूले सामान्य उपचार पाए । ‘जनस्वाथ्य केन्द्र’ मा भक्तपुर जिल्लाकै चाँगुनारायण नगरपालिका, मध्यपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका रोगीहरूले पनि उपचार पाउँदै छन् ।
ख्वप अस्पतालको कोभिड युनिट आइसोलेसन केन्द्रमा काठमाडौँ, ललितपुर, धादिङ, पर्वत, काभ्रे, कालीकोट र खोटाङका सङ्क्रमितहरू उपचाररत छन् । भक्तपुर जिल्लाकै हिसाबले सूर्यविनायक नगरपालिकाका पनि सङ्क्रमितहरू उपचारमा छन् ।
भक्तपुर नगरपालिका देशको सबभन्दा सानो नगरपालिका हो । यहाँ विभिन्न जिल्ला र भक्तपुरकै अरू नगरपालिकाका रोगीको उपचारको बन्दोबस्त नगरेमा रोगीहरूले दुःख पाउने सम्भावना छ । भक्तपुर नगरपालिकाले सहकारी संस्थाहरू, विद्यालय र विद्यालयका शिक्षकहरू र अन्य व्यक्तिहरूबाट आर्थिक सहयोग पाउन आह्वान गरेको छ । सरकारले अर्थात् स्वास्थ्य मन्त्रालयले कुनै सहयोग नपु¥याएको हुँदा सकेसम्म सेवाको निम्ति तयारी अवस्थामा रहनुपर्ने मेयर प्रजापतिको भनाइ सुनेँ ।
कोभिड महामारीविरुद्ध लड्न चाँगु, सूर्यविनायक र मध्यपुर नगरपालिकाले सरकारबाट करोडौँ रुपैयाँ पाएको सुनिएको छ । महामारीविरुद्ध लड्न भक्तपुर नपालाई एक पैसा पनि प्रदान नगरिएको बुझिन्छ ।
यदि त्यसो हो भने, जिल्ला स्वास्थ्य कार्यालयको मात्रै होइन स्वास्थ्य मन्त्रालय, स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीको समेत यसबारे ध्यान नगएको प्रस्ट हुन्छ ।
Leave a Reply