भर्खरै :

कोभिड–१९ को उत्पत्ति र ‘प्रयोगशाला सिद्धान्त’

कोभिड–१९ को उत्पत्ति चीनको प्रयोगशालाबाट भएको भन्ने सोच अमेरिकामा कहिल्यै पनि हट्ने छैन । अमेरिकाले यस्तो हानिकारक व्यवहार गर्न सक्नुको पनि कारण छ । खासमा अमेरिकासँग त्यस्ता जैविक अनुसन्धानको लामो इतिहास छ ।
गत बुधबार साँझ ‘द वाल स्ट्रिट’ जर्नलमा केही नयाँ दाबीहरू प्रकाशित भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी गुप्तचर निकायलाई कोभिडको उत्पत्तिबारे अनुसन्धान गरी ९० दिनभित्र प्रतिवेदन बुझाउन आदेश जारी गरे । उनको प्रस्ट सङ्केत चीनको उहान भाइरोलोजी प्रतिष्ठानको प्रयोगशालामा थियो ।
यही बेला विश्व स्वास्थ्य सभामा संरा अमेरिकाले भाइरसको उत्पत्तिबारे अझै राजनीति गर्न नछोडेको र पारदर्शिताको माग गरेको समाचार बाहिर आइरहे । यी कुराले चीनलाई असहज बनाइरहेको थियो ।
अनुत्तरित प्रश्नहरू धेरै छन् । अमेरिकामा केही मानिस भाइरसको उत्पत्ति प्रयोगशालामा भएको र प्रयोगशालाबाट चुहेर यो फैलिएको भन्ने मतप्रति किन यति धेरै आशक्त छन् ? डोनाल्ड ट्रम्पको गफ गर्ने विषत्र्न्दा बाहेक पनि किन यी दाबीहरू चर्चामा छन् ? अमेरिकी सार्वजनिक वृत्तमा यसले पार्न खोजेको प्रभाव के होला ?
अमेरिकाले यस्ता दाबीको रटान लगाउन थालेपछि गत वर्ष सन् २०२० को सुरूमा चीनका विदेशमन्त्रालयका प्रवक्ता चाओ लिचियानले भाइरसको खास उत्पत्ति अमेरिकाको एउटा प्रयोगशालाबाट हुनसक्ने प्रतिक्रिया दिएका थिए । त्यसो भए के उहानबाट भाइरस उत्पत्ति भएको मत अमेरिकी ‘अनुमान’ मात्र हो त ? अमेरिका आफै दसकौँदेखि जैविक युद्धको अनुसन्धानमा लागिरहेको छ । अनि उसले किन चीनलाई त्यसैको लागि बलीको बोका बनाउन खोजिरहेको छ ?

क्यानाडाको योर्क विश्वविद्यालयका स्टेफन इन्डिकट र इडवर्ड हेगरम्यानको अनुसन्धानमा लेखिएको छ, “आधा शताब्दीसम्म संरा अमेरिकी सरकारले लुकाएको एउटा गोप्य कुरा कोरिया युद्धको बेलामा उसले ठुलो परिमाणमा जैविक हतियारको स्थलगत परीक्षण गरेको थियो ।”
त्यसपछि यो सिलसिलाले भियतनाम युद्धमा निरन्तरता पायो । भियतनाम युद्धमा अमेरिकाले जैविक र रसायनिक हतियारको प्रयोग गरेको थियो । त्यसले भियतनामी जनतामाथि घातक प्रभाव पारेको थियो । नोम चोम्स्कीले जैविक हतियार क्युवाविरूद्ध पनि प्रयोग भएको दाबी गरेका छन् ।

आजसम्मको मितिमा कोभिड–१९ को उत्पत्तिबारे कुनै पनि मतको गम्भीर प्रमाण वा आधार छैन । राजनीतिक चरित्रले भरिपूर्ण त्यस्ता दावी वैज्ञानिकहरूले महामारीको विषयमा स्थापित गर्न खोजेका सत्त्र्न्दा नितान्त भिन्न हुने गरेको छ ।
तथापि, जब जैविक युद्धको विषयमा अमेरिकाले कुनै पनि देशमाथि औँला ठड्याउने कुनै नैतिक अधिकार राख्दैन । त्यसमा पनि विशेषतः चीनमाथि । सन् १९४२ मा अमेरिकाले आफ्नै जैविक युद्ध कार्यक्रम अघि बढायो । फ्रान्कलिन डी. रूजवेल्टको निर्देशनमा ६ करोड अमेरिकी डलर बराबरको बजेटसहित ४ हजार कर्मचारी सो कार्यक्रममा परिचालन गरिएको थियो । त्यही अवधिमा बन्दै गरेको आणविक हतियारकेन्द्रित म्यानहटन परियोजनाको तुलनामा जैविक युद्ध विभाग सानो थियो । तर, त्यो भविष्यको विचार गरेर बनाइएको परियोजना थियो ।
अमेरिकाले सबैभन्दा पहिलोपटक जैविक हतियारको प्रयोग कोरिया युद्धमा गरेको थियो । त्यो युद्धमा चीनले कोरियाको पक्षमा लडेको थियो । सन् १९५२ मा विभिन्न सहरमा चिनियाँ सिपाहीँहरू एन्थ्राक्स रोगको कारण मरेको समाचार प्रकाशित भयो । त्यो रोग इन्सेफ्लाइटिस रोगभन्दा फरक खालको थियो । ‘द न्यु योर्क टाइम्स’मा प्रकाशित समाचारमा लेखिएको छ, “अचानक धेरै सङ्ख्यामा मानिसको निधनपछि स्वास्थ्यकर्मीहरूलाई अनुसन्धानको निम्ति परिचालन गरिएको थियो ।” स्वास्थ्यकर्मीहरू चीन र कोरिया दुवै देशमा परिचालन गरिएको थियो ।
क्यानाडाको योर्क विश्वविद्यालयका स्टेफन इन्डिकट र इडवर्ड हेगरम्यानको अनुसन्धानमा लेखिएको छ, “आधा शताब्दीसम्म संरा अमेरिकी सरकारले लुकाएको एउटा गोप्य कुरा कोरिया युद्धको बेलामा उसले ठुलो परिमाणमा जैविक हतियारको स्थलगत परीक्षण गरेको थियो ।”
त्यसपछि यो सिलसिलाले भियतनाम युद्धमा निरन्तरता पायो । भियतनाम युद्धमा अमेरिकाले जैविक र रसायनिक हतियारको प्रयोग गरेको थियो । त्यसले भियतनामी जनतामाथि घातक प्रभाव पारेको थियो । नोम चोम्स्कीले जैविक हतियार क्युवाविरूद्ध पनि प्रयोग भएको दाबी गरेका छन् ।
सन् १९६९ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले संरा अमेरिकी जैविक युद्ध कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाएका थिए । त्यही सिलसिलामा जेनेभा अभिसन्धिमा अनुमोदन गर्ने बाटो खुला गरेका थिए । सन् १९७५ मा त जैविक हतियार महासन्धि नै भएको थियो ।
तथापि, त्यो महासन्धि ‘संरा अमेरिकी जैविक प्रतिरक्षा कार्यक्रम’ कै पुनः नामाकरण मात्र थियो । जेज लिटलउडको पुस्तक ‘द बायोलोजिकल वेपन्स कन्भेन्सनः अ फेल्ड रिभोलुसन’ मा अमेरिका आफूले भने कहिल्यै पनि त्यस्तो जैविक र रसायनिक हतियार नबनाएको भन्दै आएको छ । त्यसो भन्दा अमेरिकाले जैविक हतियारको अनुसन्धान जारी राख्न मनग्य ठाउँ दिनेछ । अमेरिकासँग भएका कति जैविक हतियारको खुला युद्धमा प्रयोग पनि गरिएको छैन ।
अमेरिकाको मेरील्यान्डस्थित फोर्ट डेटरेकलाई लिएर हुने विवादको चर्चा हुने गर्छ । मेरील्यान्डको त्यो ठाउँ धेरै अघिदेखि नै अमेरिकी जैविक हतियार अनुसन्धानको केन्द्र बन्दै आएको छ । सन् २०१९ को अगस्टमा फोर्ट डेटरेकमा जीवाणुसम्बन्धी अनुसन्धान प्रयोगशाला बन्द गरिएको घटनामाथि चीनले प्रश्न उठाउँदै आएको छ । त्यो प्रयोगशालामा खतरनाक जीवाणु सम्बन्धित अनुसन्धानको क्रममा दुईवटा जैविक सुरक्षाको नियम उल्लङ्घन भएको थियो । त्यसकारण सन् २०२० को मार्च महिनाको सुरूमै अर्कान्ससबाट रिपब्लिकन पार्टीका सिनेटर टम कटनले प्रयोगशालाबाट जीवाणु चुहिएको मतलाई जोडतोडका साथ प्रचार गर्दै आएको चाओ चियानले एउटा लेख ट्वीट गर्दै भनेका थिए । सो लेखमा फोर्ट डेटरेकको प्रयोगशालाबाट नै जीवाणु चुहिएको दाबीलाई पुष्टि गर्न खोजिएको छ । उहानमाथिको दोषारोपणको जवाफमा उनले त्यो लेख ट्वीट गरेका थिए ।
चाओको त्यो ट्वीटबाट पक्कै पनि संरा अमेरिकालाई रिस उठेको हुनुपर्छ । त्यही झोकमा डोनाल्ड ट्रम्पले ‘चाइना भाइरस’ को हल्ला फैलाए अनि सम्पूर्णतः महामारीको राजनीतिकरण गरियो ।
बितेका एक वर्षमा संरा अमेरिकाका निश्चित पक्षले प्रयोगशालाको प्रचारलाई छोडेनन् । तर, के उनीहरूसँग चीनमाथि दोषारोपण गर्ने नैतिक अधिकार छ ? मानौँ कि उनीहरूको अनुमानमा केही तुक नै छ भने पनि जैविक युद्धमा सबभन्दा बढी लगानी गर्ने र प्रयोग गर्ने पनि संरा अमेरिका नै भएको कुरा हामीले भुल्न सक्दैनौँ ।
उहानको प्रयोगशालाबाट कोभिड भाइरस चुहिएको भन्ने मत चीनलाई रहस्यमय र खतरनाक देखाउने खेल हो । साथै घातक जीवाणु उत्पादन गर्ने काममा चीन लागेको भनेर देखाउने प्रयास हो । तर, यथार्थमा सं.रा अमेरिकाले नै यो काम गर्दै आएको छ । उहानबाट होस् वा मेरील्यान्डबाट होस्, यसप्रकार प्रयोगशालाबाट जीवाणु चुहिने कुरा अविश्वसनीय र बेतुकका हुन् । तर, अमेरिकाले यसरी व्यवहार गर्न सक्छ भन्ने सोच भने अमेरिकाको राष्ट्रिय विवेकको समस्या हो ।

(लेखक बेलायती लेखक तथा अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता हुनुहुन्छ ।)
स्रोतः आरटी
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *