भर्खरै :

मुगुमा बाबुछोरासहित तीनजनालाई खोलाले बगायो

मुगु, १७ असार । पाटनबाट यार्सागुम्बा टिपेर घर फर्कंदै गरेका यहाँका एक गाउँका बाबुछोरासहित तीनजनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ ।
शनिबार बेलुका ५ बजे यार्सा टिपेर घर फर्कंदै गरेका मुगमकार्मारोङ गाउँपालिका वडा नं ६ पुअ गाउँका ३४ वर्षीय तेन्जेन लामा, १४ वर्षीय उर्गिन लामा र २४ वर्षीय कुन्जाङ लामा गाउँभन्दा एक घन्टा टाढा वडा नं ५ मा रहेको सेरोगगाढ खोला तर्दै गर्दा बाढीले बगाउँदा बेपत्ता भएको स्थानीय पेमा तार्के लामाले बताउनुभयो । बेपत्तामध्ये तेन्जेन र उर्गिन बाबुछोरा हुन् ।
जिल्ला प्रहरी कार्यालय, मुगुमा बुझ्दा सेरोगगाडमा पुअ गाउँका तीनजनालाई खोलाको बाढीले बेपत्ता पारेको जानकारी आएको तर को भन्ने नाम खुल्न नसकेकाले घटनास्थल नजिक रहेको पुलु प्रहरी चौकीको प्रहरी टोली घटनास्थलतर्फ गएको जानकारी दिइयो ।
साँझपख घटना हुँदा र एकै गाउँका बाबुछोरासहित तीनजनालाई बाढीले बगाउँदा पूरै पुअ गाउँका स्थानीय बासिन्दा शोकमग्न भएका छन् भने बेपत्ताहरु पाउने आशामा गाउँले तथा प्रहरीहरु मुगु कर्णाली नदीको छेउछाउमा खोजी गरिरहेका छन् ।
घटना घटेको तीन घन्टाभन्दा बढी भइसकेकाले जिवित पाउने आशा गाउँलेले मारिसकेका छन् । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट एक दिन पूर्व दक्षिणमा पर्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *